20130420

हेम सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार संगीतकार नारायण रायमाझी र कृष्ण कँडेललाई प्रदान

http://etvkhabar.com/wp-content/uploads/2013/04/164269_4164775098033_1457854067_n.jpg
हेम सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार संगीतकार नारायण रायमाझी र कृष्ण कँडेललाई प्रदान गरिएको छ । राजधानी दैनिकका सम्पादक राजन शर्मा र कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापा हेम सरिता पाठक एकेडेमीको टंकप्रसाद रमादेवी पाठक पुरस्कारबाट पुरस्कृत भएका छन् । राजधानीमा शुक्रबार
आयोजित एक कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सम्पादक शर्मालाई पुरस्कारका साथै सम्मान प्रदान गरेका थिए ।   तीन वर्ष अघिदेखि दिन थालिएको ५ सय अमेरिकी डलरको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी र नेपालगन्जबाट प्रकाशित हुने संकल्प दैनिकका सम्पादक लियाकत अलीले पाएका छन् । यस्तै, ६२ घण्टे म्याराथुन टक शोमा गिनिज बुक अफ विश्व रेकर्ड राखेका रवि लामिछानेलाई विशेष सम्मान प्रदान गरिएको थियो ।  सो पुरस्कारको राशि जनही १ हजार अमेरिकी डलर रहेको छ । यस्तै, हेम सरिता पाठक अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्पेनमा बस्दै आएका भीष्म भुसाललाई दिइएको छ । भ्रष्टाचार विरुद्धका करिब ७ सय कविताबाट भुसालको कविता उत्कृष्टमा छानिएको थियो । भ्रष्टाचार न्यूनीकरणका लागि महवपूर्ण योगदान दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय र सर्वोच्च अदालतका पूर्वन्यायाधीश तपबहादुर मगरलाई ‘स्वच्छ नागरिक सम्मान’बाट सम्मानित गरिएको थियो । हेम सरिता पाठक प्रतिस्ठान लाई यो प्रसँसनिय कार्यका लागि, हाम्रा मित्र मित्र नारायण रायमाझी सहित पुरस्क्रित सम्मानित सबैलाई नेपाल मदर दत कमको तर्फबाट हार्दिक बधाई ।

 http://etvkhabar.com/wp-content/uploads/2013/04/image6287399.jpg
http://etvkhabar.com/wp-content/uploads/2013/04/311096_4928784743726_851981885_n.jpg
http://etvkhabar.com/wp-content/uploads/2013/04/image1002820237.jpg

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक