20130401

न्युयोर्कमा शेखर ढुङ्गेलका तीन कृति बिमोचन

alt
 न्युयोर्क- कहिले गीत , कबिता त कहिले यात्रा सस्मरणं लगायत समाजमा भएका बिभिन्न घटना्हरुलाई सृजानात्मक ढङ्गले प्रस्तुत गर्ने शेखर ढुङ्गेल नेपाली साहित्य क्षेत्रमा कुनै नौलो नाम भने होइन् । नेपाली भाषा साहित्यको श्रीवृद्धिमा लामो समयदेखिन निरन्तर लाग्दै आएका ढुङगेलले अहिलेसम्म विभिन्न कृतिहरु
प्रकाशन गरिसकेका छन । स्वदेशबाट टाढा विदेशमा आएपनि उनले लेखन कार्यलाई कहिल्यै पनि छोडेनन । अमेरिकामा बसोबास गदै आएका ढुङगेल विदेशको व्यस्तताको वीच पनि हरपल लेख रचनामा व्यस्त रहे । नेजाको पुर्व क्षेत्रिय उपाध्याक्ष ढुङगेलले लेखनकै क्रममा एकै दिनमा तीन विभिन्न कृतिहरु एक साथ विमोचना गरेका छन । नेपाल अमेरिका पत्रकार संघ ( नेजा) द्धारा मार्च ३० तारिख न्युयोर्कको ज्याक्सनहाइटमा आयोजित कार्यक्रममा सयुक्त राष्ट्र सघंका लागी नेपालका स्थायी कार्यवाहक प्रमुख सेवा अधिकारी लम्साल, नेपाल अमेरिका पत्रकार सघंका अध्यक्ष आङछिरिङ्ग शेर्पा , पुर्ब अध्यक्ष कृष्ण शर्मा र लेखक स्वयम शेखर ढुङ्गेलले सामुहिक रुपमा बिमोचन गरिएको थियो ।
alt
उक्त अवसरमा प्रमुख अतिथि कार्यवाहक प्रमुख अधिकारीले अमेरिकाको ब्यस्तता सगै नेपाली भाषा सस्कृति तथा कला क्षेत्रमा लागेर यसरी एकै चोटी तीन कृतिहरु प्रकाशनमा ल्याएकोमा उल्लेखिनिय कार्य गरेको भएका बताएकी थिएन ।देशको बिस्तार भुगोलले मात्र हुदैन त्यसको भाषा सस्कृतीले मापन गर्ने बताउदै अधिकारीले ढुङ्गेलले गर्न लागेको अन्य कार्यमा पनि सबै नेपालीले सहयोग गर्नु पर्ने बताएकी छन् बिमोचित कृतीहरुमा ''क्षितिज पारीको सपनाहरु '' कथा सग्रंह,अंग्रेजीनियात्रा '' ब्युटिफुल जोर्ने अप स्ट्रगल '' र गीती सग्रंह ' कुनैदिन ''कृती रहेका छन् । क्षितिजपारीको सपनाहरु कथा सग्रंहको समिक्षा साहित्यकार बिनोद रोकाले गरेका थिए भने गीत सग्रंहको बारेमा साहित्कार गगन बिरहीले र ब्युटिफुल जोर्ने अफ स्ट्रगल लाई नेजाका पुर्व अध्यक्ष पत्रकार कृष्ण शर्माले समिक्षा गरेका थिए ।
alt
विमोचन पछि लेखक शेखर ढुङ्गेलले आगामी दिन नेपाली भाषा सस्कृतिसगै अन्य सामाजिक कार्यमा पनि कार्य गर्दे जाने बताएका थिए । नेपालको राष्ट्रिय गानाबाट शुरु भएको कार्यक्रममा कलाकारहरु तिलक श्रेष्ठ, नरबहादुर दाहाल र राजेन्द्र राईले आर्कषक गीत प्रस्तुत, गरिएको थियो ।नेजाको अध्यक्ष आङछिरिङ्ग शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा भने नेजाका महासचिब किशोर पन्थीले स्वागत मन्तब्य गरिएको थियो भने कार्यक्रम पत्रकार शुरेश शाहीले उदघोषण गरेका थिए ।
- बिष्णुप्रसाद पौडेल/ तस्विरहरु अशोक पन्त /नेपाल फोटो न्युज डटकम

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक