20130216

राजनीतिक खलनायक प्रचण्डको अर्को एतिहासिक जित !

नराम्रोसँग चुके र झुके एमाले काङ्रेसहरु, राजनीतिक खलनायक प्रचण्डको अर्को एतिहासिक जित, बाँकी रहेको एउटा अदालत पनि सकियो, नेपाल अब पूर्ण रुपमा असफल राष्ट्र बन्दै, सुते जनता पनि      
 चार दल प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्न सहमत भएका छन् ।
शनिबार शीलत निवासमा राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा भएको छलफलमा एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको छलफलमा रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने
सैद्धान्तिक सहमति भएको हो । सरकार गठनसहितका विषयमा प्याकेजमा सहमतिका लागि चार दलबाट २/२ जना रहेको कार्यदल गठन गरिएको छ । ‘जेठमा चुनाव गर्न के के गर्नुपर्छ, त्यसमा प्याकेज सहमतिको प्रस्ताव तयार पर्न कार्यदल गठन गरिएको छ’ एमाले नेता रघुजी पन्तले भन्नुभयो । कार्यदलले जेठ १५ भित्र चुनाव गर्ने आधार, निर्वाचन आयोगको पदपूर्ति, सरकार गठन र दैनिक प्रशासन सञ्चालन विधी र संरचना लगायतका विषयमा सुझाव पनि दिनेछ । कार्यदलमा एकीकृत नेकपा माओवादीबाट कृष्णबहादुर महरा र खिमलाल देवकोटा, कांग्रेसबाट विमलेन्द्र निधी र मिनेन्द्र रिजाल, एमालेबाट भीम रावल र अग्नि खरेल तथा मधेसी मोर्चाबाट हृदयेश त्रिपाठी र जितेन्द्र देवरहेका छन् । कार्यदलले सहमतिको मस्यौदा तयार पारेपछि भोलि २ बजे बस्ने शीर्ष नेताहरुको बैठकले टुङ्गो लगाउने छ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले असफल भइसकेका पार्टीहरुको पहलमा बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने भनी ल्याइएको योजना आफूहरुलाई मान्य नहुने बताउनुभएको छ । शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष वैद्यले असफल भइसकेका दल र नेताहरुले विदेशीको इशारामा जनविरोधी कार्य गरिरहेकाले आफूहरुले सशक्त विरोध गरेको बताउनुभयो । उहाँले दलहरुको राष्ट्रघाती काम विरुद्ध आफूहरुले फागुन ६ गतेदेखि देशभर विरोध प्रर्दशन थाल्ने उद्घोष गर्नुभयो ।

दलहरुले विदेशीको योजनामा नयाँ सूत्र ल्याएर जनतालाई अल्मल्याउन खोजेको आरोप अध्यक्ष वैद्यले लगाउनुभयो । उहाँले भन्नुभयो-”यसरी चुनाव गर्नु भनेको देशलाइ फासीवादतिर लानु हो ।” आफूहरुले संवैधानिक तरिकाले डा बाबुराम भट्टराईको सरकार हटाएर नयाँ राष्ट्रिय सहमतिको सरकार बनाउन जोड गरेको तर गलत तरिकाले अर्को सरकार बनाउन लागिएकाले विरोध गर्नुपरेको पनि उहाँले प्रस्ट पार्नुभयो ।

सुनसरीमा भोलि हुने पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन आउनुभएका अध्यक्ष वैद्यले आफूहरुको महाधिवेशन भइसकेको र नीति नै फरक ढङ्गले दस्तावेजमा आइसकेकाले एमाओवादीसँग कुनैपनि हालतमा एकता हुन नसक्ने बताउनुभयो 
प्रचण्ड नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धनमा आवद्ध साना १४ दल र एक पूर्वसभासदले चार दलबीच मात्र हुने सहमति मान्य नहुने घोषणा गरेका छन् ।
ठूला दलविरुद्ध आयोजित बैठकमा नेपाल सरकारका ५ मन्त्रीसमेत सहभागी भएका छन् । असन्तुष्ट साना दलको बैठकमा मन्त्री एकनाथ ढकाल, बद्री न्यौपाने, अनिल झा, यदुबंश झा र केशवमान शाक्यसमेत सहभागी थिए ।

पुतलीसडकमा १६ दलको शनिबार बसेको बैठकले आगामी निर्वाचनमा प्रमुख दलहरुले समानुपातिकको सिट संख्या घटाउन लागिएकोमा चित्त दुखाउनुका साथै खिलराज रेग्मीसँग दलहरुको समन्वयन गर्न बन्न लागेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा आफूहरुको पनि हिस्सेदारी माग गरेका छन् । परिवार दलका अध्यक्ष एवं मन्त्री एकनाथ ढकालले अनलाइनखबरससँग भन्नुभयो ‘उच्चस्तरीय संयन्त्रमा चार दलका नेताहरु मात्र बस्ने तयारी छ,त्यसमा हाम्रो गम्भीर असहमति र आपत्ति छ ।’

विघठित संविधानसभामा रहेका २४ दललाई बाइपास गरेर ३ दल र मधेसी मोर्चाबीच मात्र हुने सहमति मान्य बाध्य नहुने शनिबारको बैठकले निर्णय गरेको साना दलका नेताले बताएका छन् । ‘तीन प्रमुख दल र मधेसी मोर्चामा आवद्ध ५ दल गरी ८ दललाई मात्रै विश्वासमा लिएर अन्य दललाई बाइपास गर्न खोजिएको छ ।’-राष्ट्रिय सद्भावनाका अध्यक्ष रामनरेश यादवले अनलाइनखबरसँग भन्नुभयो-’शीतलनिवासमा हुने सबै वार्ता र सहमतिमा सबै दलको सहभागिता हुनुपर्छ । हैन भने चारदलको सहमति मान्न हामी बाध्य हुने छैनौं ।’ बैठकले संविधानसभाको निर्वाचन र आगामी मार्गचित्रबारे प्याकेजमा सहमति हुनुपर्ने र सबै वार्ता र सहमतिमा विघठित संविधानसभाका सबै दलको सहमति र सहभागिताबाट गर्नुपर्ने मागसमेत गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक