20130307

माओवादी जाजरकोटले बिहीबार जनसकारको घोषणा !

नेकपा माओवादी जाजरकोटले बिहीबार जनसकारको घोषणा गरेको छ । जाजरकोट ईन्चार्ज ढकवीर राणाको संयोजकत्वमा ३१ सदस्यरयि जनसरकार घोषणा गरेको हो । माओवादीको जाजरकोटको जिल्ला कमीटीको रिम्ना स्थीत सम्पन्न वैठकले यो निर्णय गरेको माओवादी निकट पत्रकार दिपवहादुर घर्तीले वताए । २ वटा क्षेत्रमा विभाजन भएको जाजरकोट जिल्लालाई २ कमानमा विभाजन गरेर माओवादीले कार्यक्रमका साथै गाविस स्तरमा पनी जनसरकार घोषणा गदै लिने निर्णय भएको वैठकमा सहभागी एक नेताले वताए, जस अन्तरर्गत क्षेत्र नंम्वर १ मा ढकवीर राणा र क्षेत्र नम्वर २ मा ईमाश्वर देवकोटा लाई
जिम्मा दिएको छ । ईमाश्वर माओवादीका जाजरकोट सचिव हुन । कार्यक्रममा केन्द्रिय सदस्य माया प्रसाद शर्माको उपस्तीथी रहेको थियो । तर अहिले तत्काल जनसरकार भनेमा राज्यले दमन गर्ने भएको हुदा त्यसलाई नाम परिवर्तन गरि संयूक्त जनसंर्घष समिती भनेर नाम परिवर्तन गरिएको एक राज्य समितीका सदस्यले वताएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक