20130120

काङ्रेस र एमालेमा समर्पित गजल  
- रामप्रसाद खनाल, वाशिङ्टन डिसी, अमेरिका
 जँगलबाट शहर ल्यायौ, हाँसो लाग्यो हैन !
बल्ल होस आए होला, काँसो लाग्यो हैन ?
१२ बुँदे सम्झौताको, प्रतिफल देख्यौ !
क्रान्तिकारी भन्थेउ पहिले, ब्वाँसो लाग्यो हैन ?
माओवादी जे जे भन्छ, मान्दै गयौ तिमी  !
तिम्रै मुखमा हेर्दा हेर्दै, ध्वाँसो लाग्यो हैन ?
सर्पलाई दुध पिलायौ, बात लाग्दैछ हैन ?
एमाले र काङ्रेसलाई, लात लाग्दैछ हैन ?
दुर्जनलाई काखी च्याप्यौ, चाल पायौ हैन ?
छबिलाल र बाबुरामको, जाल पायौ हैन ?!
डेकेन्द्रलाई जिउँदै पुर्ने, तिम्रा भए साथी !
सुन्दर शान्त देश बिगार्ने, गाल पायौ हैन ?! 
    



  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक