20130212

प्रचण्डले रडाको मच्चाइदिए एमाले र काङ्रेसमा, कठै एमाले र काङ्रेसको दुर्दशा !

  आफ्नो एजेण्डा केही छैन, प्रचण्डको एजेण्डामा एमाले र काङ्रेसमा बहस ! के देख्नु परेको हो नेपाली जनताले ?! हेर्दै जानुस् प्रचण्डले यिनीहरुलाई गलाएरै मुलुकमा आफ्नो अधिनायकबाद लाद्नेछन, खिलराज रेग्मी लाई त चुप बनाइसके, अब को बोल्ने ??      राजनीतिक निकासका लागि कोइराला निवासमा बसेको चार शीर्ष दलको बैठक बिना निष्कर्ष सकिएको छ। बैठकपछि नेकपा एमालेका नेता केपी शर्मा ओलीले सबै विकल्पमा छलफल भए पनि सहमति हुन नसकेको जानकारी दिए।  'हामीले सबै विकल्पमा छलफल गर्‍यौं,' बैठकपछि नेता ओलीले भने, 'सहमति हुन नसकेपछि जानकारी दिनका लागि हामी राष्ट्रपतिकहाँ जाँदैछौं।' यसअघि नै नेकपा एमालले प्रधानन्यायाधीशको नेतृत्‍वमा चुनाबी सरकार गठन हुन नसक्ने जानकारी गराएको थियो। त्यस्तै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पनि अधिकांश नेताले बहालवाला प्रधानन्यायाधीशको नेतृत्‍व नस्विकार्ने बताएका थिए। सितल निवासमा सोमबार अबेरसम्म भएको छलफल पनि बिना निष्कर्ष सकिएपछि
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आज बेलुकासम्म सहमति हुने बताएका थिए।
नेपाली कांग्रेसको शीर्ष नेतृत्व एमाओवादीको प्रस्ताव अनुसार प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाएरै भएपनि चुनावमा जाने पक्षमा देखिएको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले बाबुराम भट्टराईलाई हटाउन प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने प्रस्ताव स्वीकार गर्नु पर्ने धारणा राख्नु भएको हो । ‘बैठकको प्रारम्भमै शीर्ष नेताहरुले चुनाव हुन्छ भने प्रधानन्यायाधीशलाई नै मानेर जाउँ भन्ने प्रस्ताव गर्नुभयो’ केन्द्रीय सदस्य गगन थापाले  भन्नुभयो । दलहरुबीच भएको छलफलबारे जानकारी गराउँदै कोइरालाले पहिलो प्राथमिकता दलहरुको नेतृत्व भएपनि चुनाव पनि नहुने र बाबुराम सरकार पनि रहिरहनु भन्दा प्रधानन्यायाधीशकै नेतृत्व स्वीकार गर्नु उपयुक्त हुने आशय व्यक्त गर्नु भएको थियो । यस्तै बरिष्ठ नेता देउवाले बाबुरामले राजीनामा दिन्छन् भने दलबाहिरको नेतृत्व स्वीकारेर अघि जानुपर्ने बताउनुभयो । कोइराला र देउवालाई समर्थन गर्दै उपसभापति पौडेलले वार्तामा पठाउँदा सभापति हात बाँध्न नहुने भन्दै निर्णय गर्ने अधिकार कोइरालालाई दिन प्रस्ताव गर्नु भएको थियो ।
तर, अधिकांश केन्द्रीय सदस्यहरुले भने प्रधानन्यायाधीशलाई स्वीकार गर्ने नेताहरुको प्रस्ताव अस्वीकार गरेका छन् । बरु प्रचण्ड वा स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिने उनीहरुको भनाई छ । ‘नरहरी दाइले बरु प्रचण्डलाई मान्न सकिन्छ तर, प्रधानन्यायाधीश हुन्न भन्नुभयो’ थापाले भन्नुभयो-’मैले सुशीलको विकल्प खोज्नु परे दलबाहिर स्वतन्त्रमा जान सकिन्छ तर, सर्वोच्चतिर हुन्न भनेँ ।’
यसअघिका बैठकहरुमा केन्द्रीय सदस्यहरुले बोलेपछि शीर्ष नेताहरुले आफ्नो सहमति अनुसार निर्णय सुनाउने गरेपनि मंगलबार भने सुरुमा शीर्ष नेताहरु बोलेपछि उनीहरुले चर्को विरोधको सामाना गर्नु परेको छ । जसले प्रधानन्यायाधीशलाई नै मानेर जाने शीर्ष नेताहरुको तयारी संकटमा परेको एक नेताले बताए ।
माओवादीका अध्यक्ष प्रचण्डले आज बस्ने प्रमुख दलहरुको संयुक्त बैठकले राजनीतिक समस्या समाधान गर्ने दाबी गर्नुभएको छ ।
पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउनेबारे छलफल गर्न मंगलबार अपरान्ह सुशील कोइराला निवासमा प्रमुख चारदलको बैठक आयोजना गरिएको छ ।  ‘हिजो राष्ट्रपतिसमक्ष छलफल हुँदा एमाले कांग्रेसका साथीहरुले भोलि सहमतिमा पुगिन्छ भन्नुभएको छ, शायद आजै सहमति हुन्छ ।’ खुल्ला मञ्चमा पार्टीद्वारा आयोजित १८ औं जनयुद्ध दिवसलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो-’ आज नभए भोलि बिहान हुन्छ, नभए भोलि बेलुकासम्म सहमति हुन्छ ।’
संसारमा जहाँ पनि अप्ठ्यारो पर्दा न्यायाधीशलाई काममा लगाउन सकिने भन्दै प्रचण्डले नेपालको संविधानले बहालावाला न्यायाधीशलाई जिम्मेवारी दिन सकिने किटेरै लेखेको बताउनुभयो । ‘दिउँसै रात पार्ने गरी विद्धान वकिलहरुले वक्तव्य निकाल्नुभएको छ, संविधानले लेखेको यो कुरामा किन वकिलहरुको आँखा नपुगेको होला ?’- प्रचण्डले प्रश्न गर्नुभयो ।
बहालवाला प्रधानन्यायधीशलाई कुनै पनि पदमा जिम्मेवारी दिनु संविधानसम्मत नभएको भन्दै सोमबार नेपाल बार एसोसिएसनका पदाधिकारी प्रेस वक्तव्य जारी गर्नुका साथै साष्ट्रपतिलाई भेटेर ध्यानाकर्षण गराएका थिए । वकिलहरुको यो कदमको विरोधमा प्रचण्डका साथै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत खुल्लामञ्चबाट टिप्पणी गर्नुभएको छ ।
 चार दलका शीर्ष नेताहरु वसेर खिलराज रेग्मीलाई सत्ताको साँचो सम्पिने सहमति गरेपछि त्यसको अनुमोदन गराउन बोलाइएको एमाले केन्द्रीय कमिटि वैठकमा नेताहरुले खिलराजको उछितो काढेका छन् ।
पार्टी मुख्यालय बल्खुमा मंगलबार बसेको बैठकको सुरुमा नै खनालले बाबुराम सरकार पनि रहिरहने र चुनाव पनि नहुने अवस्था आएको भन्दै खिलराजलाई स्वीकार गरेर जाने प्रस्ताव राख्नु भएको थियो । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउँदा चुनाव पनि हुने र एमाओवादीको सर्वसत्तावादलाई पनि परास्त गर्न सकिने खनालको भनाई थियो । तर, रघुजी पन्त बाहेकका सबै नेताहरुले खनालको प्रस्तावलाई अस्वीकारमात्र गरेनन, प्रधानमन्त्रीमा प्रस्तावित रेग्मीमाथि सत्तोसरापसमेत गरे ।
माधवकुमार नेपाल र बामदेव गौतम अनुपस्थीत रहेको वैठकमा पन्तले मात्रै खनालको प्रस्तावको समर्थन गरेका छन् । नेताहरुले रेग्मीको चर्को आलोचना गर्दै असक्षम, पत्रु र लोभीको पगरी गुथाएका छन् । अधिवक्ता समेत रहेका अग्नि खरेलले भन्नुभयो- ‘त्यो मान्छे -रेग्मी)पनि हुँदैन, प्रधानन्यायाधीश त झन हुँदै हुँदैन ।’ रेग्मीको नेतृत्व क्षमता कामजोर रहेको भन्दै उहाँले न्यायालय खाली हुँदासमेत केही गर्न नसक्नेले के देश चलाउँछ भनि प्रश्न गर्नु भएको वैठकमा सहभागी एक नेताले बताए । केही नेताले रेग्मीलाई ‘पत्रु’को संज्ञा दिए भने ‘एक वर्षभन्दा बढी प्रधानन्यायाधीशको कार्यकाल छँदा छँदै प्रधानमन्त्री हुन खोज्ने लोभी रहेछ’ भन्ने टिप्पणी पनि गरे ।
केहीले त हिजो संविधानसभाको हत्या गर्ने तिनै हुन उनैले संबिधानसभाको निर्वाचन गराउँछन भनेर कसरी पत्याउने ? भन्दै नेतृत्वसमक्ष प्रश्न गरेका थिए । हिजो प्रधानमन्त्रीलाई आफ्नो च्याम्बरमा बोलाएर गाली गर्ने अनि आज आफैं प्रधानमन्त्री हुने खोज्ने भनि रेग्मीलाई गाली गर्ने एमाले नेताहरु पनि धेरै थिए ।
एक नेताका अनुसार केन्द्रीय सदस्यहरुले हिजो बाबुराम भट्टराईसँग मिलेर संविधानसभा भंग गराएको र अहिले प्रधानमन्त्री बन्न खोजेको भन्दै रेग्मी र माओवादीवीच साँठगाँठको आशंका समेत गरेका छन् ।
एमाले श्रोतका अनुसार महासचिव इश्वर पोखरेल र नेता केपी शर्मा ओली कुनै हालतमा खिलराजको नेतृत्वमा सरकार गठनको सहमति हुन नदिने अडानमा छन् । ‘यो माओवादीको षड्यन्त्रअनुसार आएको प्रस्ताव हो, यसलाई कुनै हालतमा हुन दिन्नौं ।’ भन्दै बहुमत नेताहरुले अस्वीकार गरेपछि एमाले बैठकले चुनावी सरकारको नेतृत्व राजनीतिक दलभित्रैबाट खोज्नुपर्नेमा जोड दिएको छ ।
केन्द्रीय समितिको बैठकमा नेताहरुले प्रचण्डलाई बाहिर राख्दा सबै विगि्रएको भन्दै उनलाई नै प्रधानमन्त्री बनाएर चुनावमा जाने प्रस्ताव गरेका छन् । प्रचण्डलाई बाहिर राख्दा मुलुक अघि बढेन बरु ‘चोरलाई नै चावी दिउँ’ भन्नेसम्मको प्रस्ताव आएको छ -एक नेताले भने ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक