(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20130220

पारसको अवस्था अझै ‘कम्प्लिकेटेड’, केही भन्न सकिने अवस्था छैन !

बैंकक समतिभेद अस्पतालमा उपचाररत पूर्वयुवराज पारसको अवस्थामा झिनो सुधार आएको छ । तर, उनी अझैसम्म होसमा आएका छैनन् । अचेत अवस्थामै रहेका पारस अस्पतालको अतिसघन कक्ष (आइसियु)मा भेन्टिलेटर (कृत्रिम श्वास प्रदान गर्ने मेसिन)को सहायताले श्वासप्रश्वास गरिरहेको बताइएको छ । पारसको मुटुको भल्भ भने अस्पतालले खोलेको छ । यद्यपि, चिकित्सकले पारसको अवस्था अझै ‘कम्प्लिकेटेड’ नै रहेको जानकारी गराएका छन् । अस्पतालले पारसको मुटुको भल्भ शरीरबाहिरबाटै पम्पिङ गरेर खुलाएको छ । अस्पतालमा रहेका एनआरएन थाइल्यान्डका महासचिव सुनील खड्काका अनुसार पारसलाई बुधबार बेलुकी अस्पतालको मुख्य ब्रान्चमा सारिएको छ । ‘अहिलेसम्म केही भन्न सकिने अवस्था छैन,’ खड्काले टेलिफोन सम्पर्कमा भने, ‘चिकित्सकहरू उपचारविधिबारे छलफल गरिरहेका छन् ।’ बन्द भल्भ खुलाउनलाई स्टेन्ट राख्नु नपरेको तर यसलाई व्यवस्थित बनाउनुपर्ने पनि खड्काले बताए । अचेत अवस्थामै भए पनि बुधबार आँखाको परेला चलाउन थालेकाले चिकित्सकले सुधारको संकेतका रूपमा लिएका छन् । अस्पतालले बुधबार दिउँसो पारसको टाउकाको सिटिस्क्यन गरेको थियो । सिटिस्क्यानको नतिजामा खासै
समस्या नदेखिएको चिकित्सकहरूले जनाएको खड्काले बताए । चिकित्सकहरूले पारसको मुटुको एमआरआई गर्नुपर्ने बताए पनि गर्न भने सकिरहेका छैनन् । एमआरआई गर्न मुटुको चाल स्थिर हुनुपर्ने भएकाले चिकित्सकहरू मुटुको स्थिर चालको पर्खाइमा रहेको खड्काले जानकारी दिए । ‘एमआराईपछि मात्र केही गर्न सकिन्छ भनेर चिकित्सकहरूले भनिरहेका छन्,’ उनले भने ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________