(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20130318

अमेरिकामा भानुभक्तलाई सम्झदै यसरी सम्पन्न भयो साहित्यिक कार्यक्रम, अब शालिक पनि बनाइने भयो


मार्च १७, २०१३ /अमेरिकाको राजधानी वाशिंगटन डी.सी.मा अन्तरास्ट्रीय नेपाली साहित्य समाज (अनेसास)द्वारा आयोजित भानुभक्त आचार्यको द्वि-शताब्दी कार्यक्रम अन्तरगत भानु वर्ष २०१३ को तेस्रो महोत्सव सम्पन्न भएको छ |  अमेरिकाकालागि नेपाली राजदूत महामहिम डा. शंकर प्रसाद शर्माज्युको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अनेसासका संस्थापक तथा बोर्ड
अफ ट्रष्टीका अध्यक्ष र  साहित्यकार श्री होमनाथ सुबेदीले अमेरिकाको राजधानी जस्तो ठाउमा हाम्रा आदिकवि भानुभक्तको शालिक निर्माण गर्न पाउनु एउटा गर्वको कुरा हो |  यसले नेपाललाई चिनाउनुको साथै नेपालीहरुको शिर उच्च राख्ने कुरा बताउनु भयो | महामहिम राजदूत डा. शर्माले यसमा राजदूतावासले गर्न सक्ने सहयोग गर्ने बचन दिनु भयो | शालिक निर्माणकोलागि कार्यक्रममा उपस्थित जन-समुदायबाट करिब ४००० (चार हजार) डलर उठेको थियो | अनेसास केन्द्रले शालिक बनाउन समन्यवको काम गर्न अनेसास डी.सी. च्याप्टरका अध्यक्ष श्री प्रकास नेपाललाई सुम्पेको छ |
यसै बीच अनेसास डी.सी. च्याप्टरका नव-निर्वाचित पदाधिकारीहरुलाई डा. गोपी उप्रेतीज्युले सपथ ग्रहण गराउनु भएको थियो | नव निर्वाचित पधारिकारिहरुमा अध्यक्ष प्रकाश नेपाल, उपाध्यक्ष लोकनाथ तिवारी, महा-सचिव सीता पाण्डे, सचिव- अरुण रुपाखेती, कोषाध्यक्ष- रामचन्द्र भट्टराई र सदस्यहरुमा सिर्जना मरासिनी, प्रेम पौडेल र प्रेम राजभण्डारी रहनु भएको छ | 
नव-निर्वाचित कार्यसमितीले नेपाली साहित्यमा रुची राख्ने अमेरिकी नागरिक जोसेफलाइ मानार्थ सल्लाहकारमा नियुक्त गरेको छ|  साहित्यकार जोसेफले  र राष्ट्रपति बाराक ओबामाको तथा मिसेल ओबामाको बारेमा प्रकाशित २ पुस्तकहरु महा-महिम डा. शर्मालाई उपहार स्वरूप प्रदान गर्नु भयो | जोसेफ अहिले नेपाल सम्बन्धि एउटा पुस्तक लेख्दै हुनुहुन्छ |
उक्त कार्यक्रममा विभिन्न कवि तथा कवियित्रीहरुले आ-आफ्ना कविताहरु पाठ गर्नु भएको थियो |  कविता पाठ गर्नेहरुमा गोपाल रेग्मी, नारायण अधिकारी, सीता पाण्डे, रामप्रसाद खनाल, पुरुषोत्तम ढकाल, लोकनाथ तिवारी, रामचन्द्र भट्टराई र गोमा न्यौपाने थिए | साहित्यकार श्री होमनाथ सुबेदीद्वारा लिखित पुस्तक “काली गाज़ल” को पनि महामहिम डा. शंकर प्रसाद शर्माज्युले बिमोचन गर्नु भएको थियो |
साहित्यकार तथा विद्वान श्री एच. बि. भण्डारीले “Nepali Identify, Language and Literature: Bhanubhakta in Contemporary Nepali Diaspora” अन्तरगत अत्यन्त गहिरो सोध मुलक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो | अनेसास अध्यक्ष श्रीमति गीता खत्रीले यो पुरानो संस्थामा रहेर काम गरि सक्नु भएका सम्पूर्ण कवि तथा सबै सुभेक्छुक महानुभावहरुलाई शालिक निर्माणकोलागि एक जुट भएर लाग्नु पर्ने बताउनु भयो |उहाले अनेसास डी.सी. च्याप्टरमा रहेर काम गर्नु भएका सबै निबर्तमान पदाधिकारीहरुलाई राम्रो कामको लागि धन्यबाद दिनु भयो |पुरुषोत्तम ढकालले संचालन गर्नु भएको उक्त कार्यक्रममा श्रीमति गीता खत्रीले सभापतित्व गर्नु भएको थियो |


















No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक