20130303

सर्वोच्चको फैसला अघि नै प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको सपथ खुवाउने तयारीमा लागे चार दल !

प्रचन्ड र बाबुरामको माकुरे जालमा नराम्ररी फसे प्रधान न्यायाधीस पनि, काङ्रेस एमाले सहित सबै शती जाँदै !
प्रमुख चार दलहरु सर्वोच्च अदालतको फैसला आउनुअघि नै सरकार गठन गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार दलका शीर्ष नेताहरु सहभागि बैठकले २२ गतेसम्म सम्पुर्ण विबादित विषयमा सहमती गरेर नयाँ सरकार गठन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागि तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले दलहरुबीच प्याकेजमा सहमती भएको २४ घण्टाभित्रै नयाँ प्रधानमन्त्रीलाई सपथ गराउने सहमती भएको जानकारी गराए । दलहरुबीच नागरिकता, मतदाता नामावली, समायोजन रोजेका लडाकुको दर्जा निर्धारण लगायतका विषयमा मतभेद कायमै छ । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रीटको
अन्तिम सुनुवाई आउँदो २४ गते हुदैछ । तर दलहरु भने सर्वोच्च  फैसला अघि नै प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको सपथ खुवाउने तयारीमा लागेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक