20130318

मन्त्रिपरिषद विस्तार : थपिएका ८ मन्त्रीलाई अध्यक्ष रेग्मीले सोमबार नै राष्ट्रपति कार्यालय शीलत निवासमा राष्ट्रपति रामवरण यादवको उपस्थितमा सपथ खुवाए !

नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले वर्तमान अवस्थामै निर्वाचनमा गए सबै दलका नेता तथा कार्यकर्ताहरुको खुट्टा भाँचिदिने चेतावनी दिए
सर्वोच्च अदालतले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई तत्कालका लागि प्रधानन्यायाधीशको हैसियतमा कुनै काम नगर्न अन्तरिम आदेश 
 अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका छन् । थपिएका ८ मन्त्रीलाई अध्यक्ष रेग्मीले सोमबार नै राष्ट्रपति कार्यालय शीलत निवासमा राष्ट्रपति रामवरण यादवको उपस्थितमा सपथ खुवाएका छन् । सोमबार  रामकुमार श्रेष्ठ, विद्याधर मल्लिक, शंकर कोइराला, माधव पौडेल, ऋद्धिबाबा प्रधान, टेकबहादुर घर्ती थापा, छविराज पन्त र उमाकान्त झाले
सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरु शंकर कोइरालाले अर्थ, वाणिज्य उद्योग ग र आपूर्ति मन्त्रालय सम्हालेका छन् । यसैगरी माधव पौडेलले शिक्षा, सूचना तथा सञ्चार र सामान्य प्रशासन, विद्याधर मल्लिकले संघीय तथा स्थानीय विकास र स्वास्थ्य , छविलाल पन्तले भौतिक पूर्वाधार निर्माण तथा शहरी विकास , टेकबहादुर घर्ती थापाले कृषि र वन तथा भू संरक्षण, रामकुमार श्रेष्ठले युवा, शान्ति तथा पर्यटन सम्हालेका छन् । यसैगरी उमाकान्त झाले ऊर्जा, विज्ञान प्रविधि र सिँचाइ मन्त्रालय र ऋद्धिबाबा प्रधानले महिला बालबालिका तथा भूमिसुधार मन्त्रालय सम्हालेका छन् । अध्यक्ष रेग्मीले सपथ लिएकै दिन चैत्र १ गृह र परराष्ट्रमन्त्रीमा माधवप्रसाद घिमिरे तथा हरिप्रसाद न्यौपानेले कानुन र श्रममन्त्रीमासपथ लिएका थिए । सोमार प्रमुख तिन
दल तथा मधेसी दलले मन्त्रीको नाम चुनावी मन्त्रिपरिषद अध्यक्ष रेग्मीलाई बुझाएपछि सपथ ग्रहण गराइएको  हो । एमाओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट दुई दुई जनाको नाम सिफारिस भएको हो  । दलहरुबीच भएको ११ बुँदे सहमतिमा पनि मन्त्रिपरिषद बढीमा ११ सदस्यीय बनाउने उल्लेख गरिएको छ । 
सर्वोच्च अदालतले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई तत्कालका लागि प्रधानन्यायाधीशको हैसियतमा कुनै काम नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो ।

 

सर्वोच्चको अन्तरिम आदेशमा नेपालको अन्तरिम संविधान २०६३ को धारा १५८ अनुसार गत फागुन ३० गते जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुसार प्रधानन्यायाधीश वर्तमान समयमा अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षको कार्य सम्पादन गरि राखेकाले उनलाई सो जिम्मेवारी सम्हालेसम्मको लागि अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष मात्रैले परिचित हुन तत्कालका लागि अन्तरिम आदेश जारी गरेको छ ।

 

अधिवक्ता चन्द्रकान्त ज्ञवाली र ओमप्रकाश अर्यालले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश गिरिशचन्द्र लालको इजलाशले रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्ष मात्रै भनेर सम्बोधन गर्न भनेको छ ।

 

अहिले प्रधानन्यायाधीश तथा अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष भनेर सम्बोधन गरिएकोमा अब प्रधानन्यायाधीश नभन्न निर्देशन दिएको सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले बताए । 

 

खिलराज रेग्मी कार्यकारी प्रमुख हुँदासम्म न्यायपालिकाको स्वतन्त्रतामा कुनै असर नपरोस भनेर यस्तो आदेश भएको सहप्रवक्ता रावलको भनाइ छ । अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष रेग्मीलाई प्रधानन्यायाधीशको कार्यसम्पादन गर्नबाट रोक्न माग गर्दै रिट परेको थियो । 

नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले वर्तमान अवस्थामै निर्वाचनमा गए सबै दलका नेता तथा कार्यकर्ताहरुको खुट्टा भाँचिदिने चेतावनी दिएका छन् ।  उनले भने, ‘खुट्टा मात्रै भाँच्ने होइन गाउँ आए मोसो दलेर लखेटने छौं ।’ नेकपा–माओवादीको अखिल नेपाल जनसांकृतिक महासंघले आज काभ्रेमा आयोजना गरेको १४ औं सांस्कृतिक प्रतिरोध दिवसमा बोल्दै बैद्यले भने, ‘संविधान सभा ध्वस्त बनाएर नयाँ नाटक गरिँदै छ ।’
संविधानसभा भारतीय सामन्तवादलाई बुझाएको आरोप लगाएका उनले चार दलले न्यायालय समेत कब्जा गरेका बताए ।
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक