20130108

हत्याराकै पक्षमा देखिए हत्याराका नाइके : प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा माओवादी कार्यकर्ता पक्राउ गरेकोमा असन्तुष्टि !

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा माओवादी कार्यकर्ता पक्राउ गरेकोमा असन्तुष्टि जनाउनुभएको छ । मानवअधिकारवादीहरुको उक्साहटमा पक्राउ गरिएको भन्दै उहाँले त्यसमा सरकारको समर्थन नरहेको बताउनुभएको छ । ‘नेपालभित्रै द्वन्द्वकालका घटनालाई लिएर कथित मानवअधिकारवादी भन्ने मानिसहरु उक्साएर फेरि गिरफ्तारीका श्रृखला अघि बढाउने र झुठा मुद्दा लगाएर वातावरणलाई विथोल्ने प्रयत्न भइरहेको छ, खासगरी दैलेखमा जुन प्रकारको घटना घटेको छ’ राज्यद्वारा बेपत्ता पारिएका राजेन्द्र ढकालको सम्मान र सम्झना पुस्तक सार्वजनिक गर्दै भट्टराईले भन्नुभयो-’यसमा नेपाल सरकारको कुनै साइनो र समर्थन छैन ।’ एमाओवादीका उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री भट्टराईले द्वन्द्वकालका घटनाहरुलाई लिएर फेरि मुद्दा मामिला लगाएर शान्ति प्रक्रिया भाँड्ने
प्रयत्न भइरहेको बताउनुभयो । प्रधानमन्त्री भट्टराईले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता खोजविन आयोग गठन गर्न अध्यादेश पठाए पनि राष्ट्रपतिले स्वीकृत नगर्दा आफूले काम गर्न नसकेको उहाँको भनाइ छ । आफू सरकारमा रहे पनि सत्ता नभएको भन्दै उहाँले सोचेअनुसार काम गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो-’हामी सत्तामा छैनौं । सत्ता भनेको समग्र रुप हो, सरकार त्यसको सानो हाँगो मात्र हो ।’ पत्रकार थापाको हत्याको आरोपमा प्रहरीले ५ माओवादी कार्यकर्ता पक्राउ गरेको छ । उनीहरुले चरम यातना दिँदा पनि थापाको मृत्यु नभएपछि जिउँदै गाडेको बयान दिएका छन् । पत्रकार थापालाई माओवादी कार्यकर्ताले ०६१ असार १२ नियन्त्रणमा लिई साउन २७ मा हत्या गरेका थिए । हत्याको ४ वर्षपछि थापाको कंकाल भेटिएको थियो ।
* पत्रकार डेकेन्द्र थापालाई चरम् यातना दिँदा पनि नमरे पछी जिउँदै खाडलमा पुरेको माओवादी अपराधीले स्वीकार गरेपछी ....!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक