20130311

अदालतको मुद्दामा झगडिया रहेका दलका नेताहरुसंग भेटेर प्रधानन्यायाशीशले आचार संहिताको उल्लंघन गरे : पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा

अझै शान्ति प्रक्रियाले पुर्णता पाएको छैन, माओवादीले गर्दा देशको हालत नै विग्रियो : शेरबहादुर देउवा
 पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले प्रधानन्यायाधीशले  न्यायाधीश आचार संहिताको उल्लंघन गरेको बताएका छन् । अदालतको मुद्दामा झगडिया रहेका दलका नेताहरुसंग भेटेर प्रधानन्यायाशीशले आचार संहिताको उल्लंघन गरेको उनले बताए । संवैधानिक कानून व्यवसायी मञ्चले सोमबार राजधानीमा गरेको कार्यक्रममा शर्माले भने, "अदालतमा विचाराधिन रहेको मुद्दाको विषयसँग सम्बन्धीत झगडियाहरुसँग प्रधानन्यायधिसले भेट्नु न्यायधिसको आचार संहित विपरित भएको हो, न्यायाधीश आचारसंहित अनुसार झगडियासँग भेट्न र वार्तामा बस्न हुँदैन । डाका मुद्दामा मात्र हैन, राजनीतिक मुद्दामा पनि झगडिया हुन्छन ।" शर्माले प्रधानन्यायधिसलाई प्रधानमन्त्री बनाउने दलहरुको निर्णयले मुलुकमा दल विहीन शासन ब्यवस्थाको सुरुवात गर्ने दावी गरे । अन्तरिम संविधान संसोधन गरेर पनि प्रधान्यायधिसलाई प्रधानमन्त्री बनाउन सकिदैन उनले भने । कार्यक्रममा पूर्व सभामुख सुवास नेम्वाङले पनि अन्तरिम संविधान अनुसार प्रधानन्यायाधीश प्रधानमन्त्री बन्न नमिल्ने बताए । दलहरुको नेतृत्वमा सरकार गठन गर्ने र शासन सञ्चालन
गर्ने परिकल्पना गरेकोले धारा १५८ प्रयोग गरेर बाधा अडकाउ फुकाए पनि प्रधानन्यायधिसलाई प्रधानमन्त्री बनाउन नसकिने नेम्वाङले ठोकुवा गरे ।
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत नेकपा माओवादीका कारण देशले ठूलो आर्थिक भार व्यहोर्नुु परेको बताएका छन् । देउवाले भने, “माओवादी लडाकुको व्यबस्थापनका लागि अरवौं खर्च भईसक्यो । अझै शान्ति प्रक्रियाले पुर्णता पाएको छैन, माओवादीले गर्दा देशको हालत नै विग्रियो ।” काठमाडौंमा फाल्गुणी संस्थाले आयोजना गरेको ‘लोकतान्त्रिक समाजबाद र बहुदलीय लोकतन्त्र’ नामक कार्यक्रममा बरिष्ठ नेता देउवाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा राज्यले ठूलो रकम खर्च भएको उल्लेख गरे । साम्यवादको सपना देखेर जंगल पसेको माओवादी अन्तिममा बहुदल र बहुलबाद स्वीकार्न बाध्य हुनु लोकतन्त्रबादीहरुको जीत भएको नेता देउवाको भनाइ छ । शान्तिपुर्ण बातावरणमा  मात्र लोकतान्त्रिक समाजबाद फस्टाउने उल्लेख गर्दै नेता देउवाले दश बर्ष लामो माओवादीको हिंसात्मक आन्दोलनका कारण लोकतन्त्र कमजोर बनेको टिप्पणी गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक