20130118

रोजगारीको शिलशिलामा यूएईको आबुधाबी पुगेका अर्घाखाँची सन्धिखर्कका ४६ बर्षीय चन्द्र बहादुर थापाको अर्घाखाँची डिर्भनाका ४० वर्षीय एक बहादुर बस्यालले विहीवार छुरी प्रहार गरी हत्या !

अवुधावी । यूएईमा एक नेपालीले आफ्नै सहकर्मीको हत्या गरेका छन् । रोजगारीको शिलशिलामा यूएईको आबुधाबी पुगेका अर्घाखाँची सन्धिखर्क चुत्रावेशी भत्तीटोलाकाका ४६ बर्षीय चन्द्र बहादुर थापाको अर्घाखाँची डिर्भनाका ४० वर्षीय एक बहादुर बस्यालले विहीवार छुरी प्रहार गरी हत्या गरेका हुन् । यूएईको आबुधाबीमा रहेको अल हुसाम जनरल कन्ट्राक्टिङ कम्पनीमा कार्यरत उनीहरुवीच भएको सामान्य झगडाको बिषयले उग्र रुप लिएपछि बस्यालले थापामाथि छुरी प्रहार गरेका थिए । मृतक थापा गएको ६ वर्ष देखि नै सोही कम्पनीमा काम गर्दै आएका थिए ।  बस्यालले थापाको पेटको मध्य भागमा लगातार तीन चार पटक छुरी प्रहार गरेको र अत्यधिक रगत बगेकोले थापाको घटनास्थलमै ज्यान गएको उनीसंग एउटै कोठामा बस्ने एक नेपालीले जानकारी दिए । उनका अनुसार कोठाको लाइट बाल्ने निभाउने गरिरहेका बस्याललाई सबैले बत्ती निभाएर सुत्न आग्रह गरेको तर बस्यालले आफुले मदिरा खाँदै जागाराम बस्ने भोली शुक्रवार बिदा छ भन्दै अटेर गरिरहेको बिषयमा सामान्य भनाभन भएको थियो । ‘तिमी यसरी सधैं मदिरा सेवान नगर , घर परिवार साथी भाई इस्ट मित्रले भनेको पनि मनमा लिने गर, भन्दै थापाले सम्झाउदा बस्याल आवेशमा आई थापा निदाएपछि एक्कासी उनी माथि धारिलो चक्कु प्रहार गरेका थिए । मृतक थापा र बस्याल गएको ४ वर्ष यता आबुधाबीको मुसाफा ४० नम्बर मा रहेको कम्पनीको मजदुर क्याम्पमा एउटै कोठामा सगैं बस्ने गर्थे । मृतक
थापाका छोरा पनि सोही कम्पनीको अल झविस क्षेत्रमा कार्यरत छन् । मृतक थापाका एक श्रीमती, एक छोरा र एक छोरी छन् । हत्याका आरोपितलाई अहिले आबुधाबी प्रशासनले पक्राउ गरेको छ । अबुधाबीस्थित नेपाली दूतावासका द्वितीय सचिव लोकबहादुर थापा क्षेत्रीले हत्याबारे थप अनुसन्धानका लागि शब नचाहिने भएपछि नेपाली पठाइने वताउनु भएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक