20130313

माओवादीहरुलाई नेपाली सेनाका कर्णेल सहितको ऊच्च पद दिन एमाले काङ्रेसले गरे सहिछाप, न्यायालय, सेना सहित सकियो अब सबै कुरा, प्रधानमन्त्रीको कुर्सिका लागि बिके प्रधानन्यायाधिश खिलराज पनि, नेपाल अब झन भड्खालो तिर, माओवादीले अर्को बाजी मार्यो !

चार राजनीतिक दलवीच लडाकूको दर्जा, सत्य निरुपण तथा मेलमिलाप आयोग र बाधा अडकाउ फुकाउ लगायतका सवै बिषयमा सहमति जुटेको छ । सेना समायोजन बिशेष समितिको कार्यालय नयाँ बानेश्वरमा बसेको वैठकमा माओवादी लडाकूलाई एक कर्णेल र दुई लेफ्टीनेन्ट कर्णेल दिने सहमति भएको हो । वैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले  भन्नुभयो-’सहमति भयो, अहिले नै सेना समायोजन बिशेष समितिको वैठक वस्छ र आजै क्याबिनेट पनि बस्छ ।’ राजनीतिक सहमतिको दस्तावेजमा केहीवेरमै शीर्ष नेताहरुले हस्ताक्षर गर्ने कार्यक्रम रहेको बताइएको छ । श्रेष्ठका अनुसार आजै बस्ने मन्त्रिपरिषद् वैठकले बाधा अडकाउ फुकाउसम्बन्धी प्रस्ताव अनुमोदन गरि स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाउने छ । बाधा फुकाएसँगै प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने बाटो खुल्ने छ । रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिने बिषयमा सहमति जुटाउन एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका
शीर्ष नेताहरुको वैठक बिहानदेखि सुरु भएको थियो ।
 नेकपा-माओवादीसहितका २२ दले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । आफूहरुको विरोधका वाबजूद चार दल रेग्मीको नेतृत्वमा सरकार बनाउने तयारीमा जुटेपछि २२ दलले बैठक गरेर आन्दोलनको चेतावनी दिएका हुन् । असंवैधानिक रुपमा न्यायपालिकाका प्रमुखलाई चुनावी सरकारको नेतृत्व दिने षडे्यन्त्र भइरहेको भन्दै २२ दलले यदि त्यसो गरिए देशभर आन्दोलन चर्काउने निर्णय गरेको छन् । ‘चार दलले प्रधानान्यायाधीशलाई प्रधानमन्त्री वनाउने तयारी गरिरहेका छन् । त्यसप्रति हाम्रो विरोध छ’ माओवादी अध्यक्ष मोहन वैद्य किरणले भन्नुभयो ।
वैद्यले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री नवनाउन २२ दल नै शीतलनिवास पुगेर राष्ट्रपतिलाई दवाब दिने बताउनुभयो । यदि राष्ट्रपतिले पनि आफूहरुको कुरा नसुने देशभर आन्दोलन चर्काउने उहाँको चेतावनी छ ।
माओवादीको पहलमा भएको बैठकमा प्रचण्ड नेतृत्वको सघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धन र कांग्रेस-एमाले गठवन्धनमा सहभागी दलको समेत सहभागिता थियो ।

बैठकमा सहभागी नेकपा मालेका महासचिव सीपी मैनालीले कांग्रेस-एमालेले आफूहरुलाई धोका दिएको आरोप लगाउनु भयो । ‘उनीहरु एमाओवादीको षड्यन्त्र मा लुटपुटिएर हामीलाई मात्र हैन, देशलाई नै धोका दिइरहेका छन्’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार २२ दलको जोड दलहरुकै नेतृत्वमा सरकार बन्नु पर्ने भएपनि खिलराजले प्रधान्यायाधीश पदबाट राजीनामा दिएमा भने विरोध मत्थर हुन सक्छ ।
२२ दलको विज्ञप्ति
 
22-dal
source : Online khabar
नेपाली कांग्रेसका १७ जना केन्द्रीय सदस्यले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई बहालवाला रहेकै अवस्थामा सरकारको नेतृत्व नदिन पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् । बुधबार चार दलको बैठक स्थलमा पुगेर पार्टी सभापति सुशील कोइरालालाई बुझाएको ज्ञापन पत्रमा पार्टी निर्णय र लोकतान्त्रिक मूल्य मान्यताप्रति सजग रहने सचेत गराइएको छ । ’केन्द्रीय कार्यसमितिको निर्णयविरुद्ध नजान सचेत गराइएको हो’ केन्द्रीय सदस्य केपी गुरुङले अनलाइनखबरसाग भन्नुभयो । पार्टीको फागुन पहिलो साता सम्पन्न केन्द्रीय समितिले दिएको म्याण्डेट विपरित सहमति गरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेबारी वार्तामा बसेका नेताहरुले लै लिनु पर्ने उनीहरुको चेतावनी छ । ’आजको जटिल परिस्थितिमा सहमतिको सरकार निर्माण गर्नेक्रममा प्रधानन्यायाधीशबाटै सहमतिको सरकारको नेतृत्व गरिने विषयमा नेपाली कांग्रेस सहमतिमा पुग्नुपर्दा न्यूनतम लोकतान्त्रिक मुल्य मान्यताका आधारभुत सिद्धान्त, संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरणको सिद्धान्त राष्ट्रियता तथा जनताको भावनाको उच्च सम्मान गर्दै सहमतिको सरकारको नेतृत्व प्रधानन्यायाधीश चयन हुनु अगावै राजीनामा दिनुपर्ने राम्रो दृढ धारणा रहेको छ’ ज्ञापन पत्रमा भनिएको छ–’अन्यथा यसबाट सृजित सम्पूर्ण परिस्थितिको जिम्मेवार वार्तामा प्रतिनिधिहरु र पदाधिकारी नै रहनुहुनेछ भन्नेमा पनि हामी स्मरण गराउन चाहन्छौं ।’ ज्ञापन पत्रमा केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, मानबहादुर विश्वकर्मा, पूर्णबहादुर खड्का, एनपी सावद, महालक्ष्मी उपाध्याय डीना, भीष्मराज आङदम्बे, चन्द्र भण्डारी, अम्बिका बस्नेत, पुष्पा भूसाल, शंकर भण्डारी, गगन थापा, ईश्वरी न्यौपाने र सुजाता परियारले हस्ताक्षर गर्नु भएको  छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक