एकतिहाइ सदस्य बराबर स्थायी समिति हुने व्यवस्था छ । महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल, उपाध्यक्षमा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तथा महासचिवमा पोष्टबहादुर बोगटीलाई चयन गरेको थियो । केन्द्रीय समितिअघि पार्टीको पदाधिकारी बैठक बसेको थियो । पदािधकारी बैठकले तयार पारेको केन्द्रीय सदस्यको सूचीलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको स्रोतले जनाएको छ ।
महाधिवेशन आयोजक समितिमा रहेका अधिकांश सदस्य केन्द्रीय सदस्यमा परेको स्रोतले जनाएको छ । गत माघ अन्तिम साता हेटौंडामा सम्पन्न सातौँ महाधिवेशनले दुई अंकभन्दा नबढाएर केन्द्रीय समिति बनाउन म्यान्डेट दिएको थियो । महाधिवेशन आयोजक समितिले भने १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरेको थियो । तीमध्ये ९८ जना महाधिवेशनबाटै चुनिएका थिए भने बाँकी ५३ जना केन्द्रीय समिति बैठकले मनोनीत गर्ने निर्णय महाधिवेशनले गरेको थियो । संविधानसभाको निर्वाचनलाई केन्द्रमा राखेर समावेशी, वरिष्ठ र फिल्डमा काम गरेका नेताहरूलाई ल्याउँदा ठूलो केन्द्रीय समिति बनाउनुपरेको एमाओवादीले जनाएको छ । आगामी १७ चैतमा बस्ने बैठकले पदाधिकारी चयन, राज्य समिति इन्चार्जसहित केन्द्रीय सदस्यहरूको अन्तिम नामावली सार्वजनिक गर्ने एमाओवादीले जनाएको छ । ‘आवश्यक गृहकार्य गरेर पदाधिकारी, केन्द्रीय सदस्य थप गर्नेलगायत विषय टुंग्याइनेछ,’ प्रवक्ता अग्नि सापकोटाले भने । महाधिवेशनले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि आवश्यकताअनुसार वैकल्पिक सदस्य राख्न सकिने विधानमा व्यवस्था गरिएकाले त्यसैअनुसार २ सय ४८ वैकल्पिक सदस्यको व्यवस्था गरिएको प्रवक्ता सापकोटा बताए ।
299 haina 399 ho????
ReplyDelete