20130116

अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली मिडिया अवार्ड हुने

विश्वभर छरिएर रहेका नेपाली आमपाठक ,दर्शक  श्रोताहरुलाई  स्वच्छ ,निष्पक्ष पारदर्शी तवरले समाचार लेखन ,संकलन, प्रकाशन    सम्प्रेषण गर्दै आइरहेका नेपाली पत्रकार तथा प्रकाशन / प्रशारण संचार संस्थाहरुलाई  यस बर्ष देखि अमेरिकामा “ प्रथम अन्तर्राष्ट्रिय नेपाली मिडिया अवार्ड -२०१३” बाट सम्मानित गरिने भएको   विगत चार बर्षदेखि नेपाली पत्रकारहरुको पेशागत हकहित र अधिकारको रक्षा गर्दै राष्ट्र र समाज विकाश का लागि संचार वकालत गर्दै आइरहेको नेपाली संचारकर्मीहरुको संस्था नेपाल अमेरिका प्रेस क्लब ले अन्तर्राष्ट्रिय रुपमा पहिलो पटक आयोजना गर्न लागेको हो ।राष्ट्रको  चौथो अंगको रुपमा सम्मानित पत्रकारिता पेशालाई मर्यादित रुपमा अगाडी  बढाउन समस्त पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने गर्दछ । तर हाल नेपालमा पत्रकार र संचार संस्थाहरुलाई विविध क्षेत्रवाट शोषण ,दमन ,अपहरण र अन्यायमा पारिदै आएको कुरा सर्वविदितै छ । यस परिवेशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकारहरुको कलम र आवाज अझ बढि शशक्त हुनुपर्ने कुरामा दुइमत नहोला । विश्वभरवाट नेपाल र नेपालीको विकाश र चेतना अभिवृद्धिका लागि सत्य तथ्य  र निष्पक्ष समाचार र सूचना  संकलन ,लेखन ,प्रकाशन र प्रशारण गर्ने पत्रकार तथा संचार संस्थाहरुलाई थप प्रोत्साहन प्रदान गर्नु आजको आवश्यकता हो ।यसै आवश्यकतालाई महशुस गर्दै नेपाल अमेरिका प्रेस क्लबले शान्ति ,विकाश ,मानव अधिकार ,महिला
तथा वाल अधिकार ,वातावरण तथा उर्जा , शिक्षा, अर्थ तथा बाणिज्य ,खेलकुद ,चलचित्र ,कला तथा संगीत ,राजनैतिक तथा समसामयिक ,खोजमुलक ,न्याय तथा कानुन ,पर्यटन लगाएतका विधाहरुमा समाचार संकलन ,लेखन ,प्रकाशन र सम्प्रेषण गर्दै आइरहेका संचारकर्मी तथा संचार संस्थाहरुलाई
अवार्ड प्रदान लागिएको हो ।
अमेरिकाको वाशिंगटन डि.सी.मा आयोजना गरिने सो कार्यक्रमले नेपाली पत्रकारिताको विकाशमा थप योगदान पुग्नुको साथै संचारकर्मीहरुको सिप अभिबृदिका लागि थप प्रेरणा मिल्ने विश्वाश गरिएको छ ।नेपाली पत्रकारिताको इतिहासमा पहिलो पटक आयोजना हुन लागिरहेको सो कार्यक्रममा करिव चालिस विधामा अवार्ड प्रदान गरिने भएको छ भने जीवनभर पत्रकारिता पेशामा संलग्न भएका संचारकर्मीलाई बिशेष अवार्डबाट सम्मानित गरिने भएको छ ।साथै क्लबले  हालसालै पत्रकारिता पेसामा प्रवेश गरेर उत्कृस्ट पत्रकारिता गर्दै गरेका संचारकर्मीलाई समेत युवा पत्रकारिता अवार्ड वितरण गर्ने भएको छ भने नवस्थापित मिडिया संस्था जसले समाज र राष्ट्र विकाशका लागि उल्लेख्य योगदान दिदै आएको छ सो  मिडियालाई पनि बिशेष अवार्ड प्रदान गर्ने भएको छ।स्वदेश तथा विदेश जहाँ रहेर पनि उत्कृस्ट पत्रकारिता गर्दै गरेका पत्रकार तथा संचार संस्थाहरुले प्रकाशित तथा प्रशारित सामाग्री सहित मनोनयनपत्र दाखिला गर्न सक्ने र सो मनोनयन सम्बन्धि बिस्तृत जानकारी शिघ्र प्रकाशन गर्ने निर्णय क्लबले गरेको छ ।राष्ट्र निर्माणमा नेपाली पत्रकार र संचार माध्यमहरुलाई थप जिम्मेवार बनाउन र हौसला प्रदान गर्दै सम्मान ब्यक्त गर्न आयोजना गर्न लागिएको “ प्रथम अन्तर्राष्ट्रिय नेपाली मिडिया अवार्ड -२०१३” लाई सफल पार्न समस्त पत्रकार मित्र ,संचार माध्यमहरुलाई नेपाल अमेरिका प्रेस क्लब अनुरोध ब्यक्त गर्दछ । साथै क्लबले विविध विधामा नगद धनराशिको स्मृति अवार्ड प्रदान गर्ने भएकोले इच्छुक व्यक्ति तथा संघ संस्थाहरुलाई सम्पर्क गर्नुहुन् समेत अनुरोध गरिएको छ ।
सहयोग समझदारिताको लागि धन्यवाद सहित ,
 शिव विष्ट,  अध्यक्ष-   नेपाल अमेरिका प्रेस क्लब
सम्पर्कका लागि इमेल : shivabista@yahoo.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक