20130306

एमाओवादीले निर्वाचनको खेती गरेर अन्तर्राष्ट्रिय अदालत ‘हेग’मा जान नपरोस भन्ने दाउ कसेको आरोप

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाओवादीले निर्वाचनको खेती गरेर अन्तर्राष्ट्रिय अदालत ‘हेग’मा जान नपरोस भन्ने दाउ कसेको आरोप लगाएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष केसीले मधेसी मोर्चाले पनि सोही नाममा लाखौं लाख भारतीयलाई बंशजको आधारमा नागरिकता दिलाउन षडयन्त्र गरेको दाबी गरे । सर्वोच्च अदालत राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको आखाँको कसिंगर बन्दै आएकाले अदालतलाई विगार्न प्रधानन्यायाधीशको नेतृत्वको प्रस्ताव ल्याएको उनको आरोप छ । ‘लोकतन्त्रका लागि लडेका राजनीतिक दलका नेताहरुलाई बाईपास गरेर मुलुकले निकास पाउनै सक्दैन,’ उनले भने । एमाओवादीले संविधानसभा विघठन भएको चार महिनासम्म ब्यूताउने खेती गरेको भन्दै उनले फेरि पनि प्रधानन्यायाधीशको पासा फालेर विपक्षी दलहरुको आन्दोलन ध्वस्त बनाएको बताए । नेपाल
कम्यूनिष्ट पार्टी क्रान्तिकारीका नेता मणि थापाले मुलुकलाई सामाजिक फासिवादमा लैजान बाबुराम र प्रचण्डले योजनाबद्ध रुपमा प्रधानन्यायाधीशको नेतृत्वको प्रस्ताव ल्याएको दावी गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक