20130125

सरकारविरुद्ध आन्दोलनमा उत्रिएका कांग्रेस, एमालेलगायतका विपक्षी दलहरुले शुक्रबार देशैभरका विभिन्न जिल्ला सदरमुकाममा सरकारविरोधी प्रदर्शनलाई चर्काए

सरकारविरुद्ध आन्दोलनमा उत्रिएका कांग्रेस, एमालेलगायतका विपक्षी दलहरुले शुक्रबार देशैभरका विभिन्न जिल्ला सदरमुकाममा सरकारविरोधी प्रदर्शनलाई चर्काएका छन् । विपक्षी नेताहरुले बाबुराम नेतृत्वको सरकारलाई इतिहासकै भ्रष्ट एवं सर्वसत्तावादी ठहर गर्दै अब आन्दोलननकै बलबाट सरकार ढाल्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस र एमालेलगायतका विपक्षी दलले काठमाडौं उपत्यकाका ललितपुर र भक्तपुरका साथै दोलखा, पोखरा, सिन्धुली, पाल्पा, झापा, तेह्रथुम, धनकुटा ताप्लेजुङ, इलाम, चितवन, स्याङ्जा लगायत विभिन्न जिल्लामा जुलुस प्रदर्शन एवं विरोधसभा सम्पन्न गरे । गत साता नेपाली कांग्रेसले देशका ७५ वटै जिल्लामा केन्द्रीय सदस्यहरुलाई आन्दोलनका लागि खटाएपछि कांग्रेसका केन्द्रीय नेताहरु जिल्ला-जिल्लामा पुगेका छन् । भक्तपुरमा नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले लगायत विपक्षी दलहरुले विरोध सभाको आयोजना गरे । सभामा बोल्ने नेताहरुले बाबुराम सरकार इतिहासकै बदनाम भएको भन्दै यसलाई आन्दालनेबाटै विस्थापन गराउने बताए । सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री परशुराम खापुङ, काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, एमाले नेता परशुराममेघी गुरुङ, माले नेता वीरेन्द्र थपलिया र नेकपा-संयुक्त)का ठाकुर शर्मालगायतले बोल्नुभएको थियो ।  त्यसैगरी शुक्रबार पोखरामा आयोजित विपक्षी दलको संयुक्त विरोधसभालाई नेकपा -एमाले)का सचिव शङ्कर पोखरेल, काँग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्ती, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष शङ्कर बराल, राप्रपाका कमलमान गुरुङ र मालेका होमनाथ
गिरीलगायतले सम्बोधन गर्नुभएको थियो । 
चितवनको भरतपुरमा पनि विपक्षी दलले शुत्रबार प्रदर्शन गरेका छन् । जुलुसपछि आयोजित सो जिल्लाको विरोधसभामा काँग्रेसका केन्द्रीय सदस्य डा सशाङ्क कोइराला, नेकपा -एमाले)का पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीका साथै नेपाली कांगे्रसका जिल्ला सभापति टेकप्रसाद गुरुङ र एमालेका अध्यक्ष जेएन थपलियाले मन्तव्य व्यक्त गर्नुभएको थियो । तेह्रथुमको सभामा केन्द्रीय सदस्य मीना सुब्बा र धनकुटामा शेखर कोइरालाले सम्बोधन गर्नुभएको थियो । 

कांग्रेस सभापति सुशील कोइरालाले स्याङ्जाको वालिङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लोकतन्त्रको विरोध गर्नेहरु आफैं पतन भएर जाने बताउनुभएको छ । उहाँले आफूहरूले सुरु गरेको आन्दोलनले सरकारलाई घुँडा टेकाई छाड्ने बताउनुभयो । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, धनराज गुरुङलगायतको सहभागिता थियो । 

नेकपा -एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादी नेतृत्वको सरकारसम्ग अब वार्ताको औचित्य सकिएको बताउनुभएको छ । एमाले सञ्चार कमिटीद्वारा शुत्रबार राजधानीमा आयोजित ‘आन्दोलन किन ?’ विषयको अन्तरक्रियामा बोल्दै नेता नेपालले एमाओवादी सत्ता, शक्ति र पैसाका पछि लागेको भन्दै आन्दोलनकै बलमा सरकार विस्थापित हुने दाबी गर्नुभयो । “यदि एमाओवादी इमान्दार भएन भने अब वार्ताको औचित्य छैन ।” नेता नेपालले भन्नुभयो- ‘भ्रष्टाचार, अनियमितता, महँगी, कुशासन र जनविरोधी काममा यो सरकार इतिहासमै उच्चस्थानमा छ ।’ महिलामाथि हुने हिंसाविरुद्धको आन्दोलनमा सरकारलाई ध्यानाकर्षण गराउन प्रधानमन्त्री निवासअघि धर्नामा बसेका अधिकारकर्मी, अधिवक्ता, पत्रकार र पीडितहरुमाथि हस्तक्षेप गरी गिरˆतार गरिएकाहरुलाई सरकारले गिरफ्तार गरेपछि महलिाहरु आक्रोशित बनेका छन् । एक महिना अघिदेखि शान्तिपूर्ण धर्नामा रहेका महिला अधिकारकर्मीहरू रेणु राजभण्डारी, लिली थापा, सञ्चारिका समूहकी सचिव कमला पन्थी, पत्रकारद्वय जगन्नाथ लामिछाने र विदुषी ढुङ्गेल, अधिवक्ताद्वय कोपिला अधिकारीलगायतका महिलालाई प्रहरीले गिरफ्तार गरेपछि सरकारविरुद्ध महिला अधिकारकर्मीहरु आक्रोशित बनेका हुन् । गिरफ्तार गरिएकालाई शुक्रबारै छाडिएको छ । शान्तिपूर्ण धर्नामा बसेका महिलाहरुलाई गिरफ्तार गरिएकोमा कांग्रेसले प्रेस वक्तव्यमार्फत् सरकारको कदमप्रति विरोध जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक