20130209

आइ लभ यु भेगस !

- रामप्रसाद खनाल 
लज्जालु अनी घुम्टो भित्र लुकेर बसेकी
दिनभरी मस्त निन्द्रामा सुतेर
सन्ध्या पर्न पाएको छैन
श्रींगारले झपक्कै हुने
छचल्किएको बैशले उन्मत्त
सबलाई जगाउन पल्केकी
प्यारी भेगस !
पहिलो नजरमै मोहनी लगाउँदै 
एकाएक मलाई माघको चिसो रातहरुमा

स्वागत गर्दै
अँगालोमा बाँधेर
मिठो चुम्बन सहित
यसरी आकर्सित गर्यौ
म सँग शब्दमा कुनै बयान छैन
दिन चाहन्छु तर दिने अर्को ज्यान छैन
भेगस,
त्यो बेला कि भर्जिन भर्जिनिया सँग 

प्रेम नगाँसेको भए
उनिसँग लठिएर नहाँसेको भए      

म यतै तिम्रो आलिंगनमा सधैं बांधिएर बस्थें होला
तिम्रो मुटु भित्र पस्थेँ होला
माया प्रेमको डसाइ डस्थें होला
माघका चार चिसा रातहरुमै
मेरो मन मुटु चोर्यौ
मेरो खल्ती रित्त्याइ तिमीलाई भने जोर्यौ
तिम्रा हरेक अँग अँगमा
चुम्बकले जस्तै तान्ने शक्तीहरु देखेँ
तिम्रै पछाडि दौडने असँख्य भक्तिहरु देखेँ
भर्जिन भर्जिनियालाई सिन्दुर नहाल्दै
यदी तिमी सँग भेट भएको भए
शायद म तिम्रो आलिंगनमा बांधिरहन्थेँ होला
तिम्रो छचल्किएको बैश सँग नाचिरहन्थें होला
यो जुनिलाइ छुट्यो प्रेमको झोला
भर्जिनिया धेरै अप्ठ्यारी छन
डिभोर्स गर्न निकै गार्हो छ
तिमीसँग जिबन बिताउन चाहेर पनि सार्हो  छ 

तर चिन्ता नगर भेगस
म उनको आँखा छलेरै सहि
तिम्रो मिठो चुम्बन लिन
बेला मौकामा लुकिछिपी आइरहनेछु
तिम्रो उन्मत्त बैशको गीत गाइरहने छु
मेरी प्यारी लस भेगस
तिम्रो उन्मत्त बैशको गीत गाइरहने छु !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक