20130219

पूर्वयुवराज पारस शाहलाई मंगलबार बेलुका हृदयघात, अवस्था नसुध्रिएपछि सिसियुमा, अवस्था चिन्ताजनक, कान्छी छोरी कृतिका लाई एपेन्टिसाइटिस !

पूर्वयुवराज पारस शाहलाई मंगलबार बेलुका हृदयघात भएको छ। बैंककमा रहेका शाहलाई नेपाली समयअनुसार मंगलबार बेलुका आठ बजे हृदयघात भएको हो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था अत्यन्त गम्भीर छ।  पारसको उपचार बैंककको समतिभेज सृनाकरिन अस्पतालको सिसियुमा भइरहेको बैंककमा रहेका व्यवसायी कुमार पुनले जानकारी दिए। नाजुक अवस्थामा अस्पताल पुर्‍याइएका पारसलाई आइसियुमा उपचार थालिए पनि सुधार नआएपछि सिसियु सारिएको छ। चिकित्सकले उनको अवस्था चिन्ताजनक रहेको बताउँदै परिवारका सदस्यलाई खबर गर्न आग्रह गरेपछि बैंककमा रहेका नेपालीले निर्मल निवासमा खबर गरेका छन्। स्रोतका अनुसार पूर्वयुवराज्ञी हिमानीलगायतको टोली बुधबार बैंकक जाँदैछ। पुनका अनुसार सहयोगीले पारसलाई हृदयघात भएको जानकारी गराएलगत्तै गैरआवासीय नेपाली संघ, बैंककका पदाधिकारी सुनिल खड्कासहितका नेपाली अस्पताल पुगेका थिए। 'हामी अस्पताल पुग्दा आइसियुमा भर्ना गरिएको थियो,' पुनले भने, 'अवस्था नसुध्रिएपछि सिसियुमा सारिएको छ।' स्रोतका अनुसार अस्पतालले उपचार सुरु गर्नुअगाडि एक लाख २५ हजार थाई भाट धरौटी मागेको थियो। तर, पारस र उनका
सहयोगीसँग त्यत्रो रकम थिएन। त्यहीँ रहेका एक नेपाली बुधबार बिहान रकम जम्मा गरिदिने ग्यारेन्टी बसेपछि मात्र अस्पतालले उपचार अगाडि बढाएको थियो। पारसलाई यसअघि पनि हृदयाघात भएको थियो। २०६४ भदौ २० मा पारसलाई 'माइल्ड हर्ट एट्याक्ट' भएको थियो। छातीमा पीडा भएपछि सुरुमा सैनिक अस्पताल र पछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। ५० मिनेट लामो शल्यक्रियाबाट अवरुद्ध धमिनी खोल्न ब्यालुन एन्जिओप्लास्टी गरिएको थियो।
पारसलाई हृदयघात भए लगत्तै नेपालमा रहेकी कान्छी छोरी कृतिका पनि एपेन्टिसाइटिसका कारण थलिएकी छिन, उनलाई अस्पताल भर्ना गरिएको छ । पूर्व राजपरिवारका सहयोगी फणिराज पाठकका अनुसार पारसको अवस्था बिस्तारै सुधार हुन थालेको छ । ‘सरकारको मुटुको शल्यक्रिया गरेर स्टण्ट राखिएको छ, स्वास्थ्य अवस्था बिस्तारै सुधारोन्मुख हुन थालेको छ’ पाठकले अनलाइनखबरसित भन्नुभयो । उहाँका अनुसार पारस र हिमानीकी कान्छी छोरी कृतिकाको राजधानीको थापाथली स्थित नर्भिक अस्पतालमा उपचार भैरहेको छ । ‘सिमरामा रहेको बेला गएराति अकस्मात एपेन्टिसाइटिस भएपछि हतारहतार राजधानी ल्याएर अस्पताल भर्ना गरिएको हो’ पाठकले भन्नुभयो -’बुधबार बिहान सफलतापूर्वक शल्कृया सम्पन्न भएको छ ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक