20130120

प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले पत्रकार डेकेन्द्रराज थापाका हत्या अभियुक्तहरूलाई पक्राउका लागि निर्देशन दिन अस्वीकार गरे

प्रधानमन्त्री बाबुराम र महानयाधिबक्ता प्रधान सँगै शती जान तयार देखिए प्रहरी महानिरीक्षक कुबेरसिंह राना पनि !
प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले पत्रकार डेकेन्द्रराज थापाका हत्या अभियुक्तहरूलाई पक्राउका लागि निर्देशन दिन अस्वीकार गरेका छन्। दैलेख प्रहरीले पत्रकार थापाको हत्यामा संलग्न दुई जना अभियुक्त बाँके र बर्दियामा रहेका भन्दै सहयोग मागेको स्मरण गराउँदै पत्रकारहरूले नेपालगन्ज आएका बेला ती अभियुक्तहरूलाई तत्काल पक्राउको निर्देशन दिन आग्रह गर्दा महानिरीक्षक रानाले निर्देशन नै दिएनन्। दैलेख प्रहरीले पुस २१ गते नै जिल्ला प्रहरी कार्यालय बाँके र बर्दियालाई पत्र पठाएर दुई जना अभियुक्तहरू त्यहाँ रहेका भन्दै पक्राउका लागि सहयोग मागेको थियो। संवाददाताहरूले बाँके र बर्दियामा रहेका थापाको हत्याका अभियुक्तलाई पक्राउ आदेश दिन आग्रह गरेका थिए। तर, महानिरीक्षक रानाले अनुसन्धानबाट खुलेको कुरालाई प्राथमिकता दिने भन्दै अभियुक्तलाई पक्राउ गर्न आदेश या निर्देशन दिनुभएन। उहाँले अदालतको आदेशपछि पत्रकार थापाको घटनाले नियमित गति लिएको बताउनुभयो। महानिरीक्षक रानाले द्वन्द्वकालका घटनालाई राज्यले छुट्टै किसिमले हेरेकाले प्रहरी त्यसमा संवेदनशील
रहेको बताउनुभयो। उहाँले निश्चित अवधिका घटनालाई प्रहरीले नभई सत्य निरूपण आयोगले हेर्ने दाबी गर्नुभयो। 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक