20130304

पूर्व युबराज पारसको आजको अवस्था यस्तो छ

 ‘आज बिहान देखि पारसले बोल्न र आफै पानी पिउन थालेपनि नशा र दिमागका बारेमा एम रआई पश्चात मात्र भन्न सकिन्छ ।’ : अस्पताल
 पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्थामा दिनानुदिन सुधार हुँदै गएको छ । हृदयघातका कारण दुई साता देखि थाईलैण्डको समितिभेज अस्पतालमा उपचाररत शाह आज बिहान देखि बोल्न थालेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीका अनुसार आज बिहान देखि पारसले आफैले पानी समेत खान सुरु गरेका छन् । अस्पतालमा भर्ना भएदेखि नै भेन्टिलेटरमा राखिएका उनलाई हिजोबाट भेन्टिलेटरबाट हटाईएको विज्ञप्ती मार्फत जनाइएको छ । अस्पतालद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘आज बिहान देखि पारसले बोल्न र आफै पानी पिउन थालेपनि नशा र दिमागका बारेमा एआरआई पश्चात मात्र भन्न सकिन्छ ।’ उनलाई फिजियोथेरापी गर्नुपर्ने अस्पतालले जनाएको छ । अचेत अवस्थामा रहेका पारसको दुई दिन अघि मात्र होस खुलेको थियो । पारसको स्वास्थ्य अवस्था गंभिर हुँदै गएको समाचार आउन थालेपछि केही दिन अघि उनको सपरिवार थाईलैण्ड गएको थियो । अहिले पारसका परिवारका सबै सदस्यहरु थाईलैण्डमै छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक