20130114

दाहालको 'गोप्य' दस्तावेज बाहिर आयो : माओवादी अध्यक्ष पुष्पकमल दाहालको काङ्रेस एमालेलाई अझै धुलो चटाउने नयाँ रणनिती !



अब कुनै पनि बेला प्रधानमन्त्रीले राष्ट्रपतिलाई कु गरेर सम्पूर्ण राज्यसत्ता कब्जा गरेको समाचार बाहिर आयो भने पनि आश्चर्य नमाने हुन्छ, बुझेनन काङ्रेस एमाले र अन्य दलहरुले, मधेसीहरु माओवादीकै मतियार बन्न तयार     
"माथिबाट सरकारले हस्तक्षेप बढाउँदै लैजाने र मुख्य रुपमा सडकबाट संघीय गणतन्त्र पक्षधर सम्पूर्ण शक्तिको व्यापक मोर्चा कायम गर्दै शक्तिशाली आन्दोलन सृष्टि गरी क्रान्तिलाई पूर्णता दिन आवश्यक सबै उपाय अवलम्बन गर्न पार्टी तयार रहनुपर्छ" : दाहाल 
नयाँ सहमतीय सरकार गठनको राजनीतिक पहलमा सक्रिय एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल नै तत्काल आफ्नो दल नेतृत्वको सरकार नछाड्ने रणनीतिमा रहेको खुलासा भएको छ। पार्टीको आसन्न महाधिवेशनमा पेस गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा दाहालले 'तत्काल बाबुराम भट्टराई नेतृत्वको सरकार छाड्नु आत्मघाती हुने' विश्लेषण गरेका छन्। केन्द्रीय महाधिवेशन आयोजक समितिको शनिबार बैठकले सर्वसम्मत पारित गरेको ६५ पृष्ठको प्रतिवेदनमा दाहालले 'सरकार बदल्नुको सट्टा सरकारले माथिबाट र पार्टीले (मोर्चासहित अर्थात् गठबन्धनमार्फत) तलबाट हस्तक्षेप बढाउनुपर्ने' प्रस्ताव गरेका छन्। 'आजको परिस्थितिमा समेत नेपाली
कांग्रेस र मुख्यतः एमाले नेतृत्वले सहमतिका लागि सरकार बदल्ने सर्त अघि सारेर वस्तुतः सहमतिको ढोका बन्द गर्ने धृष्टता गरिरहेका छन्,' प्रतिवेदनको पृष्ठ ३१ मा दाहालले उल्लेख गरेका छन्, 'यहाँ पार्टी प्रस्ट हुनुपर्छ कि संविधानका विवादित विषय र संविधानसभाबाट संविधान घोषणाको प्रक्रियामा सहमति नभएसम्म सरकार छाड्ने र बदल्ने कुरा आत्मघाती हुनेछ।' माघ २० बाट हेटौंडामा हुने भनिएको पार्टीको सातौं महाधिवेशनमा पेस गर्न तयार पारिएको आफ्नो प्रतिवेदनमा दाहालले तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालको बर्खास्तगी प्रकरणपछि सरकारबाट हट्नुपर्दा पार्टी लामो समय सत्तामा पुग्न नसकेको घटनाबाट पाठ लिनुपर्ने विश्लेषण गरेका छन्। संविधानका विवादित विषय मुख्यतः
पहिचानसहितको संघीयता, संविधानसभाबाटै संविधान घोषणा र राष्ट्रिय सहमति सरकारलाई क्रमशः सहमतिको परिभाषाको रुपमा बु‰नुपर्ने उनको प्रस्ताव छ। 'नयाँ क्रान्तिको नयाँ संश्लेषण : एक ऐतिहासिक आवश्यकता' शीर्षकको दस्तावेजमा दाहालले आफूअनुकूल सभाध्यक्ष र राष्ट्रपति बनाउन नसक्दा मुलुकमा पार्टी नीति लागू गराउन निकै सकस भएको उल्लेख गरेका छन्। 'निर्वाचनमा विजयको अहंकार एवं अपरिपक्वता देखा पर्‍यो, यसको परिणाम आफूअनुकूल राष्ट्रपति वा सभामुख बनाउने अवसर गुम्न पुग्यो,' प्रतिवेदनको पृष्ठ २५ मा छ।
दुईतर्फी हस्तक्षेप तत्कालीन कार्ययोजना हुने दस्तावेजमा छ। 'राजनीतिक सहमतिसाथ घोषित उपलब्धि संस्थागत गर्न प्रतिक्रियावादी र संशोधनवादीका तर्फबाट लगातार व्यवधान खडा गरिए सम्भव भएसम्म माथिबाट सरकारले हस्तक्षेप बढाउँदै लैजाने र मुख्य रुपमा सडकबाट संघीय गणतन्त्र पक्षधर सम्पूर्ण शक्तिको व्यापक मोर्चा कायम गर्दै शक्तिशाली आन्दोलन सृष्टि गरी क्रान्तिलाई पूर्णता दिन आवश्यक सबै उपाय अवलम्बन गर्न पार्टी तयार रहनुपर्छ,' दाहालको प्रस्ताव छ। जनतन्त्रका सवालमा पनि सोही नीति अख्तियार गर्दै जानुपर्ने उनको योजना छ।
आफू र प्रधानमन्त्री भट्टराईबीच कुनै विवाद र असहमति नरहेको दाहालले प्रतिवेदनमा प्रस्ट्याएका छन्। 'केन्द्रीय कार्यालयका पदाधिकारीहरु मुख्यतः प्रचण्ड र बाबुरामका (नारायणकाजी श्रेष्ठसमेत) छिट्टै तरंगित हुने स्वभाव र कतिपय कार्यशैलीको प्रश्नले बेलामौकामा अन्तर्संघर्षमा समस्या पैदा पनि हुने गरेका छन्, तर त्यो नै मुख्य भने अवश्य होइन,' आफू र भट्टराईको सबन्धबारे पृष्ठ २१ मा दाहालको बुझाइ छ, 'मुख्य कुरा विचार र कार्यदिशा हो, यतिबेला विचार र राजनीतिक कार्यदिशा संघर्षकै बीचबाट जुन एकता पैदा भएको छ, त्यसलाई विकसित र सुदृढ गर्ने जिम्मेवारी सिंगो पार्टीपंक्तिको काँधमा छ।'
कुनैकुनै बेला भट्टराईसँग सम्बन्ध बिग्रि्रएको दाहालले दस्तावेजमा सकारेका छन्। 'बेला-मौका सम्बन्ध बिग्रिएर जाने त होइन? निषेध गनर्ेे स्तरसम्म जाने त होइन? भन्ने अवस्था सिर्जना भए पनि सारमा त्यस्तो छैन,' दाहालको भनाइ छ।
यसअघिका उत्पादन संरचना ध्वस्त गर्दै आगामी दिनमा उत्पादन र निर्माण कार्यलाई तीव्रता दिने दाहालको प्रस्ताव छ। 'विकास-निर्माणसम्बन्धी माओवादीको अलग दृष्टिकोण र पहिचान स्थापित हुन नसकिरहेको तर्फ पार्टीको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ,' दाहालले लेखेका छन्, 'समानुपातिक र प्राथमिकतामा आधारित विकास-योजना बनाउन पार्टीका नेता, सरकार र राजनीतिक नियुक्तिमा पुग्नेहरुले पुरानो सत्ताबाट उत्तरदानस्वरुप प्राप्त आदतको सत्ता भत्काउनै पर्छ।' सहकारी आन्दोलनमा जोड दिन ढिलो भइसकेको दाहालको बुझाइ छ।
जातीय पहिचानसहितको संघीय राज्यको एजेन्डा नछाड्ने अडान प्रतिवेदनमा छ। संविधानसभा पुनर्स्थापनामा जोड दिनुको विकल्प नरहेको भन्दै दाहालले प्रतिवेदनमा वैशाखमा अर्को निर्वाचन हुनै नसक्ने ठोकुवा पनि गरेका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक