20130324

मलेसियामा नेपाली र मलेसियन नागरिकहरु विच झडप

Today's update.....
हाम्रो नेपाली सरकारी संयन्त्र कती कमजोर छ भन्ने कुरा मलेसियाको घटनाले छर्लँग पारेको छ । हिजो एस् जना को मृत्‍यु भएको र थुप्रै घाइते भए भन्ने सुचना दिइएकोमा आज फेरी बदलेर यसरी प्रेस रिलिज जारी गरिएको छ । हामी कामना गर्दछौं गलत सुचना कही कतै बाट प्रबाह नहोस् र कुनै नेपालीको अनाहकमा ज्यान पनि नजाओस ।  
Yesterday's information : मलेसियामा जोहोर राज्यको पासिरगुडाङस्थित तामान चिन्ताना क्षेत्रमा नेपाली
र स्थानीय मलेसियन नागरिकहरु विच  भएको झडपमा ६ नेपाली कामदारको मृत्यु भएको र १८ जना नेपाली घाईते भएको अपुष्ट खवर प्राप्त भएको छ । ‘६ जनाको मृत्यु भन्ने अपुष्ट खवर आएको हो, अहिलेसम्म यकिन हुन सकेको छैन’ मलेसियाका लागि कार्यबाहक नेपाली राजदूत लेखनाथ भट्टराईले भन्नुभयो-’हाम्रा प्रतिनिधि अहिले अस्पताल पुगिसक्नुभएको छ, विस्तृत बिबरण आएपछि मात्र केही भन्न सक्छौं ।’ घाइते नेपालीहरुलाई राखिएको जोहोरबारुस्थित सुल्तान अस्पतालमा यतिखेर दूतावासका दृतिय सचिव चक्र सुवेदी पुग्नुभएको छ । घाइते र स्थानीय प्रशासनसँग घटनाबारे जानकारी लिएपछि घाइते र मृतकबारे यकिन जानकारी आउने दूतावासले जनाएको छ । तर काठमाण्डौमा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले भने ६ जना नेपालको ज्यान गएको संचारकर्मीहरुलाई बताउनुभएको छ । घटना नेपाली र स्थानीय मलेसियन नागरिक विच सामान्यरुपमा भनाभनबाट सुरु भएको वताईएको छ । सामान्य भनाभनवाट उग्ररुप लिए स्थानिय युवाहरु कम्पनीको होस्टलमा प्रवेश गरेर कुटपिट थालेको वताईएको छ । प्रहरीले घटना नियन्त्रणमा लिन नसकेपछि स्थानीय प्रशाशनले कर्फयु सम्मको आदेश जारी गरेको थियो । प्रत्यक्षदर्शी नेपाली श्रमिकहरुका अनुसार प्रहरीले केही राउण्ड हवाईफायरसमेत गरेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक