(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20130331

एमाले अध्यक्ष झलनाथ खनालले असारमा सम्भव नभए मंसिरमा पक्का हुनेगरी चुनावको मिति तोक्नुपर्ने बताए



एमाले अध्यक्ष झलनाथ खनालले असारमा सम्भव नभए मंसिरमा पक्का हुनेगरी चुनावको मिति तोक्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले आइतबार काठमाडौंमा गरेको अन्तरसंवाद कार्यक्रममा उनले आºनो पार्टीले जेठमै चुनाव चाहेको तर असारमा नभए पनि मंसिरमा चुनाव पक्का गर्नुपर्ने बताए । ‘चुनावको मितिका विषयमा हामी त्यति रिजिट छैनौँ, हाम्रो पार्टीको भनाइ जेठमै गर्नुपर्छ भन्ने हो,’ खनालले भने, ‘नभए असारमा हुन्छ, असारमा पनि नभए मंसिरमा चुनाव पक्का हुनुपर्छ ।’ असन्तुष्ट रहेका नेकपा–माओवादी र मधेसी जनअधिकार फोरमलगायत दललाई पनि उनले चुनावी अभियानमा सामेल हुन आह्वान गरे । अध्यक्ष खनालले चुनावी अभियानमा सामेल भए उच्चस्तरीय राजनीतिक संयन्त्रलगायत सबै ठाउँमा आन्दोलनरत दलहरूलाई पनि शक्ति सेयर गर्ने बताए । ‘वैद्य कमरेडहरूले वार्ता नै गर्नुहुन्न र चुनावमै भाग लिनुहुन्न भन्ने मलाई विश्वास छैन,’ खनालले भने, ‘त्यस्तो अलोकतान्त्रिक, अराजक र जडसूत्रवादी बाटोमा हिँड्नुहुन्न, वार्तामा आउनुहुन्छ ।’ यसअघि वैद्यले यथास्थितिमा सरकार र चार दलसँग वार्तामा नबस्ने बताएका थिए । माओवादीलगायत असन्तुष्ट दलहरूलाई
चुनावमा आउन खनालले आह्वान गरे । अध्यक्ष खनालले यसअघिको चुनावमा एमाओवादी ठूलो पार्टी भएकाले संविधान नबनेको दाबी गर्दै आउने चुनावमा एमाले पहिलो पार्टी हुने ठोकुवा गरे । ‘अघिल्लो संविधानसभा चुनावमा एमाओवादी सबैभन्दा ठूलो पार्टी भएकैले संविधान बन्न सकेन,’ खनालले भने, ‘अब एमाले पहिलो पार्टी हुन्छ र आउने संविधानसभाले संविधान बनाउँछ । एमाले ठूलो पार्टी भएको भए यतिबेला संविधान बनिसकेको हुने थियो र मुलुक विकासको बाटोमा अघि बढिसकेको हुने थियो ।’ पहिलो पार्टी बन्ने पूर्वाधार र तयारी दुवै एमालेसँग भएको खनालको दाबी थियो । ‘पहिलो पार्टी हुने पूर्वाधार भएको पार्टी एमाले हो र तयारी पनि त्यस्तै गर्दै छौँ,’ खनालले भने, ‘यसअगाडि एमाले पहिलो नभएकैले संविधान बनेन र दुई/दुईपटक संविधानसभाको चुनाव गर्नुपर्‍यो ।’ उनले आगामी चुनावलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउँदै नमुना चुनाव गर्नुपर्ने बताए । मतदान केन्द्रमा सिसी क्यामेरा राख्ने र चुनावअघि पूर्ववर्ती बाबुराम भट्टराईको सरकारले गरेका विवादास्पद नियुक्ति खारेज हुनुपर्ने उनले बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक