20130306

मोर्चाले गरेको नेपाल बन्दका कारण जनजीवन प्रभावित, लगातार दुई दिनसम्म बन्द हुँदा नागरिकको जनजीवन कष्टकर


मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको मोर्चाले गरेको नेपाल बन्दका कारण जनजीवन प्रभावित भएको छ । स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन लगायतका माग गर्दै यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले बन्द आह्वान गरको हो । बन्दका कारण उद्योग, कलकारखाना, यातायात, बजार, शिक्षण संस्था सबै ठप्प छन् । यसअघि बुधबार नेकपा–माओवादी नेतृत्वको संघीय जनगणतान्त्रिक मोर्चाले बन्द आह्वान गरेको थियो । जनगणतान्त्रिक मोर्चाले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको विरोधमा बन्द आह्वान गरेका थिए । लगातार दुई
दिनसम्म बन्द हुँदा नागरिकको जनजीवन कष्टकर बनेको छ । राजधानीमा बुधबारको बन्द साँझ ५ बजे खुलेपछि रातभर सवारीसाधन चलेपनि विहानैदेखि पुनः ठप्प भएका छन् । यस्तै मुख्य राजमार्गहरुमा पनि यातायात चलेका छैनन् । यातायातका साधन नचल्दा यात्रुहरुलाई गन्तब्यमा पुग्न समस्या परेको छ । बन्दले ज्याला मजदुरी गरेर दैनिकी चलाउनेहरुलाई नराम्ररी प्रभावित बनाएको छ भने परीक्षाको तयारीमा रहेको विद्यार्थीहरु पनि प्रभावित भएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक