20130120

लोकतन्त्र र अधिकारसम्बन्धी सम्मेलनका क्रममा भाषण दिइरहेकै बेला एक अज्ञात युवकले मन्चमा गई उनको कन्चटमा पेस्तोल ताकेर गोली प्रहार !

बुल्गेरियाको विपक्षी पार्टी मुभमेन्ट फर राइट्स एण्ड फ्रिडमका नेता अहमद डोगन हत्या प्रयासबाट बच्न सफल भएका छन् । बुल्गेरियाको राजधानी सोफियामा लोकतन्त्र र अधिकारसम्बन्धी सम्मेलनका क्रममा भाषण दिइरहेकै बेला एक अज्ञात युवकले मन्चमा गई उनको कन्चटमा पेस्तोल ताकेर गोली प्रहार गरेका थिए तर गोली नपड्केकाले नेता डोगन सकुशल रहे । आफूलाई पेस्तोल ताक्ने ब्यक्तिलाई नेता डोगनले झम्टिदा ती युवक लडेपछी उनले दोश्रो चोटी गोली प्रहारको प्रयास गरेका थिए तर पनि गोली पडकिएन । गोली प्रहार गर्ने युवकको साथबाट २ वटा चक्कु समेत बरामद गरिएको छ । नेता अहमद डोगनको हत्या प्रयासको कारण र गोली प्रहार गर्ने ब्यक्तिका बारेमा अनुसन्धान थालिएको जनाइएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक