20130331

राप्रपा नेपालका अध्यक्ष कमल थापाले असारमा चुनाव नभए मंसिरमा हुने सम्भावना नरहेको बताए


राप्रपा नेपालका अध्यक्ष कमल थापाले असारमा चुनाव नभए मंसिरमा हुने सम्भावना नरहेको बताएका छन् । अन्तरिम चुनावी सरकार गठन भएको १८ औँ दिन आइतवार हेटौंडामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । ‘असारमा चुनाव हुने सम्भावना टर्दैछ, मंसिरमा चुनाव गर्ने अवस्था सिर्जना भए चार राजनीतिक दल नै चुनावको विरोधमा लागिसकेका हुन्छन्’, थापाले भने । उनले चार राजनीतिक दल र हालको अन्तरिम चुनावी परिषद् नै चुनाव गराउने मनस्थितिमा नरहेको बताए । ‘चार दलले राजनीतिक सिन्डिकेट खडा गरेर जनतालाई झुक्याएका मात्र हुन्, चुनाव असारमा हुने सम्भावनामाथि कालो बादल मडारिन थालेको छ’, उनले भने । चार दलले चुनाव पन्छाउनकै लागि खिलराज रेग्मी र नीलकण्ठ उप्रेतीलाई श्रीखण्डको रूपमा उभ्याएको उनले बताए । जनताले मालिक भएको महसुस गर्ने अवसर नै चुनाव भएको र राप्रपा नेपालले तीन वर्षअगाडिदेखि चुनावको माग गर्दै आएको दाबी गर्दै थापाले चार दल जनताको म्यान्डेटलाई अपमान गर्दै विदेशीको इशारामा चलेको आरोप लगाए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक