20130320

अमेरिकाको बाल्टिमोर स्थित नेपाली संस्था बाना भित्रको बिबाद र यथार्थता, यसो भन्छन गौतम दाहाल, शतिश चापागाइ, प्रेमराजा महत र बिजय श्रेष्ठ


बानाका महासचिब प्रभु थापा र बिकसित घटनाक्रमका बारेमा बोल्दै प्रेमराजा महत यसो भन्छन बाल्टिमोर,अमेरिका मार्च २० । यहाँ रहेका नेपालीहरुको स्थानीय सामुदायिक संस्था बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका (बाना) को आन्तरिक विवादका कारण संगठनको भविष्यप्रति नै चिन्ता र गम्भीर
चासो देखिन थालेको छ । प्रत्येक दुई वर्षमा हुने साधारण सभाबाट मार्च महिनाभित्र नै नयाँ कार्य समितिलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने विद्यमान विधानमा प्रष्ट उल्लेख छ । विद्यमान विधानको धारा नौ को उपधारा एकमा प्रष्ट रुपमा उल्लेख छ कार्य समितिको कार्यकाल दुई वर्षका लागि हुनेछ र हरेक दुई वर्षको मार्च महिनामा कार्य समितिको कार्यकाल सकिनेछ । तर यस वर्ष मार्च २४ मा हुन लागेको निर्वाचन प्रक्रियाप्रति अध्यक्षका प्रत्यासीद्धय सतिश चापागाईं र गौतम दाहालले गम्भीर असहमति जनाउँदै आफूहरु प्रक्रिया सुधार नगरिएसम्म जारी प्रक्रियाबाट निर्वाचनमा जान नसक्ने भन्दै निर्वाचन समिति,बाना कार्य समिति र बाल्टिमोरमा रहेका अन्य संघ,संस्थालाई पनि लिखित जानकारी गराएपछि अब के गर्ने र यसको समाधान कसरी गर्ने भन्ने बारेमा विभिन्न चरणमा छलफल जारी रहेको छ । तर बाना कार्य समितिले आइतवार राती एक विज्ञप्ती जारी गरी निर्वाचन प्रक्रिया सुचारु जारी रहेको उल्लेख गरेको छ । जसले गर्दा उम्मेदवारका प्रतिष्पर्धीहरुले व्यक्त गरेको चासो र चिन्तालाई समेत बेवास्ता गर्दै बाना कार्य समिति एकोहोरो निर्वाचनका लागि मात्र अग्रसर भएको देखिएको छ । यसैबीच पछि थप गरेर सार्वजनिक गरिएका सदस्यहरुको नामावलीप्रति आपत्ति जनाउँदै अध्यक्षका प्रत्यासीद्धय सतिश चापागाईं र गौतम दाहालले गरेको दावी विरोध पनि आइतवार बसेको बाना कार्य समितिको बैठकको निर्णय भन्दै त्यस उपर कुनै दावी विरोध नलाग्ने भनि जवाफ दिइएको छ । जवाफमा उक्त सदस्यका नामहरु दर्ता हुँदा निर्वाचन समितिका प्रमुख पनि उपस्थित रहेको र ती सदस्यहरुको दर्ता समय सीमाभित्रै अर्थात् मार्च १३ तारिख राती ११.५० मा गरिएको जनाइएको छ । यस बारेमा निर्वाचन समितिका प्रमुखले केही प्रतिक्रिया जनाएका छैनन् । बाना कार्य समितिले मतदाताको अन्तिम सूची भनेर चारसय जनाको नाम सार्वजनिक गरेको छ । 
दुई वर्ष अगाडि एक हजार चार सयभन्दा बढी सदस्य रहेको बाना निर्वाचनमा के अहिले यिनै चारसयले मात्र मतदानमा भाग लिने हुन् त ? यति न्यून संख्याको सहभागिता र अन्य प्रत्यासीको असहमति र विवाद कायमै रहेकै अवस्थामा निर्वाचन कसरी होला त भन्ने आम चासो बानाका शुभेच्छुकहरुका बीच देखिएको छ । यसैबीच आइतवार स्थानीय विभिन्न संघ,संस्थाका प्रतिनिधिहरु,बानाका संस्थापक,आजीवन सदस्यहरु,पूर्व पदाधिकारीहरु र सक्रिय सदस्यहरुले एक छलफल गरी विवाद र अन्यौलको बीच निष्पक्ष निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन तत्कालका लागि स्थगन गरेर सहमतिको वातावरण निर्माण गर्न अग्रसर हुन बाना कार्य समितिलाई लिखित दवाब दिएका छन् । अहिलेको सदस्यता सम्बन्धी र अन्य आन्तरिक विवाद समाधान नगरी केवल निर्वाचन भन्दै एकोहोरो ढंगले अघि बढेमा कुनै निकास ननिस्कने भन्दै कतिपय आजीवन सदस्यहरुले यस्तो रबैयाको निर्वाचन आफूहरुले बहिष्कार गर्ने समेत चेतावनी दिएका छन् । उनीहरुले यस सम्बन्धमा लिखितरुपमा नै बाना कार्य समिति र निर्वाचन समितिलाई समेत जानकारी दिइसकेका छन् । यसरी निर्वाचन स्थगन गर्नका लागि आग्रह गर्नेहरुमा स्थानीय नेपाली जनसम्पर्क समिति,मेरिल्याण्ड च्याप्टर, कास्की समाज,पर्वत मोदी काली समाज, ग्रेटर वासिंगटन तमु समाज,नासो कम्युनिटी, ग्लोबल एजुकेशनल,कल्चरल एण्ड लिटररी सोसाइटी,गेल्सा, नेपाल अमेरिका पब्लिक अफेयर्स काउन्सिल लगायतका संघ,संस्था रहेका छन् । 
यता बानाका पूर्व अध्यक्ष रबिना थापाले सहमतिको वातावरण निर्माण गर्न आफूसहित संस्थापक अध्यक्ष मोहन थापा र पूर्व अध्यक्ष कृष घिमिरे प्रयासरत् रहेको जानकारी दिनुभएको छ । 

आइतवार आयोजित यस सम्बन्धी छलफलमा कसले के भने ? जस्ताको तस्तै :

अर्जुन हमाल (प्रतिनिधि,बाना वार्ता कमिटी एवं ग्लोबल एजुकेशनल,कल्चरल एण्ड लिटररी सोसाइटी,गेल्सा)
हाम्रो आग्रह छ,बानालाई चुनावी रस्साकस्सीबाट टाढा राखौं । यसका लागि हामीले विभिन्न चरणमा विभिन्न पक्षसँग वार्ता र छलफल पनि गर्यौं तर अहिलेसम्म पनि ठोस निकास निस्कन सकेको छैन । हामीहरु चुनावको नाममा चुनाव मात्र गरेर समाज विभक्त भएको देख्न चाहन्नौं । विवाद र असहमतिका बीच चुनावमा जाँदा त्यसले थप जटिलता निम्त्याउँछ । हामी नेपाली समाज अझ सशक्त र एकतावद्ध होस् भन्ने चाहन्छौं ।

तरुण पौडेल (वार्ता कमिटी प्रमुख)

हामी सबैले मिल्ने,मिलाउने प्रक्रियालाई नै जोड दिनुपर्छ र हामीहरु त्यसकै लागि प्रयासरत् छौं । हाम्रो प्रयास भनेको अध्यक्षका तीन प्रत्यासी मध्ये दुई जनाले चुनावको निष्पक्षता र पारदर्शीताको सवाल उठाउँदै यो अवस्थामा चुनावमा आफूहरु जान नसक्ने भनेर सार्वजनिक रुपमै जानकारी गराईसकेपछि यो विषयलाई वर्तमान कार्य समिति र निर्वाचन समितिले समयमा नै सम्बोधन गर्नुपर्छ भन्ने हो । हामी वार्ताका लागि जुटिरहेकाहरुको प्रस्ताव चुनाव नहोस् भन्ने नै हो । तर यसका लागि अर्को पक्ष (वर्तमान कार्य समिति) कति लचक हुन्छ भन्ने प्रष्ट छैन । यदि होइन चुनावमै जाने हो भने पनि पारदर्शी र निष्पक्षताको सुनिश्चितता हुनुपर्छ । जबसम्म निष्पक्ष र पारदर्शी चुनाव हुन सक्दैन तबसम्म निर्वाचन हुन सक्दैन । 

पारसमणी श्रेष्ठ (पूर्व उपाध्यक्ष बाना )
बाना सबैको साझा हो । यो सबैखाले विचारको संगम हो । बानामा बाँझो जग्गा धेरै छ,जसले पनि त्यसमा अन्न अनाज फैलाउनुपर्छ । अहिले मैले बुझेको समस्या भनेको वर्तमान नेतृत्व आफैं मात्र नेतृत्वमा बसिरहन चाहन्छ कि भन्ने नै हो । समाजका लागि सेवा गर्छु भन्ने चाहना राख्नेहरुलाई अवसर दिनुपर्छ । तर फलानो हुन्छ र फलानो हुन्न भन्नेतर्फ जाने हो भने त्यही कारणले समाजमा अर्को बाना पनि जन्मन सक्छ । यसतर्फ संस्थापन पक्षले ध्यान दिनु जरुरी छ । चुनाव जित्नका लागि पैसा हालेर सदस्य बनाउने खेल बन्द हुनुपर्छ । अहिलेको सदस्यता र नवीकरण शुल्क घटाउनुपर्छ । सबै अट्ने बाना बनाउनुपर्छ । अहिलेका प्रतिष्पर्धीहरु मध्येबाटै समाधान खोज्नुपर्छ । कहिल्यै पनि व्यक्ति विशेषका नाममा आपत्ति जनाउनु हुँदैन । 

डाक्टर भीम कट्टेल (बाना संस्थापक विधान निर्माण मध्ये एक)
बानामा सबै पक्षलाई एकै ठाउँमा ल्याउनुपर्छ । बानाले सबै नेपालीहरुलाई समेट्नु पर्छ । 

नारायण थापा(संयोजक,कास्की समाज एवं बाना संस्थापक आजीवन सदस्य)
अब अहिले यो अवस्था आइपुगेपछि बानालाई हामी समाजका प्रतिनिधिहरु कसैले पनि त्यत्तिकै छोड्न मिल्दैन | हामी सबै अब अघि सरेर बाना कसरी बचाउने भन्नेतिर लाग्नुपर्छ | अहिले मैदानमा रहेका कुनै पनि उम्मेदवारको संगठनको हितमा चासो देखिएन | मेरो विचारमा अहिलेको चुनाव स्थगित हुनुपर्छ | तीन उम्मेदवार मध्ये दुई जनाले प्रक्रियागत त्रुटी देखाई चुनावमा जान नसक्ने भनेपछि एकोहोरो चुनावले समस्याको समाधान दिंदैन | तीन महिनाका लागि भएपनि चुनाव स्थगित गरौँ र सहमति गरेर अघि बढौं | त्यसका लागि एक तदर्थ समिति गठन गरौँ र निर्वाचन समितिलाई सदस्यता बुझाऔं | यही नै अहिलेको विकल्प हो | बाना छाता संगठन भन्दा भन्दै छाताको करङ भाँचिईसकेको अवस्था छ | अब थप बिग्रन दिनुहुन्न | मैले पनि छ महिनादेखि मिलाउने प्रयास गरें तर सफल भईन र चुपचाप बसेको छु | मेरो विचारमा सबै पक्षबाट भए गरिएका गल्ती सच्याई एकै ठाउं बसेर जानुपर्छ | 

सुभाष घिमिरे,सभापति, नेपाली जनसम्पर्क समिति,मेरिल्याण्ड च्याप्टर 
सर्वप्रथम म स्पष्ट पार्न चाहन्छु जनसम्पर्क समितिले बाना जस्तो सामाजिक संगठनभित्र कुनै राजनीति गर्दैन र गरेको छैन | कांग्रेसमा आस्थावान साथीहरुलाई संगठनको काम खुला रुपमा गर्नका लागि जनसम्पर्क समिति छंदैछ | तर अहिले जे जति विवादहरु बाहिर आएका छन् त्यसका बारे हामी मौन पनि बस्न सक्दैनौं | हामी आग्रह गर्दछौं तत्कालका लागि मार्च २४ को निर्वाचन स्थगित हुनुपर्छ | कुनै व्यक्तिले कांग्रेसप्रति आस्था राखेकै आधारमा उनीहरुमाथि पूर्वाग्रह र आक्रोश पोखिन्छ भने त्यसका विरुद्ध जनसम्पर्क समिति सधैं प्रतिरक्षा गर्न उत्रनेछ | 
अहिले सामुदायिक एकतालाई दीर्घकालीन असर पार्ने गरी एकोहोरो चुनावमा जानुहुन्न भन्ने हाम्रो भनाइ हो | चुनाव स्थगित गरेर विधानमा भएका कमी कमजोरी संसोधन गरेर मात्र अघि बढ्नुपर्छ |
रबिना थापा,पूर्व अध्यक्ष 
अहिले बानामा को अध्यक्ष बन्ने भन्ने कारणले समस्या आयो । यसको समाधानका लागि पहल गर्न संस्थापक अध्यक्ष मोहन थापा र पूर्व अध्यक्ष कृष घिमिरे र मसहित तीन जना प्रयासरत् छौं । मेरो विचारमा अहिले चुनावमा उत्रिएकाहरु मध्ये कसैमा पनि बानाप्रति माया देखिएन । बानालाई बचाएर एकतामा लिएर जानुपर्छ । हामी सबैले स्वार्थभन्दा माथि उठेर समाजसेवा गर्नुपर्छ । नेतृत्वमा बसेकाहरु यसका लागि बढी जिम्मेवार हुनुपर्छ । म आफैं वर्तमान कार्य समितिमा सल्लाहकार छु तर यत्रो संकट आउँदा पनि हामीहरुलाई बानाको वर्तमान कार्य समितिले कुनै सल्लाह र सुझाव मागेको छैन । केही सोधेको पनि छैन । हामी सबै जिम्मेवार बनौं र बानाको हितका लागि सोचौं । 

कुलप्रसाद गुरुड  अध्यक्ष,ग्रेटर वासिंगटन तमु समाज 
सहमति नै सबै समस्याको समाधान हो । तसर्थ तत्काल चुनाव स्थगित हुनुपर्छ । निर्वाचन बदर गरेर सहमतिमा जानुपर्छ । यो नै अहिलेको एकमात्र विकल्प हो । अन्यथा जो सभापति भएपनि कसैले केही गर्न सक्दैन । चुनाव स्थगित गरेर विधानमा संशोधन गरेर मात्र चुनावमा जानुपर्छ । 

गोपाल विश्वकर्मा,उपाध्यक्ष,नासो कम्युनिटी 

बाना अहिले आफ्नो उद्देश्य अनुरुप अघि बढेन । अब राजनीतिरहित चुनावका लागि अहिलेको चुनाव बहिष्कार गर्नुपर्छ । यो पार्टीको संगठन हुनुहुँदैन । अहिलेको अवस्थामा चुनाव गर्नु गल्ती हो तसर्थ चुनाव हुनुहुन्न । बानामा सबै अटाउने वातावरण हुनुपर्छ । समाजको नेतृत्व गर्छु भन्नेहरुले चुनौतीको सामना पनि गर्न सक्नुपर्छ । अहिलेको अवस्थामा निष्पक्ष चुनाव हुने सम्भावना देखिएन । तसर्थ चुनाव सार्नुपर्छ । बाना नमुनाको रुपमा अघि बढोस्,यसभित्र सबै अटाउन् भन्ने हाम्रो चाहना हो । 
              

ध्रुव वन्त (आजीवन सदस्य)

समाजसेवा भन्ने कुरा पैसा हुनेले मात्र गर्नुपर्छ भन्ने छैन । तर अहिले त हजारौं डलर खर्च गर्नसक्ने मात्र बानाको अध्यक्ष हुने जस्तो देखियो । यो हुनुहुन्न,चुनाव हुनैपर्छ र सबैले भाग लिन पाउने वातावरण बनाउनुपर्छ । बाल्टिमोर र बाना भनेको सबैको साझा समाज हो । समाजसेवा भन्ने कुरा पनि दिलभित्रबाट आउनुपर्छ । 

मृगेन्द्र हुँमागाई,आजीवन सदस्य 
उम्मेदवार भएकाहरुले,समाजसेवा गर्छु भन्नेहरुले हाम्रा बालबच्चाको भविष्यका बारे पनि सोच्नुपर्छ । बाना भनेको नेपाली भाषा,साहित्य,संस्कृति र कला संरक्षण र प्रवर्द्धनका लागि स्थापना भएको हो । बाना हाम्रा बालबालिका र भावी सन्ततिका लागि आफ्नो भाषा,संस्कृति,साहित्य र कलाका बारे जानकारी गराउने माध्यम बन्नुपर्छ । यसको उद्देश्य पनि त्यही हो । अहिले त यो संस्था काँग्रेसको जनसम्पर्क समिति र एमालको युएनडिएफ बीचको शक्ति संघर्षको अखडा बन्यो । यदि यस्तो हो भने हामीले बाना बहिष्कार गर्नुपर्छ र अब हुने चुनावमा सहभागी हुनुहुन्न । 

सतिश चापागाईं, अध्यक्षका प्रत्यासी

चुनाव नहोस् भन्ने मेरो पनि चाहना हो र हामी सबै मिलेर जानुपर्छ । मलाई विश्वास छ मिलेर जानसक्ने सबै सम्भावनाका ढोकाहरु बन्द भईसकेका छैनन् । 

दिनेश गुरुड,डिजेडी (मानार्थ सदस्य)

सबै मिलेर जानु नै राम्रो हो । प्रजातान्त्रिक प्रक्रिया नै उचित हुन्छ नेतृत्व चयनका लागि । तर यति चाँहि प्रष्ट हो नेतृत्व गर्छु भनेकाहरुले बानालाई माया गरेको चाँहि देखिएन । 

सरोज पुरी,उपाध्यक्ष,पर्वत मोदी काली समाज

बानाको बारेमा बाहिर त्यति धेरै सकारात्मक धारणा मैले पाउन सकेको छैन । म बाल्टिमोर आसपासका क्षेत्रहरुमा छरिएर रहेका धेरै नेपालीहरुकोमा पुगें र म जहाँजहाँ पुगें,त्यहीं त्यहीं एउटै प्रश्न तेर्सिन्छ,बाना के हो र यसले के गर्छ,के गरेको छ भन्ने । तसर्थ अब हामी मिलेर केही गर्नुपर्छ भन्ने ठानेर नै म पनि कोषाध्यक्षको उम्मेदवार बनेर मैदानमा आएको छु । बानाले गर्नसक्ने कामहरु धेरै छन्, त्यसका लागि स्पष्ट दृष्टिकोण र प्रतिवद्धता भएको नेतृत्वको आवश्यकता पर्दछ । त्यसैले हामी मिलेर चुनावमा आएका हौं । तर जब एक पक्षले पेलेर चुनावमा जान खोज्छ भने हाम्रा लागि त्यस्तो चुनाव मान्य हुनेछैन । 

शारदा कट्टेल 

त्यही नै हो, म अघि पारसमणी श्रेष्ठले भन्नुभएका कुराहरुमा सहमति जनाउँछु । संस्थामा बसेर समाजसेवा गर्छु भन्नेहरु सबैलाई समान अवसर दिनुपर्छ ।

कृष्ण चुनारा 

म त बाल्टिमोरको नेपाली समुदाय र बानाका लागि नयाँ छु । मैले धेरै त केही बुझ्ने मौका पाएको छैन । बानाले के गर्यो र के गर्छ भन्ने नै मलाई प्रष्ट थाहा छैन । बानाले नेपालको हितका लागि के गरेको छ ? हामी सबै मिलेर मातृभूमि र कर्मभूमिका लागि काम गर्नुपर्छ । मेरो बुझाईमा निर्वाचन समिति गठन भईसकेपछि त मौजुदा कार्य समिति स्वतः भंग भएर निर्वाचन भरिका लागि तदर्थ समिति बन्नुपर्छ । 
अहिले यहाँ आएर जे जति बुझ्दैछु,यसले व्यक्ति विशेषलाई मात्र केन्द्रमा राखेर कुरा भईरहेको जस्तो लाग्यो । बाना जस्तो सामाजिक संघ,संस्थामा पार्टी विशेषको छायाँ पर्न दिनु भएन । यद्यपि राजनीतिमा म नेपाली काँग्रेसमा आवद्ध छु, तर सामाजिक सेवाको विषयमा कुरा गर्दा दलगत र पार्टीगत विचारभन्दा माथि उठ्नुपर्छ । बानाले व्यक्तिलाई केन्द्रमा राखेर सदस्यता बनाउने काम तत्काल बन्द गर्नुपर्छ । अहिलेको मेरो बुझाईमा सर्वसम्मत नेतृत्व चयन गर्न सके राम्रो हुन्छ,जसले विभाजन र गुटबन्दीलाई निस्तेज गर्छ । 

शिव पौडेल 
म आफू बाल्टिमोरको समुदायमा विल्कुलै नयाँ छु । तर यहाँ आएर बानाको बारे जे जति बुझें मलाई के सुझाव दिन मन लाग्यो भने नेपाली समुदायको हक हितमा क्रियाशील भएर बाना जस्तो सामुदायिक संस्थालाई राजनीतिबाट टाढा राखौं । मौजुदा अवस्थामा चुनावमा कसरी जाने भन्ने बारेमा चाँहि निकै जटिल स्थिति यहाँ मैले देखें ।  

दीपक घिमिरे, सक्रिय सदस्य बाना 

म निकै ढीलो यहाँ आईपुगें । मलाई लाग्छ अहिलेको समस्या भनेको वर्तमान अध्यक्ष विजय श्रेष्ठजी हो । उहाँ पछि हट्नासाथ सबै कुरा मिल्छ । बाना संगठन बचाउने हो भने विजयजी पछि हट्नुपर्छ । स्वविवेकले निर्णय गर्न सक्ने उम्मेदवारले मात्र बानाको नेतृत्व गर्न सक्छ । यसो भन्दा यहाँ गौतमजीको कमजोरी छैन भन्न मिल्दैन । निर्वाचित महासचिव भएर पनि काम नगरेको,सन् २०११ को निर्वाचनमा अध्यक्षमा  पराजित भएपछि पनि बानाका लागि कुनै सहयोगी भएर काम नगरेको जस्ता कमजोरी उहाँका पनि छन् । तर म सच्चिएर अघि बढ्छु भन्ने हो भने सक्षम मान्छेले अवसर पाउनुपर्छ ।


विषय : वाना निर्वाचन (२०१३/२०१५) सम्बन्धि वानाकार्य समितिको अत्यन्त जरुरी सूचना 


वाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका (वाना) को नँया नेतृत्व चयन (२०१३/२०१५) को लागि मिति जनवरी , २०१३ (पौष २२, २०६९) मा भएको विस्तारीत वैठ्कले सल्लाहकार श्री आनन्दकृष्ण घिमिरेको संयोजकत्वमा गठित निर्वाचन समितिले वानाको विधान अनुसार निर्वाचनको कार्यक्रमहरु अगाडि प्रकाशित गरी रहेको परिप्रेक्षमा निर्वाचनको लागि विभिन्न पदहरुमा उमेदवारी दर्तागरी चुनावी प्रकृयामा उमेदवारहरु अगाडी बडिरहेका छन् १५ सदस्यीय कार्यकायणी समितिमा सतिस चापागाई, गौतम दाहाल विजय श्रेष्ठले अध्यक्ष पदमा उमेदवारी दिनुभएको उपाध्यक्षमा हिकमत मणि श्रेष्ठ सूचना निर्देशकमा शालिक प्रसाद शर्मा (वाग्लेनिर्विरोध निर्वाचित भईसक्नु भएको निर्वाचनको कार्यक्रमहरु यसरी अगाडी बडिरहेको समयमा वानाको विधानअनुसार मतदानमा सहभागी हुनको लागी निर्वाचन हुनुभन्दा दश दिन अगाडि आफनो सदस्यता दर्ता तथा नविकरण गरीसक्नु पर्दछ मार्च २४ गने आइतवारको दिन निर्वाचन गरीने भएपछि मार्च १३ को राती ११:५९ सम्म कानुनी रुपमा सदस्यता दर्ता नवीकरण हुनुपर्नेमा करीव ११:१५ तिर अध्यक्षका तीनै जना प्रत्यासी अन्य उमेदवारहरु समेत वानाको कार्यलयमा बसि सहमति गर्ने भनेर छलफल शुरु भयो, यसरी छलफल गर्ने क्रममा वाना कार्य समितिका पदाधिकारीहरुले आज सदस्यता नविकरण अन्तिम दिन भएकोले समय सकिनु भन्दा अगाडि नै सबै सदस्यहरुको दर्ता नविकरण गरौ, छलफल सहमतिको लागि अझै मार्च १७ तारिक सम्म समय रहेकोले हामी सहमति होस् भन्ने चाहन्र्छौं सचिव पदका प्रत्याशी उमेदवार मोहन पन्तले १९५ जनाको सदस्यता दर्ता राती ११:५० मा गराउनु भयो उमेदवारहरु छलफलमा व्यस्त भएपछि राति १:४५ बजे अध्यक्षका उमेदवार सतिश चापागाई गौतम दाहाल हामी सदस्यता बुझाउदैनौ भन्दै कार्यलय रहेको घरबाट बाहिरिनु भयो अध्यक्षका उमेदवार दाहल निर्वाचन प्रकृयालाई अगाडी बढ्न नदिनको लागी विभिन्न वाहना बनाउदै हुनुहुन्छ, कहिले कार्यलयका कुरा कहिले वर्तमान अध्यक्षले राजिनामा गरेर निर्वाचनमा आउने कुरा कहिले आफनै आँखा अगाडी निर्वाचन आयुत्त निर्वाचन कमिटिका सदस्य समाजका वरिष्ट व्यक्तिहरुको उपस्थितिमा राती ११:५० मा १९५ जनाको सदस्यता फाराम दर्ता भएकोलाई समेत गलत व्याख्या गरेर समयमा सदस्यता दार्ता नगरेको कारणले गर्दा विधान अनुसार तपाई सम्पूर्ण मेरील्याण्डवासी नेपालीहरुलाई मतदानमा सहभागी गराउन सकिएन, यसमा हामीलाई दुःख लागेको यसै गरी वानाको विधान सम्वत तरीकाले निर्वाचनका कार्यक्रमहरु अगाडी बडिरहेको सम्वन्धमा विभिन्न खालका भ्रमित कुराहरु प्रचारमा ल्याउने समाजलाई वदनाम गराउने कार्यको वाना कार्य समिति (२०११/२०१३) घोर आपती तथा भत्र्सना गर्दछ हामी सम्पूर्ण मेरील्याण्वासी दाजुभाई दिदीवहिनीहरु, नेपाली दुतावास, महावाणिज्य दुतावास सम्पूर्ण मेरील्याणका नेपाली संध संस्थाहरुमा वाना निर्वाचन सम्बन्धि सम्पूर्ण कार्यक्रमहरु  हालसम्म वानाको विधान अनुसार गरीएकोले कुनै पनि भ्रमित प्रचारका पछाडी नलागी आगामी मार्च २४ मा हुने वानाकार्य समिति (२०१३/२०१५) को निर्वाचनमा सहभागी हुन विनम्र अनुरोध गर्दछौ

           

 उपाध्यक्ष                               

 ओम बहादुर तुलाचन                                                                                                                     
 प्रभु राम थापा  -  महासचिव
The upcoming election of Baltimore Association of Nepalese in America (BANA) for the year (2013-2015) will take place in the following date and time:

Venue: Oregon Ridge Park
13401 Beaver Dam Road, Cockeysville, MD, 21030

Phone: 4108841818
Date: March 24, Sunday, 2013
Time: 8:00 AM - 5:00 PM

https://mail-attachment.googleusercontent.com/attachment/u/0/?ui=2&ik=039196dc56&view=att&th=13d8635a8fc58d3d&attid=0.1&disp=inline&safe=1&zw&saduie=AG9B_P9SVFPQlVzpDMDz_wd4FQdO&sadet=1363794828745&sads=NZS2cPYtu2P2NUooN6GV-a5w3C8&sadssc=1 
बाल्टिमोरमा रहेका नेपालीहरुको सामुदायिक संस्था बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका (बाना) को नयाँ नेतृत्व चयन सम्बन्धी मिति नजिकिदै जाँदा आन्तरिक मतभेद पनि चुलिदैं गएको छ । अध्यक्षका प्रत्यासी मध्ये गौतम दाहाल र सतिश चापागाईंले बानाको वर्तमान नेतृत्वले निष्पक्ष निर्वाचनका लागि वातावरण सुनिश्चित नगरेको कारण देखाई सदस्यता नै नबुझाई निर्वाचन प्रक्रियाको निष्पक्षताको सुनिश्चितता गर्नुपर्ने भन्दै बाल्टिमोरका सबै स्थानीय संघ,संस्था र बाना निर्वाचन समितिलाई एक पत्र लेखेर जानकारी गराएपछि अहिले निर्वाचन प्रक्रिया नै अन्यौलमा परेको छ । यस्तो पत्रको बोधार्थ अमेरिकास्थित नेपाली राजदूतावास र वाणिज्यदूत प्रेमराजा महतलाई पनि इमेलमार्फत् प्रेषित गरिएको छ । वर्तमान नेतृत्व पक्षले आफूहरु विरुद्ध उठेको यो आवाजलाई नजरअन्दाज गर्दै एकोहोरो ढंगबाट मात्र अघि बढ्छ कि अध्यक्षका दुई प्रत्यासीले उठाएका विषयहरुलाई सम्बोधन गरेर अघि बढ्छ भन्ने अहिलेसम्म केही प्रष्ट छैन । यसैबीच बाना कार्य समितिको तर्फबाट थप गरी सार्वजनिक गरिएको सदस्यहरुको विवरणप्रति पनि दाहाल र चापागाईंले लिखितरुपमा दावी विरोध प्रस्तुत गरेका छन् । जसले गर्दा यही मार्च २४ तारिख हुन लागेको साधारण सभा र निर्वाचन प्रक्रिया नै के होला भन्ने अन्यौलको स्थिति उत्पन्न भएको छ । 
दाहाल र चापागाईंले लेखेको पत्रको पूर्ण विवरण जस्ताको तस्तै 
मिति: मार्च १५,२०१३
श्रीमान् प्रमुखज्यू,
निर्वाचन समिति,बाना निर्वाचन २०१३ 
विषय : जानकारी सम्बन्धमा ।
हामीहरु बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका (बाना) को नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी भएको यहाँलाई अवगतै छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन प्रक्रियामा सहभागी भई हामीले नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयन दाखिला समेत गरिसकेका छौं । वर्तमान बाना कार्य समितिले सार्वजनिक गरेको सदस्यता नवीकरण र नयाँ सदस्यता सम्बन्धी पूर्व प्रकाशित सूचना अनुसार निर्वाचन हुनु दश दिन अघिसम्म सदस्यता लिईसकेका सदस्यले मात्र मतदान प्रक्रियामा भाग लिन पाउने विद्यमान विधानको व्यवस्था बमोजिम मार्च १३ तारिखसम्म सदस्यता वितरण गर्ने अन्तिम मिति तय गरेको थियो । तर वर्तमान कार्य समितिका अध्यक्ष विजय श्रेष्ठ आफैं अध्यक्षको प्रत्यासी भईसकेपछि निर्वाचनमा प्रक्रियामा प्रत्यक्ष संलग्न नहुन हामीले उहाँलाई आग्रह गरेका थियौं । अध्यक्षको प्रत्यासीको प्रतिष्पर्धी भईसकेको अवस्थामा उहाँले निर्वाचन सम्बन्धी प्रक्रियालाई सहयोग गर्नका लागि हामी समान हैसियतमा रही निर्वाचनलाई पारदर्शी र निष्पक्ष ढंगबाट सम्पन्न गर्न उपाध्यक्ष ओम तुलाचनलाई लिखितरुपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर सहयोग गर्न र आफैं सदस्य बुझ्ने तथा अन्य गतिविधिमा संलग्न नहुन उहाँलाई आग्रह गरिएको यहाँलाई पनि अवगतै छ । 
मार्च १३ तारिख राती करीब ११.३० बजेको समयमा तपाई स्वयं सहभागी हुनुभएको अध्यक्ष विजय श्रेष्ठको निजी निवासमा भएको सदस्यता सम्बन्धी छलफलमा हामी अध्यक्षका उम्मेदवारद्धयको तर्फबाट राखिएको प्रस्ताव एकपटक यहाँ पुनः स्मरण गराउन चाहन्छौं । 
१. अध्यक्षको प्रत्यासीको रुपमा उम्मेदवारी मनोनयन गरिसकेपछि वर्तमान अध्यक्ष विजय श्रेष्ठले नैतिकरुपमा निर्वाचनलाई प्रत्यक्ष प्रभावित पार्ने गरी जिम्मेवारी बहन गरिरहनु उचित हुँदैन भन्ने सर्वव्यापी सामान्य प्राकृतिक सिद्धान्त हो । हामीले पनि यसै मान्यता अनुरुप अध्यक्ष श्रेष्ठलाई उपाध्यक्ष ओम तुलाचनलाई लिखितरुपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिन आग्रह गरेका थियौं । तर यसबारेमा अध्यक्ष श्रेष्ठले सकारात्मक जवाफ दिएतापनि लिखित जिम्मेवारी दिनु भएन । उहाँको यी र यस्तै गतिविधिले अध्यक्षका प्रत्यासी मध्येका एक उहाँलाई विशेष सहुलियत प्राप्त हुने र आसन्न निर्वाचन परिणामलाई उहाँको संलग्नताले प्रत्यक्ष प्रभाव पार्ने कुत्सित नियत रहेको अर्थमा बुझ्यौं । 
२. निष्पक्ष र पारदर्शी ढंगले सदस्यता नवीकरण र नयाँ सदस्य दर्ताका लागि हामीले वर्तमान कार्य समितिका सदस्यता निर्देशक,निर्वाचन समितिका एक सदस्य र हामी अध्यक्षका उम्मेदवारद्धयका तर्फबाट समेत एक प्रतिनिधि सहित तीन सदस्यीय समिति गठन गरी जिम्मेवारी दिनका लागि गरेको प्रस्ताव र आग्रहलाई पनि अध्यक्ष विजय श्रेष्ठले बेवास्ता गरेपछि स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन नसक्ने ठहर गरी हामीले संकलन गरेका सदस्यहरुको विवरण नबुझाई फर्केको पनि प्रष्ट पार्न चाहन्छौं । 
उहाँले सहमति र विश्वासको वातावरण तयार नगरेपछि निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने आशयले निर्वाचनका लागि आफैं मतदाता संकलन र दर्ता गर्ने र आफ्नो अनुकूल संख्या थपघट गर्नसक्ने स्थिति देखियो । जसले गर्दा हामीले उहाँलाई सदस्यता फाराम बुझाउन सकेनौं । 
३. बिहान दश बजेदेखि सदस्यता फाराम बुझ्नका लागि आफुहरु बसेको तर राती करीब ११.४५ सम्म एक जनाले पनि सदस्यता नबुझाएको भन्दै वर्तमान कार्य समितिका आइ टी डाइरेक्टर महेश केसीले छलफलमा जानकारी दिएको र वर्तमान विधानमा उल्लेख भए बमोजिमको समय गुज्रिसकेपछि रातको करीब १२.०५ को समयसम्म पनि कसैले सदस्यता दर्ता नगराएको उपाध्यक्ष ओम तुलाचनले पनि छलफलमा जानकारी गराएको यहाँलाई पनि अवगतै होला । आफ्नै घरमा संकलन गरेर राखिएका सदस्यता फारामहरु दिनभर र राती १२.०० बजेसम्म पनि दर्ता नगर्नुको सोझो बुझाई भनेको निर्वाचन परिणामलाई निष्पक्ष र पारदर्शी हुन नदिने कुटिल चाल नै हो । हामीले सदस्यता दर्ता गरिसकेपछि मात्र हामीले बुझाएको त्यही सदस्यहरुको संख्याको आधारमा रातारात आफ्ना बढी सदस्यहरु दर्ता गर्ने र निर्वाचन आफ्नो अनुकूल बनाउने कुत्सित नियतमा अध्यक्षका प्रत्यासीको रुपमा उहाँको भूमिका रहने  हामीले देख्यौं र सदस्यता बुझाउने औचित्य देखेनौं । पारदर्शी र निष्पक्षताको सुनिश्चितता नदेखिएको हुुनाले हामीले सदस्यता नबुझाएका हौं ।  यो प्रक्रियामा वर्तमान कार्य समितिका अध्यक्ष विजय श्रेष्ठ, जो आफैं पुनः निर्वाचनको प्रक्रियामा सहभागी हुनुहुन्छ, ले आफ्नो प्रत्यक्ष संलग्नता खोज्नु भनेको सिधा अर्थमा निर्वाचन र सदस्यता वितरण प्रक्रियामा आफ्नो अनुकूल निर्णय गर्न खोज्नु हो,जुन हाम्रा लागि मान्य छैन,हुने छैन । तसर्थ यसलाई हामीले विश्वासको वातावरण तयार गर्न नचाहेको अर्थमा बुझेका छौं । निर्वाचनलाई सुनियोजित ढंगले चुनाव परिणाम आफ्नो पक्षमा पार्न मात्र अग्रसर भएको अर्थमा बुझ्यौं । अध्यक्ष श्रेष्ठको संलग्नतामा पारदर्शी र निष्पक्ष निर्वाचन हुन नसक्ने हाम्रो ठहर हो । 
तसर्थ समाजको बृहत्तर हित र एकतामा आँच नपुग्ने गरी हाम्रो चिन्ता र चासोलाई समेत सम्बोधन हुने गरी मात्र निर्वाचन प्रक्रियाका बाँकी कार्यहरु अघि बढाई समाजमा अनुकरणीय कार्य गर्न अग्रसर हुन हामी तपाईंमार्फत् निर्वाचन समितिलाई आग्रह गर्दछौं । 
हामी सबैको चाहना निर्वाचनको रस्साकस्सी र प्रत्यक्ष राजनीतिक गतिविधिबाट समाजलाई मुक्त गराऔं भन्ने नै हो । तर यही प्रक्रियाबाट मात्र एकोहोरो अघि बढ्दा एकतर्फी र मनोमानी ढंगको चुनावका लागि चुनाव मात्र हुने स्थिति देखियो,जुन हाम्रो उद्देश्य होइन । आज समाजको बृहत्तर हित र एकताका लागि हामी सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ । हामी सामुदायिक एकता र नेपाली समाजको सुदृढिकरणका लागि आम बाल्टिमोरवासी जनताको भावनाको उच्च सम्मान गर्दै अघि बढ्न सदा प्रतिवद्ध छौं । निष्पक्ष निर्वाचनको सुनिश्चितता र सबै पक्षको भावनालाई सम्बोधन हुने गरी निर्वाचन प्रक्रिया अघि बढ्नुपर्छ । हाम्रो ठहर हो, विश्वासको संकट पैदा भएको छ । जब विश्वासको संकट पैदा भईसकेको छ भने वर्तमान अध्यक्ष प्रत्यक्ष संलग्न प्रक्रियाबाट निष्पक्ष र पारदर्शी ढंगबाट कुनै काम हुन सक्दैन । 
यस्तो स्थितिमा हामी आग्रह गर्दछौं, समाजको बृहत्तर हित र एकता अनि भाइचारा सम्बन्ध कायम राखिराख्न संकटको यो स्थितिबाट सम्मानजनक समाधानको उचित वातावरण निर्माण गरी नयाँ नेतृत्व छान्ने प्रक्रियामा निर्वाचन समितिले महत्वपूर्ण भूमिका निर्वाह गरोस् । हाम्रा भावनाहरुलाई पनि उचित ढंगबाट सम्बोधन गर्ने गरी हामीलाई पनि यो प्रक्रियामा सहभागी बनाईदिने वातावरण तयार गर्नका लागि निर्वाचन समितिले आवश्यक सहयोग गर्नेछ भन्ने विश्वास लिएका छौं । 
                          भवदीय

  गौतम दाहाल                                            सतिश चापागाईं
अध्यक्षका प्रत्यासी                                        अध्यक्षका प्रत्यासी
लगायत अन्य उम्मेदवारहरु
बोधार्थः
१. श्री विजय श्रेष्ठ 
अध्यक्ष तथा बाना कार्य समिति
२. श्री मोहन थापा,संस्थापक अध्यक्ष बाना
३. श्री कृष घिमिरे,पूर्व अध्यक्ष,बाना
४. श्रीमती रबिना थापा,पूर्व अध्यक्ष, बाना
५. सभापति,नेपाली जनसम्पर्क समिति,मेरिल्याण्ड च्याप्टर
६. अध्यक्ष,कास्की समाज,बाल्टिमोर
७. अध्यक्ष,म्याग्दी समाज,बाल्टिमोर
८. अध्यक्ष,पर्वत मोदी काली समाज,बाल्टिमोर
९. अध्यक्ष,नासो कम्युनिटी
१०. अध्यक्ष,ग्रेटर वासिंगटन तमु समाज
११ . अध्यक्ष,मगर समाज बाल्टिमोर
१२. अध्यक्ष,नेवा अर्गनाईजेशन अफ अमेरिका
१३. अध्यक्ष,पास पुचःअमेरिका
१४. अध्यक्ष,ग्लोबल एजुकेशनल,कल्चरल एण्ड लिटररी सोसाइटी,गेल्सा
१५.अध्यक्ष,नापाक
१६. अध्यक्ष,आइएलएनएस मेरिल्याण्ड 
१७. अध्यक्ष,ह्युरन अमेरिका
१८. अध्यक्ष,तनहुँ अमेरिका सोसाइटी
१९. अध्यक्ष, भूतपूर्व गोरखा सैनिक संघ
२०. अध्यक्ष,बाल्टिमोर एथलेटिक्स टीम
२१. अध्यक्ष,नेपलिज बाप्टिष्ट चर्च
२२. अध्यक्ष,युएनडिएफ बाल्टिमोर ।
२३. महामहिम राजदूत, नेपाली राजदूतावास,वासिंगटन डिसी
२४. श्री प्रेमराजा महत (वाणिज्यदूत)
२५. अध्यक्ष,नेपाल एशोसियसन फर ग्लोबल को अपरेशन एनएजीसी मेरिल्याण्ड

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक