20130108

पत्रकार दिनेश शाहको यो टिप्पणी ले हाम्रो मन छोयो तपाईंलाई छुन्छ कि छुन्न कुन्नी !


कथित अग्रगामी र परिवर्तनकामी कमरेडहरु, सेना, पुलिस र छापामारका कथित ‘बन्दुके बहादुरहरु’ एकपटक यता हेरौं, यो फोटो तिर । यी हुन्, ९७ बर्षीय हंगेरीका नागरिक लाज्लो क्यास्ट्री । करिब ६ अघि ‘द सन’ पत्रिका सम्बद्व पत्रकारले उनको ठेगाना बारेको समाचार लेखेपछि गुप्तरुप बसिरहेका  यी वृद्वलाई मानवता विरुद्वको युद्व अपराधमा पक्राउ गरियो । अर्काे मुलुक स्लोभाकियाले पनि उनको बारेमा केस चलाएको छ । निश्चित प्राय नै छ, यी ९७ बर्षीय अबको बाँकी जिवन जेलमा बित्नेछ् । पक्राउ परेको लगत्तै रुमालले आफनो मुख छोप्दै अदालतको भित्र छिरेको दृख्य,त्यस ताका टेलिभिजनहरुको खुबै प्रसारण गरेका थिए ।  
दोस्रो विश्वयुद्व ताका उनी माथि झण्डै १५ हजार जुईचहरु लाई मारेको आरोप छ । त्यसताका क्यास्ट्री नाजी नियन्त्रित हंगेरीको कोचिक शहरका प्रहरी प्रमुख थिए । अहिले यो शहर स्लोभाकियाको हिस्सामा पर्छ । उनले मानवता विरोधी अपराध यति सम्म गरे की, एकैपटक महिला र बालबालिका सहित ८० जना जुईचहरुलाई रेलको लिगमा बाँधेर आफैले रेल चलाएर किचेर मारे । युद्व सिध्धिएपछि तत्कालीन चेकस्लोभाकियाले सन १९४८ मा उनी माथि युद्व अपराधमा मृत्युदण्डको फैसला सुनायो । तर उनी भाग्न सफल भए र अर्के नाममा क्यानडामा निर्वासित भए । पछि सत्य तथ्य बाहिर आउन थालेपछि उनी सन १९९५ क्यानडा बाट पनि भाग्न सफल भए । क्यानडेली सरकारले उनको नागरिकता खारेज गर्‍यो । हंगेरी फर्किएर लुकिछिपी बस्दै आएका उनी सन २०१२ को जुलाईमा पक्राउ परे । अन्तत कानुनी पंन्जा बाट भागदौड गर्दागर्दै झण्डै ६४ बर्षपछि उनी पक्राउ परिछाडे ।  
अन्तत रंक्त पिपासुहरु सजायका भागीदार हुन्छन् नै भलै ९७ को बर्षमा किन नहोस् । मानवताका अपराधीहरु संसारको जुनसुकै ठाँउमा भएपनि कानुनी सजायबाट दण्डित भएको, कठघरामा उभिएको देख्न पाईयोस, सुन्न पाईयोस् । अनि मात्र डेकेन्द्रराज थापा, कृष्ण सेन, मुक्तिनाथ अधिकारी अनि माडी घटनामा बिझत्स ज्यान गुमाएका एवम निशस्त्र मारिएकाहरु सम्पुर्णको आत्माले शान्ति पाउनेछ ।कथित अग्रगामी र परिवर्तनकामी कमरेडहरु, सेना, पुलिस र छापामारका कथित ‘बन्दुके बहादुरहरु’ एकपटक यता हेरौं, यो फोटो तिर । यी हुन्, ९७ बर्षीय हंगेरीका नागरिक लाज्लो क्यास्ट्री । करिब 60 अघि ‘द सन’ पत्रिका सम्बद्व पत्रकारले उनको ठेगाना बारेको समाचार लेखेपछि गुप्तरुप बसिरहेका यी वृद्वलाई मानवता विरुद्वको युद्व अपराधमा पक्राउ गरियो । अर्काे मुलुक स्लोभाकियाले पनि उनको बारेमा केस चलाएको छ । निश्चित प्राय नै छ, यी ९७ बर्षीय अबको बाँकी जिवन जेलमा बित्नेछ् । पक्राउ परेको लगत्तै रुमालले आफनो मुख छोप्दै अदालतको भित्र छिरेको दृख्य,त्यस ताका टेलिभिजनहरुको खुबै प्रसारण गरेका थिए । दोस्रो विश्वयुद्व ताका उनी माथि झण्डै १५ हजार जुईचहरु लाई मारेको आरोप छ । त्यसताका क्यास्ट्री नाजी नियन्त्रित हंगेरीको कोचिक शहरका प्रहरी प्रमुख थिए । अहिले यो शहर स्लोभाकियाको हिस्सामा पर्छ । उनले मानवता विरोधी अपराध यति सम्म गरे की, एकैपटक महिला र बालबालिका सहित ८० जना जुईचहरुलाई रेलको लिगमा बाँधेर आफैले रेल चलाएर किचेर मारे । युद्व सिध्धिएपछि तत्कालीन चेकस्लोभाकियाले सन १९४८ मा उनी माथि युद्व अपराधमा मृत्युदण्डको फैसला सुनायो । तर उनी भाग्न सफल भए र अर्के नाममा क्यानडामा निर्वासित भए । पछि सत्य तथ्य बाहिर आउन थालेपछि उनी सन १९९५ क्यानडा बाट पनि भाग्न सफल भए । क्यानडेली सरकारले उनको नागरिकता खारेज गर्‍यो । हंगेरी फर्किएर लुकिछिपी बस्दै आएका उनी सन २०१२ को जुलाईमा पक्राउ परे । अन्तत कानुनी पंन्जा बाट भागदौड गर्दागर्दै झण्डै ६४ बर्षपछि उनी पक्राउ परिछाडे । अन्तत रंक्त
पिपासुहरु सजायका भागीदार हुन्छन् नै भलै ९७ को बर्षमा किन नहोस् । मानवताका अपराधीहरु संसारको जुनसुकै ठाँउमा भएपनि कानुनी सजायबाट दण्डित भएको, कठघरामा उभिएको देख्न पाईयोस, सुन्न पाईयोस् । अनि मात्र डेकेन्द्रराज थापा, कृष्ण सेन, मुक्तिनाथ अधिकारी अनि माडी घटनामा बिझत्स ज्यान गुमाएका एवम निशस्त्र मारिएकाहरु सम्पुर्णको आत्माले शान्ति पाउनेछ ।
 *******************************************************
 हार्दिक समबेदना
हाम्रा परम मित्र सगरमाथा टिभी अमेरिकाका संचालक राम खरेल एबम भाई नारायण खरेलकी पुज्यनिय आमा, भाउजु निलु खरेल एबम बहिनी अम्बिका खरेल कि पुज्यनिय सासु दमन्ता खरेल ज्यु को निधन भएको खबरले हामी अत्यन्त दुखित भएका छौं । यस दु:खद घडीमा स्वर्गिय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त सम्पूर्ण खरेल परिवार जन मा हार्दिक समबेदना प्रकट गर्दछौं ।
 - रामप्रसाद खनाल एबम नेपाल मदर डट कम समस्त परिवार 
***************************************     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक