20130304

जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तिमा १५ जनाको मृत्यु

- टेकनारायण भट्टराई/नागरिक
मोवाइल मुखमा घ)b्धारमा खटिएका प्रहरी । पाल्पा, फागुन २१- सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको आर्यभञ्ज्याङ-राम्दी सडक खण्डमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ। पाल्पा खानीछाप-७ आमडाँडाबाट बेहुली लिएर पाल्पा चिदीपाननी गाविस बुढीकोट फर्केको लु १ ख २७९५ नम्बरको जन्तीबस चिदीपानी-२ धैरेनीमा आइतबार राति करिव साढे ९ बजे दुर्घटना भएको हो।रातीको दुर्घटना भएकोले शव खोज्न कठिनाइ हुँदा संख्या अझ बढ्न सक्ने
प्रहरी भनाई छ।
मृत्यु हुने सबै दुलाहाको गाउँको
जिल्ला सदरमुकाम तानसेनदेखि झन्डै २२ किलो मिटर टाढा भएको उक्त दुर्घटनामा १२ जनाको घटनास्थलमै र तीनजनाको प्रभासस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। घाइतेमध्ये १६ जनाको प्रभास मेडिकल कलेजमा र ९ जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ। दुर्घटनामा मर्नेमा सबै दुलाहाको गाउँ चिदीपानी-७ का हुन्। बसको प्लेट ।
दुर्घटनामा परी घटनास्थलमै मृत्यु हुनेहरु
चिदीपानी-७ का १७ वर्षीय केशवकुमार बिरकट्टा,
२५ वर्षीय योगेन्द्र चति,
२५ वर्षीया केशरी पुन,
५ वर्षीय विष्णुबहादुर चति,
१८ वर्षीय नविन सूर्यवंशी,
३० वर्षीया लुलिसरा सारु,
२६ वर्षीय रमेश विक,
६० वर्षीय वेदबहादुर बिरकट्टा,
७ वर्षीय कमल जर्घा,
२८ वर्षीय लोकबहादुर सारु,
६ वर्षीया नविना सूर्यवंशी
पाल्पा हुमिनका ३० वर्षीय मिलन विक (चालक)
उपचारका क्रममा मृत्यु हुनेहरु
चिदीपानी-७ का २८ वर्षीय सुरज न्यौपाने,
६५ वर्षीय अमरबहादुर दर्घा
२५ वर्षीया रमादेवी सारु
चालक रक्सीले मातेका थिए
राम्दीमा जन्ती कुरेर बस्दा चालक मिलन विकले होटलमा छिरेर रक्सी सेवन गरेका थिए । मातेका चालक र सहयोगी सहित ४५ जना जन्ती सवार बस अघि बढ्यो। ‘बस ठाउँठाउँमा ढलपलाएको थियो ।' मिसन अस्पतालमा भर्ना भएका घाइते विशाल सारुले राति २ बजे नागरिकसंग कुरा गर्दै भने ‘चारजना हामी बसको छतमा थियौं, देब्रे साइड छाडेर दाहिने तर्फ (रङ साइड) को प्याराफिटमा बस ठोक्कियो ।' बस अनियन्त्रित हुँदै छेउका तीनचारवटा प्याराफिट भत्काउँदै अन्ततः सडकबाट तीनसय मिटर तल खस्यो ।
मृतक महिलाको आडैमा रहेको झोला
मृतक महिलाको आडैमा रहेको झोला
भीरमा अड्केकी बेहुलीले कान्छा भन्दै बेहुलालाई चिच्याइन्
बस दुई बल्ड्याङ खाएपछि झ्याल फुटेर बेहुली उछिट्टिइन् । बेहुला भित्रै रहे । ‘बस खस्नै लाग्दा मलाई वहाँ (बेहुला)ले अंगालो हालेर समात्नु भो, हामी चिच्यायौं ।' मिसन अस्पतालको १२६ नम्बर बेडमा भर्ना भएकी बेहुली बिष्णु चर्तीले भनिन् ‘म भिरमा अड्केपछि मैले कान्छा भन्दै बोलाएँ, वहाँले तलबाट बिष्णु भन्दै चिच्याउँदै आउनुभयो ।' दुबैजना भीरमै भेटेर अंगालो हालेर रोए।
‘मैले जेठान (बिष्णुका दाइ रुपबहादुर हिस्की)लाई फोन गरेँ र गाडी दुर्घटनामा पर्‍यो, छिट्टै आउनु भनेँ ।' मिसनमै ४१६ नम्बर वेडमा भर्ना भएका बेहुला रोशन चर्तीले भने ‘म हिँडेरै बाटोमा निस्केँ उनलाई बोकेर माथि ल्याइयो ।' स्थानीय र प्रहरीले घाइते बेहुलाबेहुलीलाई एकै गाडीमा चढाएर मिसन अस्पताल पठाए।
कक्षा ८ पढ्ने १७ वर्षीया विष्णुले भारतमा नोकरी गर्ने रोशनसँग प्रेम बसेपछि एक महिना पहिले माघ २० गते भागेर बिहे गरेकी थिइन्। ठ्याक्कै एक महिनापछि फागुन २० गते मगरी संस्कार अनुसार ‘ढोगभेट फर्काएर' घर आउँदा दुर्घटना भयो।
बेहुली बिष्णुका हातका सबै चुरा फुटेका थिए । रातो चुराले रंगिएका हात दुर्घटना पछि अस्पतालमा सेता पट्टीले घेरिए । सिंदुर हुनुपर्ने निधार रक्ताम्य बन्यो । कोरीबाटी गरेको केश भताभुंग थियो । कपालको डोरी फुस्किएर विस्तरामा छरपष्ट थियो । अर्कोतर्फ औंठी लगाएका बेहुलाको हातका औंला दुर्घटनामा भाँचिएपछि सेतो व्याण्डेज बाँधिएको थियो । दुबै खतरामुक्त रहेका मिसन अस्पतालले जनाएको छ ।



मुखले ‘मोबाइल लाइट' टोकेर प्रहरीले मध्यरातसम्म उद्दार गरे
रुखका हाँगा नसमाई अडिन नसकिने डरलाग्दो भीरमा संघर्ष गर्दै प्रहरी जवानहरुले चार घण्टा लगाएर घाइतेको उद्दार गरे । अप्ठ्यारो भीरमा रातभर जुनकीरी जस्तो मात्रै उज्यालो भएको मोबाइल लाइट मुखमा टोकेर घाइते बोक्दै माथि निकाल्दै गरेका थकित प्रहरी जवानहरुलाई स्थानीयले ग्लुकोज पानी दिएका थिए । उनीहरुसँग चहकिलो लाइट थिएन । कतिपयले स्थानीयको लाइट मागेर चलाए ।
फुर्तिलो जिउ भएका जवानहरुलाई मोटो जिउ भएका इन्स्पेक्टर र असइले माथिबाट आदेश दिन्थे । पसिना काढ्दै रक्ताम्य जिउ बनाएर जवानहरुले घाइते ओसारे। साढे नौ बजे भएको दुर्घटनामा उद्दारका लागि नेपाली सेनाको टोली भने राति १ बजे मात्रै पुग्यो । घाइते सबैलाई प्रहरी र स्थानीयले निकाले भने शव निकाल्न आज बिहानसम्म नेपाली सेना खटिए ।
दाइजोको सोफा ।
दाइजोको सोफा
यही ठाउँमा ३४ जनाको ज्यान गएको थियो
आइतबार दुर्घटना भएकै ठाउँमा करिब पाँच बर्ष पहिले भएको बस दुर्घटनामा ३४ जनाको मृत्यु भएको थियो । दुई बर्ष पहिले पनि ट्रक खस्दा दुईजनाको मृत्यु भएको स्थानीयले बताए ।
जुत्ता ।

घाइतेको उद्दार गर्दै प्रहरी ।
घाइतेको उद्धार गर्दै प्रहरी
घटनास्थलमा दाइजोका भाँडा ।
घटनास्थलमा दाइजोका भाँडा
उद्दारमा प्रहरी ।
उद्धारमा प्रहरी।

अस्पतालमा बेहुली ।
अस्पतालमा बेहुली।
अस्पतालमा बेहुला ।
अस्पतालमा बेहुला। सबै तस्बिरहरुः टेकनारायण भट्टराई

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक