(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20130222

जिउँदै पारसलाई मार्ने प्रचन्ड कुपुत्र प्रकाश दाहाल !!!

प्रचन्डका उदण्ड  पुत्रको अर्को महा उद्दन्ड कार्य  !
काठमाडौं ताहाचलकी सुनन्दा शर्मा लाई अत्ती भएछ अनी लेख्छिन   "नेपाल भन्ने देशका नबुझ्ने हामी जस्ता जनता र एमाले काग्रेस जस्ता पिछलग्गु पार्टीहरु भएकाले आतंकका बलमा १७ हजारको आलो खुन पिएर देशको कथित महान नेता हुँ भन्ने भएका तर वास्तविक रुपमा बिन लादेनको नेपाली सँस्करण, महा खलनायक सर्ब श्री प्रचन्ड उपनाम गरेका छबिलाल दाहालका अती भ्रस्ठ कुपुत्र, २५ बर्षको उमेर नपुग्दै ३ वटा बिहे गरिसकेका, अर्काकी स्वास्नी भगाएर हाल दिल्लीमा लुटेको धनमा रासलीला मच्चाइ रहेका महान कपुत, जड्याहा, दुनियाँले छि छि र दुर दुर गर्ने, बुद्धी बिबेक सबै अँध्यारो तर नाम भने प्रकाश राखिएका उदण्ड  नम्बर वन श्री प्रकाश दाहालले पूर्व युबराज पारस शहको हुँदै नभएको मृत्‍यु लाई मृत्‍यु भन्दै श्रध्दान्जलि दिंदै फेस बुक बाट अफवाह फैलाएको पुस्टि भएको छ । उनको यसै अफवाह सँगै केही हावादार, पत्रकारिताको प थाहा नभएका बज्रस्वाँठ महोदयहरु जसले हावादारी रुपमा अनलाइन रुपमा समाचार प्रकाशन प्रशारण गरी मानबिय समबेदनाको पराकास्ठ नाघ्दा पूर्व युबराज पारस जिउँदै मारिएकाछन ।" जिउँदै पारसलाई मार्ने प्रचन्ड कुपुत्र प्रकाश दाहाल लाई हाम्रो भन्नु केही छैन तर उनको उपचार भैरहेको अस्पतालले जारी गरेको प्रेस बक्तब्य यहाँ जस्ताको तस्तै छ ।नेपाल मदर डट कम पूर्व युबराज पारस शाहको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।  


यसै समाचारलाई अनलाइन खबरले यसरी प्रकाशन गरेको छ लौ हेर्नुस ! 
हृदयघातका कारण बैंककमा अचेत अवस्थामा उपचार गराइरहेका पूर्वयुवराज पारसको मृत्यु भएको हल्ला चलाउने पहिलो सूत्राधार एमाओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाल निस्किएका छन् ।
स्वभावले पारसभन्दा कम नदेखिने प्रकाश दाहाल यतिबेला गैरकानूनी तेस्रो विवाहपछि समाजमा मुख देखाउन नसकेर भारतमा निर्वासित एवं भूमिगत जीवन बिताइरहेका छन् । सार्वजनिकरुपमा मानिसका सामु अनुहार देखाउन नसकेका प्रचण्डपुत्रले आफ्नो फेसबुक स्टाटसमा पारसको उपचारको क्रममा मृत्युभएको छ भन्दै श्रद्धाञ्जलीमात्रै दिएका छैनन्, प्रहरीको तारेख धाउँदा धाउँदै अल्पायुमै ज्यान गुमाएको समेत भनेका छन् ।अस्पतालमा उपचार गराइरहेको व्यक्तिलाई प्रचण्डपुत्रले मृत्युको घोषणा गरेपछि नेपाल पत्रकार महासंघका महासचिवले सञ्चालन गरेको वेभसाइटले समेत ‘ज्ञानेन्द्रनिकट स्रोत’ को हवाला दिँदै पारसको मृत्यु भएको दाबी गरेपछि डाक्टरले स्वास्थ्य स्थिर रहेको र उपचार भइरहेको बताएका पारसबारे थप भ्रम फैलिएको छ ।

दरिद्र मनस्थितिका अनलाइने पत्रिकाहरु ! 

- Janakman Dangol

पुर्ब अर्थ मन्त्रि तथा नेपाली कांग्रेसका नेता डा.राम शरण महत लाइ ‘भगवान राम’ तथा सोहि पार्टीका युवा नेता गगन थापालाइ रोल मोडेल देख्ने र ठान्ने अनलाइन पत्रिकाको नाम हो अनलाइन खबर ! हिजो आज नेपालमा अन लाइन पत्रिका चलाउनु पनि एक दम सजिलो छ ! नाम चलेको पत्रिकाको समाचार लाइ सक्कल बमोजिम नक्कल गरेर आफ्नो साइटमा सजायो र तस्बीर छ भने त्यो तस्बिरमा पानि छापमा आफ्नो साइटको छाप लगाई दियो ! बस खेल खत्तम पैसा हजम !
'पुर्ब राजाले जाड खायो, पुर्ब युवराजले आफ्नै सहोदर बाबु संग अंस माग्यो,
पुर्व युवराज्ञीलाइ वास्ता गरेनन, राजाको ज्वाईले यस्तो गर्यो छोरीलाई यस्तो उस्तो भो' इनै हुन अन लाइन खबरको सुपर हिट समाचार ! भनिन्छ दुख परेको बेलामा सत्रु लाइ त हेर्नु पर्छ यो नेपाली लोकोक्ती हो तर ति महान पत्रिकाले एनेकपा माओबादीको अध्क्ष्य क.प्रचण्डको पुत्र प्रकास दाहाल संग तुलना गर्दै नानाभातीको लेख बनाएर प्रकाशन गर्छन ! पुर्ब युवराज पारसले स्वास्नी कुटेर घर बाट खेदेनन, पुर्व युवराज पारसले आमाको आदेस मान्न नसकेर दोश्रो बिहा गरेनन, पुर्व युवराज पारसले अर्काको स्वास्नी टिपेर समाजमा मुख देखाउन नसकेर बिदेस पलाएन भएनन र पुर्व युवराज पारसले हिमाल चढ्ने भन्दै राज्यको ढुकुटी मागेका थिएनन भने के कुन र कस्तो हिसाबले तुलना गर्दैछन ति महान कपि पेस्टर पत्रकारलाई नै  थाहा होला ! तिनका घरमा पनि श्रीमती र बालबच्चा पक्कै होलान ! बोक्सीले पनि छिमेकीको घर छोडेर अन्त भेद्छरे भने भोलि तिनलाई पनि यस्तै पर्यो भने के यस्तरी काखी बजाउनु उपयुक्त हुन्छ ? अन्य नेपाली सरहको दर्जामा झरिसकेको व्यक्ति आज जीवन मरणको दोसाधमा परि मृत्य संग जुधिरहेको बेला यस्तो घटिया समचार पस्किनु काहा सम्मको न्यायोचित हो ? के एक नेपालीले अर्को नेपाली लाइ गर्ने ब्यबहार यस्तै हुन्छ ? समाचार बिकाउने नाउँमा सस्तो लोकप्रियताको लागि यस्तो घटिया हर्कत गर्न हुन्छ वा हुदैन ? जनावर तथा पशु पंक्षीको पनि आफ्नै किसिमको अधिकार हुन्छ भनेर कर्मीहरु कुर्लान्छन भने मान्छेको बाच्ने पाउने अधिकार हुन्छ कि हुदैन ? अर्काको मानव अधिकार हनन गर्न पाइन्छ ? तरल राजनीतिको फाइदा उठाउदै आफु खुसी जे मन लाग्यो त्यहि समाचार पस्किने यस्ता अनलाइन खबर हरुलाई साइबर कानुन लाग्छ कि लाग्दैन यो आजको खाँट्टी प्रश्न हो ! 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________