20130324

पशुपती क्षेत्रका आजकलका बांदरहरु !

- रामप्रसाद खनाल 
 दक्षिणकालीमा भेटिएका केही बाँदरहरु
आजकल  पशुपतीकै नाक अगाडि
एउटा डरलाग्दो ढेँडु सँगै बथान बाँधेर  
काठमाडौं बिच शहरमा
दिन दाहडै मान्छेहरु चिथोर्दै छन
कसैको हातमा केही देख्नै हुन्न उनिहरु
हाकाहाकी खोसेर खान्छन
मानौ संसार उनिहरुको हो
उनिहरुलाई कसै सँग डर छैन
उनिहरु खोसेरै खान जन्मिएका हुन
ति ढेँडु बाँदरको हुललाई
कसैले केही बोल्नुहुन्न
खोसेर खाँदा पनि आँखा खोल्नु हुन्न
आँखा खोले ढेँडु पहिला बौलाइहाल्छ
तिखा दाँत र मुख बिगारेर चिथोर्न आउँला जस्तो गर्छ
अनी पछाडि हुल बांधेका अरु बांदरहरु
ढेँडुको सिको गर्दै उसले जस्तै तर्साउन खोज्छन
अनेक थरिका डर लाग्दा आवाजहरु सुसेल्दै
उल्टै सज्जन मानिसहरु लखेट्छन
ढेँडु कहिले रोए जस्तो गर्छ कहिले हाँसे जस्तो
बिच सडकमा अनेक तमासा देखाउँछ
रुप रँग बोली भाषा फेर्न माहिर
उसलाई देख्दा लाग्छ
उ सिपालु चटकेबाटै तालिम प्राप्त छ
उसले आफु पछाडिका अरु बाँदरलाई यसरी नचाउँछ
मानौ उ अरुलाई नचाउन र थँच्याउन मात्र जन्मेको हो
कसैलाई अगाडि पर्न दिन्न उ
खोस्ने खाने काम को नेत्रित्व
आफु बाहेक कसैलाई गर्न दिन्न उ 
आजकाल पशुपती क्षेत्र उसकै आतंकमा बाँचेको छ
पशुपतिको भजनमा श्रध्दालु भक्तजन होइन
बांदरहरुको हुल नाचेको छ
त्रिनेत्र चिम्लेर भोले गाँजाको नशामा मस्त छन
यही मौका छोपेर
भक्तजन लुट्नमै बांदर हुल ब्यस्त छन !  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक