20130308

अन्तराष्ट्रिय नारी दिवस का सन्दर्भमा एउटा लेख

महिला कमजोर छैनन्
- डा. नम्रता पाण्डे
विश्वमा औधोगिक  समयको सुरुवात , जनसंख्या वृद्धि एवं कट्टरपन्थी विचारधाराको बाहुल्यता बढ्दै गर्दाको समय सन्  १९०० देखि महिलाहरुले हरेक क्षेत्रबाट आफूहरूलाई अधिकारबाट बन्चित गरिएको महसुस गर्न थाले र आफ्ना अधिकारहरुको बारेमा आवाज उठाउन थालेको पाइन्छ  ्र    सन् १९०९ ,मार्च ८ मा अमेरिकाको समाजबादी पार्टीका महिलाहरुको पहलमा समाजवादी आन्दोलनकी नेत्री क्लारा जेट्किनले न्युवोर्क सहरबाट  "Bread and Roses"नारा द्वारा मार्च ८, नारी दिवस अर्थात् महिला श्रमिक दिवसको दिवसको थालनी गरेका थिए्र अमेरीकामा सन् १९२० बाट मात्र महिलाले मतदानको अधिकार पाएका थिए ्र १९६४ को Civil Right Act ले मात्र समान कानुनको व्यवस्था गरी पुरुष र महिलाले समान पारिश्रमिक पाउने  व्यवस्था गरिएको थियो ्र१९३५ सम्म युरोपमा बिबाहित महिलालाई सम्पत्तिको अधिकार थिएन्र यसबाट प्रस्ट हुन्छ कि  हाम्रो समाज ,हाम्रो मात्र नभएर विश्वका प्राय स्जसो मुलुकका समाजहरु पुरुष प्रधान भए ्र पुरुषले महिलालाई कमजोर ठाने ,अधिकार र अवसरबाट बन्चित गरे त्यसैले महिलाहरु आन्दोलनमा उत्रे ्र समाजको संस्कृति नै बस्यो पुरुष प्रधान हुने र नारीलाई दोस्रो कोटीमा राख्ने ,नारीलाई कमजोर वर्गमा राख्ने ्र त्यसैले  विश्वमै 

सभ्यता ,संस्कृति ,शिक्षा र शास्त्र पुरुष द्वारा निर्माण भयो ्र नारी गुणहरुको त्यसमा सहभागिता हुन पाएन ्र जसको कारण आज हामीले जतातै युद्ध र अराजकता भोगी रहेका छौ्र नारी स्वभाव हृदय सक्रिय हुने हुदा कोमल ,प्रेमपूर्ण,सहज र धैर्यता जस्ता बिभुषणले विभूषित हुन्छन् भने  पुरुष प्रवृति भनेको मस्तिस्क सक्रिय अर्थात् मस्तिस्कबाट चल्ने हुदा  बौद्धिक , तार्किक ,राजनीतिक ,बहिर्मुखी र आक्रामक स्वभावले निपुण हुन्छन ्र तर सबै नारीमा नारीको स्वभाव हुदैन ,सबै पुरुषमा पुरुषको  स्वभाव हुदैन ्र कोहि पुरुष भएर पनि कोमल हृदयका हुन्छन् भने कोहि नारी भएर पनि कठोर ,तार्किक हुन्छन् ,यो स्वाभाविक भिन्नता हो ्र  नारी गुण भनेको माधुर्यता ,सौन्दर्यता र प्रेम हो ,यी गुणहरुले हाम्रो सभ्यता ,हाम्रो समाज हुर्कन नपाउनु नै हाम्रो समाजका विकृतिहरु बढ्नु ,नारी माथि नै अन्याय हुनु र समाज अनि राष्ट्र उन्नति तिर भन्दा अराजकतातिर उन्मुख हुन पुगेको छ ,माधुर्य विहिन हुन पुगेको छ ्र जहाँ नारी हृदयलाई स्थान दिएर ब्यबस्थापनका पहलहरु गरिएको छ त्यहाँको विकास आधुनिकता भन्दा पनि फरक तरिकाले भएको हुन्छ ,छुट्टै पहिचानले भरिएको हुन्छ ्र

मेडम क्युरी, फ्लोरेन्स नाइटिंगेल , मदर टेरेसा, हिलारी क्लिन्टन, सोनिया गान्धी देखि लिएर मंगलादेवी सिंह ,साहना प्रधान ,पासांगल्हामु शेर्पा ,अनुराधा कोइराला ,पुष्पा बस्नेत, दिलशोभा श्रेष्ठ आदि आदि उदाहरणीय महिलाहरु लिन सकिन्छ जसले आफ्नै मेहनत, प्रेम ,लगन र कर्मका साथ  समाजलाई योगदान दिए र दिएका छन्  । नारीलाई उपेक्षा गर्ने र  कमजोर ठान्ने होइन बरु  सिर्जनात्मक , संघर्षशील , बहुप्रतिभाशाली, सहनशील, बाहिरी तथा भित्री सौन्दर्यले भरपूर अनि घरायसी एवं बाहिरी सबै क्षेत्रमा खट्न सक्ने साहसी रुपमा कदर गर्न सिकेमा मात्र समाज र राष्ट्रले शान्ति पाउनेछ ्र राष्ट्रले आर्थिक ,सामाजिक ,राजनीतिक ,शैक्षिक सबै क्षेत्रमा विकास पाउनेछ ्र आज सम्म आइपुग्दा सबै क्षेत्रमा महिलाहरु सक्षम भैसकेका छन् ्र एउटा महिला सक्षम हुदा ,उसले अवसरहरु पाउदा ,बिकासका कामहरुमा ,निर्णयको भूमिका पाउदा समाजलाई ,देशलाई कति सजिलो भएको छ ,कति सकारात्मक परिवर्तनहरु आएका छन् भन्ने कुरा हाम्रै सामु छर्लंग भएको कुरा हो ्र यसको अर्थ सबै महिला सक्षम भैसके भन्ने स्थिती भने छैन ्रहाम्रा राष्ट्रका कुना कुना सम्मका ,विकट क्षेत्रका नारीहरुलाई यी सबै क्षेत्रमा सुरक्षित गर्न नसक्दा सम्म अधिकार र अवसरको मूल्य रहदैन ्र हुनत नेपालले पनि पञ्चायत शाशनकाल देखि नारी दिवसलाई मनाउन थालेको  छ । नेपाल सरकारले यस अघि सन्  २०१० वर्षलाई महिला हिंसा विरुद्धको वर्ष मनाउने घोषणा गर्यो । तर त्यो त्यति प्रभावकारी हुन सकेन । सरकारले महिला मन्त्रालयको महिला सचिव विन्दा हाडालाई मन्त्रालयबाट सो घोषणा लगत्तै अन्त सरुवा गर्यो । जसले सरकारको व्यवारिक पक्ष फितलो छ भन्ने सजिलै प्रष्टिन्छ । यो त एउटा उदारहण मात्रै हो यस्तो फितलो प्रयासले गर्दा नै सरकारी निकायदेखि सबै क्षेत्रमा महिलाले विभेद सहन परेको छ । विभेद नै अराजकताको कारक तत्व हो ।सरकारले सकारात्मक विभेदको निती अनुरुप ल्याइएका कानुनहरु व्यवहारमा लागू नभए सम्म ,फितलो प्रयासले मात्र  महिला हक अधिकार, मुक्ति, नारा, भाषणमा,  अनि  लिखित  रुपमा मात्र कानुनमा सिमित रहदा  सम्म  सामाजिक ,सांस्कृतिक,आर्थिक राजनीतिक सबै क्षेत्रमा महिला सशक्तिकरण हुन सक्दैन  । 
त्यसैले नारी नारी हुन्  ,नारी न त कमजोर छन् ,न त  पुरुष समान  ्र नारी बश पुरुष भन्दा अलग हुन् ,नारीको आफ्नै अस्तित्व छ ,आफ्नै अस्मिता छ ्र नारीले आफ्नै पहिचानले घर ,परिवार ,समाज र रास्ट्रमा आफ्नो भूमिका निभाएकी छन् ्र नारी सृष्टि हुन् ,मातृत्व हुन् , जुन गुण  पुरुषलाई प्रकृतिले पनि दिन सकेको छैन ्र त्यसैले त विश्व सम्राट बन्ने महत्वकांक्षा बोकेका फ्रेन्च सम्राट नेपोलियन बोनापार्टले आमाहरुलाई आग्रह गरेका थिए -,” मलाई असल सन्तान देऊ, म तिमीलाई असल राष्ट्र दिनेछु ।“

(डा. नम्रता पाण्डे हाल अनुसन्धानकर्ता ,इबाराकी  विश्वविद्यालय ,जापान,  गैर आवासीय नेपाली संघ , जापान आइ सी सी महिला प्रतिनिधी हुन्)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक