20130106

दैलेखका पत्रकार डेकेन्द्रराज थापालाई माओवादीका कार्यकर्ताले जिउँदै गाडेर मारेको अभियुक्तहरुले बयान दिए !

दैलेखका पत्रकार डेकेन्द्रराज थापालाई तत्कालिन माओवादीका कार्यकर्ताले जिउँदै गाडेर मारेको अभियुक्तहरुले बयान दिएका छन् । हत्या अभियोगमा पक्राउ परेका अभियुक्त लक्ष्मीराम घर्तीले प्रहरी र सरकारी बकिल समक्ष चरम यातना दिँदा पनि पत्रकार थापाको मृत्यु नभएपछि जिउँदै गाडेको स्वीकार गरेका हुन् । बयानमा घर्तीले भनेका छन्-’पत्रकार थापालाई गाड्नु अघि साथीहरु जयबहादुर साही र हरिलाल पुनले नाडी छाम्दा मरे भनेपछि गाडेका हौं । चलमलाएको थिएन तर, मरेकै हो भनेर भन्न सक्दिन ।’ प्रहरी निरीक्षक विनोद शर्माका अनुसार अभियुक्तहरुले माओवादीविरुद्ध सुराकी गरेकोसहितका ३ अरोपमा थापाको हत्या गरेको बताएका छन् । हत्या अघि तत्कालिन राजा ज्ञानेन्द्र दैलेख आउँदा डेकेन्द्रले उद्घोषण गरेका थिए । दैलेख सदमुकाममा पानी ल्याउँदा चन्दा उठाएका थिए तर, हामीले माग्दा हिसाव दिएनन’ घर्तीको भनाई उदृत गर्दै प्रहरी निरीक्षक शर्माले भन्नुभयो-’माओवादीको सुराकी गरेकाले पनि उनको हत्या गरेका हौं ।’ पत्रकार थापाको तत्कालिन माओवादीले २०६१ असार १२ गते नियन्त्रणमा लिई साउन २७ मा हत्या गरेका थिए । हत्याको चार वर्षपछि पत्रकार महासंघ, राष्ट्रिय मानवअधिकार आयोगले थापाको चिहान उत्खनन गर्दा कंकाल भेटिएको थियो । २०६५ साल भदौंमा थापाका श्रीमतीले उजुरी दिएपनि झण्डै ४ वर्षपछि शनिबार ५ जना पक्राउ गरेका हुन् । उनीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक