20130123

दैलेखबासीले देखे माओवादी लोकतन्त्र, जनगणतन्त्रको खुल्ला अभ्यास, प्रचण्डले भने "एमाले काङ्रेस र अन्यदलका गुण्डाले हामीलाई अबरोध गरे"

प्रधानमन्त्री बाबुरामले भने "पत्रकार डेकेन्द्र हत्याकाण्ड बिलाएर जान्छ आत्तिनु पर्दैन" 
एमाओवादी कार्यकर्ताले बाँकी रहेका र माओवादीको बिरोध गर्ने पत्रकारहरुलाई पनि आधा घण्टाजति घेराबन्दीमा पारेर 'डेकन्द्रको हालतमा पुर्याइ दिने' भन्दै धम्क्याए !
 २२ ट्रक वाइसियलका गुण्डाहरु, सिँगो प्रहरी फोर्स दुरुपयोग गर्दै, कङ्रेस एमाले र अन्य दलका नेता, कार्यकर्ता, पत्रकार माथि लाठी र बुट बर्षाउँदै दैलेखमा पुगी छाडे प्रचण्ड,  बाबुराम र नारायण काजीहरु, उनिहरु चढेको हेलिकोप्टर सेनाको ब्यारेकमा !
बिपक्षी दलहरु चुके, कसैले कसैलाई जिल्ला प्रबेश गर्न दिँदैनौ भन्नु गलत थियो     
***एमाओवादी कार्यकर्ताले पत्रकारहरुलाई पनि आधा घण्टाजति घेराबन्दीमा पारेर 'डेकन्द्रको हालतमा पुर्याइ दिने' भन्दै धम्क्याएका थिए । पत्रकारहरुलाई प्रहरीले माओवादी कार्यकर्ताको घेराबन्दीबाट मुक्त गराएका थिए । अहिले पनि पत्रकारहरु प्रहरी सुरक्षामा छन् । यसैबीच एमाओवादी सभाको मञ्चमा फोटो खिच्नको लागि एबीसी टेलिभिजन र रासस बाहेकलाई प्रतिबन्ध लगाएको छ । टाढैबाट फोटो खिच्न भनेपछि अन्य पत्रकारहरु कार्यक्रमस्थलबाट बाहिरीएका छन् ।*** सरकारविरुद्ध विपक्षी दलहरुको अवरोधका बीच एकीकृत नेकपा माओवादी दैलेखको जिल्ला सम्मेलन सुरु भएको छ । सभामा सहभागी हुन गएका प्रधानमन्त्री
डा. बाबुराम भट्टराईलाई रोक्ने प्रयास स्वरुप दैलेख बन्द आहृवान गरेका विपक्षी दलहरुले उद्घाटन समारोहका लागि बनाइएको मञ्चमा नै आक्रमण गरेपछि केहीबेर सभा अवरुद्ध भएको थियो । उपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बोल्ने क्रममा विपक्षी कार्यकर्ताले मञ्चमा नै ढुंगामुढा गरेका थिए । त्यसपछि सुरक्षा घेराका बीचमा पुनः सभा सुरु गरिएको थियो । सभालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैलेखमा आन्दोलनरत् विपक्षी दलहरुलाई ‘गुण्डा’को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो-’दैलेखका गुण्डाहरुले सभामा ढुंगा हानेर हामी तीन नेतालाई थप एक बनाइदिएकोमा धन्यवाद ।’ प्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष डा.
बाबुराम भट्टराई विदेशी डलरको खेती गर्नेहरुले शान्ति प्रक्रिया भाँड्न खोजेको आरोप लगाउनुभयो । प्रधानमन्त्री भट्टराईले गुण्डाहरुले आफ्नो पार्टीको सभा बिथोल्न खोजेको भन्दै जनताले तह लगाउने चेतावनी दिनुभयो ।


सभामा अवरोध गर्न खोज्ने विपक्षी कार्यकर्ता र प्रहरीबीच पटक-पटक झडप भएको थियो । झडपका क्रममा डीआइजी टोपेन्द्रध्वज हमालसहितका ५० जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेमा एमाले जिल्ला अध्यक्ष अमरबहादुर थापा, कांग्रेस सभापतिसहितका आन्दोलनकारी घाइते भएका छन् ।


प्रदर्शनकारीहरूले गणेशचोकमा रहेको  माओवादी कार्यालयमा आगजनी गरेका छन् । एमाओवादीले आफ्नो पार्टीको दैलेख जिल्ला कार्यालयमा विपक्षी काँग्रेस-एमाले कार्यकर्ताबाट भएको आगजनीप्रति निन्दा गरेको छ । प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गर्दै विचारमा प्रतिस्पर्धा गर्न डराएकाहरुले आफ्नो पार्टी कार्यालयमा आगजनी गरेको बताउनुभएको छ । जिल्ला अधिवेशन भाँड्ने षड्यन्त्र विफल भएपछि अत्तालिएका विपक्षीले तोडफोड र आगजनीको साहरा लिएको प्रवक्ता सापकोटाको भनाइ छ ।

काँग्रेस, एमाले, राप्रपा र राप्रपा नेपालजस्ता विपक्षी गठबन्धनमा रहेका दलहरूले दैलेखबाट योजनाबद्ध रुपमा प्रतिक्रान्ति थालेको सापकोटाको टिप्पणी छ । ‘विपक्षी गठबन्धनले योजनाबद्ध रुपमा दैलेखबाट प्रतिक्रान्ति थालेको छ’, सापकोटाले भन्नुभयो, ‘तर जनता र हाम्रो पार्टीका कार्यकर्ताले उनीहरुको प्रतिक्रान्तिकारी हर्कत चकनाचुर पारिदिएका छन् ।’ आफ्नो पार्टीको कार्यक्रममा विशाल जनताको उपस्थिति देखेर काँग्रेस-एमाले आत्तिएको सापकोटाको दाबी छ ।

शान्तिपूर्ण रुपमा अधिवशेन भइरहेका बेला लुकेर आक्रमण गर्नु अलोकतान्त्रिक र अप्रजातान्त्रिक हर्कतबाहेक केही हुनै नसक्ने भन्दै सापकोटाले विचारमा प्रतिस्पर्धा गर्न चुनौती दिनुभएको छ ।


विपक्षी दलहरुको आन्दोलनलाई साथ दिएको भन्दै एमाओवादीका कार्यकर्ताले हाम्रो तेस्रो आँखा दैनिकको कार्यालयमा तोडफोड गरेका छन् । उनीहरुले कम्प्युटर, टेबल, कुर्सी र सिसा तोडेका हुन् । यसअघि बिहान वाइसीएलका कार्यकर्ताले १० पत्रकारलाई डेकेन्द्रकै हालत बनाउने धम्की दिएको उनीहरुले बताए ।
 प्रधानमन्त्री बाबुराम भट्टराईले पछिल्लो समय चर्चित पत्रकार डेकेन्द्र थापा प्रकरणलाई 'पानीको थोपा'को संज्ञा दिएका छन्। दैलेखबाट फर्केलगत्तै जिल्ला तथा क्षेत्रीय कार्यालयका कर्मचारीलाई निर्देशन दिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। 'यो घटना पानीको थोपा हो, यसबाट तपाईँ राष्ट्रसेवकहरु आत्तिनु पर्दैन,' उनले भने, 'समस्या बिस्तारै समाधान भएर जान्छ।' प्रधानमन्त्री भट्टराईले संविधानसभाको निर्वाचन पहिलो प्राथमिकता भएकोले त्यतातिर लाग्न कर्मचारीलाई निर्देशन दिए। सीमित बजेटबाट जनताका असीमित आवश्यकता पूरा गर्नुपर्ने भएकोले मितव्ययिता अपनाउन उनको सुझाव थियो।

नेपाली सेनाको नाइनएन-आरएजे सुपर पुमा हेलिकोप्टर लिएर आएका प्रधानमन्त्री भट्टराई बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित हुम्ला जाने कार्यक्रम छ। मध्यपश्चिमका क्षेत्रीय प्रशासक शारदाप्रसाद त्रितालले पार्टी कार्यक्रमका साथै जिल्लास्थित सरकारी कर्मचारीलाई निर्देशन दिने कार्यक्रम रहेको बताए। प्रधानमन्त्रीसहित नेताहरु बुधबार वीरेन्द्रनगरस्थित होटल शनि भिलेज रिसोर्टमा बसे।

दैलेखमा हुने संभावित झडपको मुकाबिला गर्न एकीकृत माओवादी तयारीसाथ लागेको थियो। विपक्षीको अवरोधलाई परास्त गर्दै सम्मेलनलाई सफल पार्न पार्टीले छिमेकी जिल्लाबाट युवाकार्यकर्ता र पूर्वलडाकुलाई दैलेख ओसारेको थियो। यसको लागि सुर्खेत माओवादीले आफ्नो प्रथम जिल्ला सम्मेलन स्थगित गरी युवाशक्ति त्यहाँ खटायो।
पार्टीका भेरी-कर्णाली राज्य समिति सदस्य कृष्णबहादुर जिसीले सुर्खेतबाट करिब डेढ सय कार्यकर्ता दैलेख पुगेका जानकारी दिए। 'शीर्ष नेताहरुको सुरक्षाको लागि हामीहरु दैलेख आएको सत्य हो,' सुर्खेत फर्किँदै गरेका जिसीले नागरिकसँग भने, 'प्रतिपक्षी साथीहरुबाट सम्मेलन बिथोलिने संभावना देखेरै हामीहरु दैलेख आएका हौँ।' सुरक्षा दस्तामा पूर्वलडाकु र वाइसिएल कार्यकर्ता रहेका उनले बताए।

स्थगित भएको सुर्खेतको जिल्ला सम्मेलन बिहीबारदेखि पुनः सुरु हुने जिसीले जानकारी दिए। दैलेख राजनीतिक हिसाबले माओवादीको प्रभाव कमजोर भएको जिल्ला हो। पछिल्लो समय पत्रकार डेकेन्द्र थापा प्रकरणले माओवादीको अवस्थालाई अझ रक्षात्मक बनाएको थियो। त्यही भएर विपक्षी दलहरुको 'आक्रमण'लाई परास्त गर्न बाहिरी जिल्लाबाट युवा दस्ता आयात गरिएको कांग्रेस जिल्ला सभापति कृष्ण बिसीको भनाइ छ।
'हामीले माओवादी नेता प्रचण्ड वा बाबुरामको विरुद्ध नभई डेकेन्द्र हत्याकाण्डका अभियुक्तलाई बचाउन खोज्ने प्रधानमन्त्री बाबुरामविरुद्ध आन्दोलन घोषणा गरेका हौँ,' उनले भने, 'तर बाहिरी जिल्लाबाट लडाकु झिकाएर आक्रमण गर्ने प्रयास भयो।'

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक