20130119

कांग्रेस-एमालेसँग भएको सबै सम्झौता च्यात्ने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चेतावनी

काङ्रेस एमालेलाई दङ्लाएर, धम्काएर, पछी पछी हिँडालेरै खतम पार्ने र सिंगो राज्यसत्ता पूर्ण रुपमा कब्जा गर्ने माओवादी रणनिती, काङ्रेस,  एमाले, राष्ट्रपती प्रतिबाद गर्न कमजोर देखिए !      
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमालेसँग भएको सबै सम्झौता च्यात्ने चेतावनी दिनु भएको छ । शान्तिपूर्ण रुपमा परिर्वतनलाई संस्थागत गर्न खोन्दा आफूहरुलाई घेरावन्दीमा पारेको भन्दै उहाँले अहिलेसम्म भएका सबै सम्झौता च्यातिदिने चेतावनी दिनुभयो । ‘हामीले शान्तिपूर्ण ढंगले सहमतिकै बाटोबाट परिर्वतन संस्थागत होस भनेर चाहेका छौं । हामी फेरि निर्वाचनमा जान तयार छौं । आगामी वैशाख जेठमा निर्वाचन होस्, त्यहाँबाट हामी अगाडी जान तयार छौं’ एमाओवादी कास्की जिल्ला अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै माओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो-’यदि हामीलाई त्यसो गर्न दिइदैंन भने उनीहरुसँग गरिएका सबै सम्झौताका कागजहरु च्यातिने छन् ।’ तत्काल सहमति गरेर
चुनावी प्रक्रिया अघि बढाउन आफूहरु तयार रहेको भन्दै उहाँले कांग्रेस, एमाले र राष्ट्रपतिले नै चुनाव हुन नदिएको आरोप लगाउनु भयो । ‘निर्वाचनका निम्ति कानुन बनाउन कसले दिएन ? माओवादीले हो ? विल्कुल हैन’ उहाँले भन्नुभयो-’कांग्रेस, एमाले र राष्ट्रपति जी । अध्यादेश गएर राष्ट्रपतिकोमा बस्छ । कांग्रेस र
एमालेले राष्ट्रपतिलाई भन्यो खबरदार त्यो अध्यादेश पार गर्लास भन्छन् । अध्यादेश जारी होस्, भोलि नै निर्वाचन प्रक्रिया अघि बढाउन हामीलाई केही आपत्ति छैन ।’ एमाओवादी अध्यक्ष प्रचण्डले पार्टी फुटाएर मोहन बैद्य किरणले विदेशी हस्तक्षेपको बाटो खुला गरेको आरोप लगाउनु भयो । एमाओवादीका उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालका घटनाको जिम्मेवारी कांग्रेस र एमालेले लिनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो-’द्वन्द्वकालमा तपाईहरु नै सत्तामा हुनुहुन्थ्यो । १५ हजारभन्दा बढी मारिए, हजार भन्दा बढी वेपत्ता भए । त्यसको निम्ति जिम्मेवार को हुन्छ ? तपाईहरुले जिम्मेवारी लिनु पर्छ कि पर्दैन ? ‘ १३ हजारभन्दा बढी राज्य पक्षबाटै मारिएको भन्दै उहाँले सिसाको घरमा बसेर अरुको घरमा ढुंगा नहान्न कांग्रेस-एमालेलाई आग्रह गर्नु भयो । अर्को उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले विपक्षी दलहरुले आन्दोलन घोषणा गरेर मुलुकलाई मुठभेडमा लगेको आरोप लगाउनु भयो ।
नेपाली कांग्रेसका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिको बाधक बाबुरामको कुर्सीमोह रहेको आरोप लगाउनु भएको छ ।
नेपालगन्ज बिमानस्थलमा शनिवार विहान पत्रकारसंग कुरा गर्दै पूर्व प्रधानमन्त्री देउवाले भन्नुभयो-’पहिला उम्मेदवार देउ भनेर माग्ने उम्मेदवार दिएपछि भाँजो हाल्ने । माओवादीले खुल्ला रुपमै कांग्रेसले उम्मेदवर तोकेमा सहमति हुने भने कोले सभापति कोईरालालाई प्रधानमन्त्री बनाउने भनेपछि फेरी कुरा बदल्यो । ‘
सहमतिको विकल्प नभएको भन्दै देउवाले एकीकृत माओवादीले कुरा फेर्दै आएकोमा सहमति हुनको लागि कठिनाइ हुदै गएको दाबी गर्नुभयो ।
पार्टीभित्र कुनै विवाद नभएको र तल्लोतहसम्म विवाद मिलिसकेको भन्दै देउवाले ‘कुरा मिलेर नै आफुहरुले सुशीलजीलाई सर्वसम्मत प्रधानमन्त्रीमा प्रस्ताव अघि सारेको हो-’ उहाँले भन्नुभयो ।

द्वन्द्वकालका मुद्दा ब्युँताइए कांग्रेस र एमालेका नेताहरुसमेत जेल जाने सत्तारुढ दलका नेताले धम्की दिइरहेका बेला एमाले उपाध्यक्ष वामदेव गौतमले आफूहरुले द्वन्द्वकालमा कुनै किसिमको मानवअधिकार उल्लंघन नगरेको बताउनुभएको छ । त्यस्तो गरेको पाइए आफूहरु कारवाही भोग्न तयार रहेकोसमेत गौतमले बताउनुभयो ।
दैलेख सदरमुकामबाट शनिबार शुरु भएको प्रतिपक्षी दलको सरकारविरोधी आन्दोलनलाई सम्बोधन गर्दै नेता गौतमले भन्नुभयो-’पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नहरुलाई उम्काउन सरकारले कांग्रेस र एमालेका नेताहरुलाई समेत जेल चलान गर्नुपर्छ भन्दै झुठो अभिव्यक्ति दिइरहेको छ । तर, हामीले मानवअधिकार हननका कुनै घटना घटाएका छैनौं, त्यस्तो गरेको भए कार्वाही भोग्न तयार छौं ।’ गौतमले सरकारले कानुनी राज्यको खिल्ली उडाएको र सरकार दिनप्रतिदिन निरंकुश हुँदै गएकाले यो सरकार जसरी पनि ढाल्नुपर्ने बताउनुभयो ।
कांग्रेस नेता डा रामशरण महतले मुलुकभरका जघन्य अपराधमा संलग्न भएकाहरुलाई कार्वाहीको माग गर्दर्ै यसको प्रारम्भ दैलेखबाट भएको बताउनुभयो । ‘अहिले श्रीपेच नलाएका नयाँ तानाशाहको जन्म भएको छ, यसको निकास भनेको निर्वाचन र यसका लागि नयाँ राष्ट्रिय सहमतिको सरकार हो ।’
कार्यक्रममा राष्टिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्माले दैलेखका साहसी जनताले माओवादीलाई द्वन्द्वका बेलामा समेत लखेट्न सफल भएकोले अबको आन्दोलनले बाबुराम सरकारलाई तहलगाई नयाँ निर्वाचन र राष्ट्रिय सहमतिको सरकार बनाइछाड्ने बताउनुभयो । ।
सभामा पत्रकार डेकेन्द्रराज थापाकी धर्मपत्नी लक्ष्मी थापाले आफ्ना पतिको हत्यामा संलग्नहरुलाई सजाय दिन देश विदेशबाट आफुलाई भएको सहयोग निरन्तर रहिरहोस् भन्दै अपराधीलाई काुनुनी सजाय दिलाएर आफुले न्याय पाउनुपर्ने बताउनुभयो । ५१ दिनसम्म दैलेख बजारमा खानेपानी आपुर्ती बन्दभएका बेला पत्रकार डेकेन्द्रराज थापा दैलेखका बासिन्दाहरुका लागि बार्ता गर्न गएको र उहाँ सानैदेखि निडर र निस्वार्थी रहेको थापाले बताउनुभयो ।
सभामा नेकपा संयुक्तका ठाकुर शर्मा, नेकपा मालेका गोपालमणि गौतम, राप्रपाका गोविन्द बिक्रम शाहलगायतका नेताहरुले बोल्नुभएको थियो ।
 राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायती अदालतमा मुद्दा दायर गरेको विषय सही भएको बताएका छन्। डेकेन्द्र थापाको हत्याको अनुसन्धान रोक्न प्रधानमन्त्री तथा महान्यायाधीवक्ताले आदेश दिएर ठूलो गल्ती गरेको उनले बताए।
नेपालको अदालतमा मुद्दा विचाराधीन रहेकाले आयोगले छानवीन नगरेको स्पष्ट पार्दै उनले बेलायती कदमप्रति आयोगको विरोध नरहेको स्पष्ट पारेका हुन्। 'लामा प्रकरणमा पनि आयोगको विरोध छैन', हिमालय टेलिभजनको कार्यक्र द आरडी सोका लागि ऋषि धमालालाई अन्तरवार्ता दिँदै उनले भने- 'बेलायती अदालतले जे गर्यो ठिक गर्‍यो।'
अहिलेको सरकारले मानवअधिकार आयोगको एउटा पनि सिफारिस कार्यान्वयन नगरेको जानकारी दिँदै सत्य निरुपण तथा मेलमिलाप विधेयकको विषयमा समेत आफूहरुसँग छलफल नगरेको उनले जानकारी दिए। 'सरकारले राष्ट्रपति समक्ष कस्तो विधेयक सिफारिस गरेको छ हेरेको छैन', पूर्व प्रधान न्यायाधीश समेत रहेका उपाध्यायले भने- 'हामीसँग छलफल गर्न समेत उचित नसम्झिएको यस्तो विधेयक आयोगले स्वीकार्दैन।'
सत्य निरुपण जस्तो गम्भीर विषयमा हचुवा भरमा पेश गरिएको विधेयक राष्ट्रपतिले स्वीकार्न नहुने उनले स्पष्ट पारे। विधेयकमा मानवताविरोधी गम्भीर अपराधका विषयमा आममाफी दिने कुरा भएकोले त्यो मानवअधिकारको मुल्य मान्यता विरोधी भएको बताए।
डेकेन्द्र थापा हत्याकाण्डका दोषीलाई अनुसन्धान रोक्न आदेश दिएर प्रधानमन्त्री र महान्यायाधिवक्ताले ठूलो गल्ती गरेको उनको भनाइ थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक