
बूक उत्पादनमा अग्रणी भूमिका निर्वाह गर्नुका साथै विशेषरुपमा डायमनशमशेर
राणाव्दारा लिखित सेतो बाघ वाचन गरी प्रकाशित गर्नु भएवापत सो पुरस्कार
प्रदान गरिएको हो । पुरस्कारको राशी पच्चीस हजार रुपैयांको छ ।
त्यस अवसरमा राष्ट्र्पति रामवरण यादवले स्वर्गीय डायमनशमशेर राणासंगको
आप्mनो भेटघाटको संस्मरण र प्रजातन्त्रप्रतिको वहांको साहित्यिक योगदानको
चर्चा गर्नुभयो । राष्ट्र्पतिले खगेन्द्र नेपालीले पत्रकारितामा
लामो सफल कार्यकालपछि नेपाली साहित्य तथा संस्कृतिलाई नयां माध्यम अडियो
बूकका रुपमा राष्ट्र्यि तथा अन्तरराष्ट्र्यि क्षेत्रमा फैलाउन विशेष योगदान
पुर्याउनु भएको भनी त्यसको प्रशंसा गर्नुभयो ।
खगेन्द्र नेपालीले राष्ट्र्पतिबाट प्रथम डायमनशमशेर राणा सिर्जना पुरस्कार तथा सम्मान प्राप्त गरेकोमा हार्दिक आभार व्यक्त गर्नुभयो । वहांले डायमनशमशेर राणाको जीवनी र साहित्यिक योगदानवारे अध्ययन अनुसन्धान कार्यका लागि सोही समारोहमा डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानका अध्यक्ष्य ऋषिराम पाण्डेलाई चालिस हजार रुपैयां हस्तान्तरण गर्नुभयो ।
खगेन्द्र नेपालीले राष्ट्र्पतिबाट प्रथम डायमनशमशेर राणा सिर्जना पुरस्कार तथा सम्मान प्राप्त गरेकोमा हार्दिक आभार व्यक्त गर्नुभयो । वहांले डायमनशमशेर राणाको जीवनी र साहित्यिक योगदानवारे अध्ययन अनुसन्धान कार्यका लागि सोही समारोहमा डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानका अध्यक्ष्य ऋषिराम पाण्डेलाई चालिस हजार रुपैयां हस्तान्तरण गर्नुभयो ।


करिब ३० वर्ष बीबीसी नेपाली सेवामा काम गरें

- खगेन्द्र नेपाली
पूर्वप्रमुख - बीबीसी नेपाली सेवा
सन् १९७९ देखि सन् २००६ सम्म बीबीसी नेपाली सेवामा कार्यरत खगेन्द्र नेपालीलाई नसुन्ने नेपाली स्रोता कमै छन् । हाल उनी सेवा निवृत्त जीवन व्यतीत गरिहेका छन् । सन् १९७९ मा स्थायी कर्मचारीका रूपमा कार्यक्रम उत्पादक (प्रोग्राम प्रोड्युसर) तहबाट उनी बीबीसी रेडियोमा प्रवेश गरेका हुन् । नेपालीले करिब १० वर्ष बीबीसीमा नेपाली सेवा प्रमुख भएर काम गरें । नेपाली सेवाका तत्कालीन कार्यक्रम प्रमुख नेपाली अहिले नेपाली साहित्य जर्गेना गर्ने काममा दत्तचित्त भएर लागेका छन् । उनले आफ्नो ज्ञान र सीप सदुपयोग गर्दै नेपाली साहित्यकारका उत्कृष्ट कृतिहरूमा आफ्नो सुमधुर स्वर भरेर ‘अडियो बुक’ तयार गर्ने काम गर्दै आएका छन् । सेवानिवृत्त जीवनपछि पनि बेलायतमा बस्दै आएका नेपालीको कामको मूल्यांकन गर्दै ‘डायमनशमशेर राणा’ फाउन्डेसनले उनलाई आगामी साता राजधानीमा सम्मान गर्ने भएको छ । फाउन्डेसनको सम्मान लिन नेपाल आएको अवसर पारेर नेपालीसँग कारोबार संवाददाता सञ्जय पन्थीले गरेको कुराकानी ः
सेवानिवृत्तपछिको जीवन कसरी विताइरहनुभएको छ ?
सन् २००६ (०६३ वैशाख ११ गते) मैले बीबीसी नेपाली सेवाबाट अवकाश पाएको हुँ । करिब ३ दशकको निरन्तर सेवापछि म स्वाभाविक प्रक्रिया अनुसारनै सेवाबाट निवृत्त भएको हुँ । सेवामा रहँदा समाचार संकलनदेखि कार्यक्रम प्रमुखसम्मको जिम्मेवारी वहन गर्ने अवसर मैले पाएँ । मैले सेवाबाट अवकाश लिने दिनको एउटा रमाइलो प्रसंग छ । ०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रले आन्दोलनरत दलहरूलाई सत्ता सुम्पिएकै दिन बीबीसी नेपाली सेवाबाट मैले बिदा लिएको हुँ । त्यसपछिका मेरा दिन बेलायत र नेपालमा बित्दै आएका छन् । मेरा लागि सेवानिवृत्तपछिको जीवन साँच्चै आनन्ददायी र निष्फीक्री रूपमा रहेको छ । अंगे्रजीमा भन्नुपर्दा यो एक प्रकारको ‘क्वालिटी लाइफ’ हो ।
बेलायतमा मेरो दुई वर्षको सानो नाति छ । ऊसँगको दिनचर्या मेरा लागि सबैभन्दा आनन्ददायक रहन्छ । त्यसो त घरमै मात्र बसेर मैले दिन बिताएको छैन । सक्रिय जीवन बिताएको मान्छे, अझै पत्रकारितामा त्यसै किन बस्न सकिन्थ्यो र ! मैले जीवनमा सिकेको र पाएको कुरालाई सदुपयोग गर्नुपर्छ भन्ने सोचले ‘अडियो बुक’ सुन्ने किताब (किताबहरूमा स्वर भर्ने काम) को काम गर्ने निर्णय गरें । विदेशमा मैले त्यो देखेको थिएँ, तर नेपालमा त्यस किसिमको अडियो बुक थिएन । नेपालमै कसैले नगरेको काम भएकाले त्यही काम गर्ने निर्णयमा पुगे । त्यो निर्णयसँगै मैले आफ्नो विचार त्यसबेला नेपाल आएका बेला कनकमणि दीक्षितलाई सुनाए । उहाँले पनि राम्रो हुन्छ भनेर हौसला दिनुभयो, अनि मलाई पनि आत्मविश्वास बढ्यो ।
बेलायत फर्केपछि त्यो काम सुरु गरें । नेपालमा पनि भविष्यमा कामको सुरुवात पनि हुन सकोस् भन्ने चाहनाले यो काम सुरु गरेको हुँ । कमसे कम आधा दर्जन अडियो बुक तयार गर्ने योजना छ ।
अहिलेसम्म बीपी कोइरालाको ‘आत्मकथा’, डायमनशमसेरको ‘सेतो बाघ’ आनन्द अरुणको ‘सन्त गाथा’, लक्ष्मीप्रसाद देवकोटाका ‘जन्मदेखि शून्य’ भन्ने संग्रहबाट ३३ कविता र अविरल बग्दछ इन्द्रावतीमा पनि स्वर भरेर ‘अडियो बुक’ तयार गरेको छु । किताब पढ्नुमा आफ्नै किसिमको आनन्द र मजा हुन्छ । तर अडियो बुकको छुट्टै पहिचान र महŒव रहने भएकाले मैले कामको साथै राम्रो प्रतिक्रिया पाइरहेको छु । अहिले पनि म आफ्नै काममा व्यस्त छु । यो काम कसैको दबाब र आय आर्जनका लागि भने गरेको हैन । नितान्त व्यक्तिगत रुचिले, स्वस्फूर्त रूपमा आफ्नै किसिमले गरिरहेको छु । कुनै समय सीमामा अनुबन्धन नभई काम गर्दाको यो क्षण मेरा लागि आनन्ददायक छ । सबैभन्दा महŒवपूर्ण कुरा के भने सेवा निवृत्त जीवन भन्नेबित्तिकै बुढेसकाल भन्ने बुझिन्छ । अहिले म ६७ वर्षको भए यो उमेरसम्म मैले कुनै रोगको सामना गर्नुपरेको छैन । म स्वस्थ्य छु ।
नेपालमा कसैले नगरेको काम ‘अडियो बुक’को काम गर्दैछु भन्नुभयो । कसरी प्रेरित हुनुभयो यो कामप्रति ?
करिब ३० वर्षको बीबीसी नेपाली सेवाको काम गरें । त्यस क्रममा म धेरै बेलायत बसें । मैले त्यस क्रममा विभिन्न मुलुकको भ्रमणसँगै त्यहाँको भाषा संस्कृति र जीवनशैलीको अध्ययन गर्ने अवसर पाएँ । विकसित देशहरूमा पढ्ने संस्कृति व्याप्त छ । ‘प्रिन्ट’पुस्तक मात्र नभएर ‘अडियो बुक’ मार्फत पनि पढिँदो रहेछ । त्यो ‘भर्सन’ पढ्नेहरू धेरैजसो वृद्धवृद्धा हुँदा रहेछन् । तर, हामीकहाँ त्यो संस्कृति र परम्परा विकसित छैन । त्यसैले पनि सेवा निवृत्तपछिको जीवनमा त्यो काम गर्न म प्रेरित भएँ । जुन काम मैले नितान्त व्यक्तिगत तवरबाट गरिरहेको छु, कसैप्रति निर्भर हुनुपरेको छैन ।
‘प्रिन्ट भर्सन’ किताब पढ्नुको आफ्नै मजा छ । पाना पल्टाई–पल्टाई मन लागेको पेज, प्याराग्राफ र वाक्यांश आफूले चाहेजसरि पढ्न सकिन्छ । तर ‘अडियो बुक’ मा त्यो सुविधा हुँदैन, तर पनि एउटा राम्रो प्रस्तोताले शब्दको भाव नमर्ने गरी पढेको पुस्तकको हरफ सुन्दाको मजा पनि आफ्नै किसिमको रहन्छ । बीबीसीमा काम गर्दा प्रस्ट प्रस्तोताको हैसियत बनाएको अनुभवले पनि मलाई त्यो काम गर्न प्रेरित ग¥यो । पहिलो पटक आफ्ना निकटका साथीभाइको सुझावमा त्यो काम सुरु गरें । पहिलो अडियो बुक ‘बीपीको आत्मकथा’ थियो । त्यो सुन्ने स्वदेश तथा विदेशका पाठक–श्रोताले नेपाली भाषामा यसरी पुस्तक सुन्नुको मजै अर्कै हुँदो रहेछ भनेर प्रतिक्रिया दिइरहनुभएको छ । त्यसले मलाई थप हौसला मिलेको छ । मैले सेवाबाट अवकाश लिएपछि सञ्चारकर्मी भएर काम गर्न मन लागेन । त्यसैले नौलो काम गर्ने सोचले यो कामको सुरुवात गरेको हुँ । मैले तयार गरेका ‘अडियो बुक’ सुन्नेले राम्रो छ भनेर प्रतिक्रिया दिँदा आनन्द आउँछ । म पनि आफ्नो कामप्रति सन्तुष्ट छु । आफ्नो कामप्रति कुनै गुनासो छैन । सेवा निवृत्त जीवन जिउनेहरूका लागि मेरा ‘अडियो बुक’ अझ बढी खुराक बन्न सक्छ भन्ने मरो विश्वास छ ।
बीबीसी नेपाली सेवामा काम सुरु गर्दाको केही अनुभव सुनाइदिनस् न ?
सन् १९७९ मा प्रतिस्पर्धाबाट छनोट भएर म बेलायत पुगें । त्यहीबाट काम सुरु गरेको हुँ । बीबीसी नेपाली सेवाको पहिलो स्थायी नेपाली कर्मचारी पनि म नै हुँ । कार्यक्रम सञ्चालकका रूपमा मेरो नियुक्ति भएको हो । त्यसो त बीबीसी नेपाली सेवा सन् १९६९ बाट सुरु भएको हो, तर स्थायी कर्मचारीबिना नै कन्ट्याक कर्मचारीको भरमा चल्दै आएको थियो । रेडियो नेपालका कर्मचारी लगेर काम चलाउँदै आएको थियो । मिडिया अध्ययन गरेको जनशक्ति नै थिएन । म गएपछि मात्र व्यावसायिक रूपमा कार्यक्रमको खाका बनाउन सुरु गरें । दुई–चार जना साथी जम्मा गरेर ब्यवसायिक किसिमले काम सुरु गरें । त्यस बेला बीबीसीले ३७ भाषामा समाचार प्रसारण गथ्र्याे, तर अहिले कटौती भएर २७ भाषामा सीमित भएको छ । सुरुदेखि सन् १९९६ सम्म कार्यक्रम उत्पादक भएर काम गरें । त्यसपछि सन् २००६ सम्म नेपाली सेवाको कार्यक्रमको प्रमुख भएर काम गरें । त्यति बेला चार जना स्टाफमा सीमित थियो बीबीसी नेपाली सेवा, तर अहिले २०–२२ जना पुग्नुभएको छ । जनशक्ति र प्रविधिका कारणले पहिलेभन्दा अहिले काम गर्न धेरै सजिलो छ । बीबीसीले सधै ‘पहिलो’ हैन ‘दोस्रो’ हो भन्ने मान्यता राखेर काम गर्छ । पहिलो हुनुभन्दा प्रमाणित र सत्य समाचार प्रवाह गर्न दोस्रो भए पनि हुन्छ भन्ने मान्यताले निर्देशित छ । हतारमा भएको समाचार गलत पनि हुन सक्छ, त्यसैले बरु ढिलो होस्, गलत नहोस् भन्ने मान्यता बीबीसीले राख्छ ।
बेला–बेलामा बीबीसी नेपाली सेवा पनि बन्द हुने भन्ने हल्ला चलिरहन्थ्यो । बेलायत सरकारको अनुदानमा सञ्चालित सेवा भएकाले सरकारले बजेट कटौती गर्दा सन्त्रास छाउँथ्यो । कहिले बन्द हुने हो भनेर ! तर सौभाग्य भन्नुपर्छ बन्द भएको छैन । बन्द नहुनुका पछाडि नेपाली श्रोताको प्रतिक्रियाको ठूलो योगदान छ । जब–जब नेपाली सेवा बन्द हुने हल्ला चल्थ्यो नेपाली स्रोताको चिठी झोलाका झोला बीबीसी नेपाली सेवाको पोस्ट बक्स नम्बर ६७२ मा ओइरीरहन्थे । त्यसले गर्दा बीबीसी रेडियोका उच्च पदाधिकारीलाई पनि कति प्रभावकारी रहेछ नेपाली सेवाको कार्यक्रम भन्ने जानकारी हुन्थ्यो । नेपालमा एफम रेडियो सञ्चालन हुनुपूर्व सर्टवेभ र मिडियम वेभमा मात्र बीबीसी सुनिन्थ्यो । नेपालमा वि.सं. ०५५ सालमा रेडियो सगरमाथा सुरुभएपछि अब एफएम प्रसारणमा जानुपर्छ भन्ने योजना बन्यो । पहिलो पटक सामुदायिक रेडियो सगरमाथा र पोखराको त्यस बेला सञ्चालनमा आएको एक स्थानीय सामुदायिकमार्फत प्रसारण सुरु गरिएको हो । जुन अहिले सयौं एफएमबाट एकै समयमा प्रसारण भइरहेको अवस्था छ । बीबीसी नेपाली सेवाका श्रोताको संख्या करोडौं छ भन्न पाउँदा गर्व लाग्छ ।
बीबीसी आफैंमा विश्वसनीय समाचार संस्था हो, नेपाली राजनीति र शासन व्यवस्थाका बारेमा समाचार संकलन र प्रसारण गर्दाका अनुभव, नि !
तपाईंले भनेजस्तै बीबीसी आफैंमा विश्वसनीय समाचार संस्था हो । एउटा ‘सिस्टम’ (प्रणाली) बाट व्यावसायिक तबरमा काम गर्ने वातावरण छ । जहाँ काम गर्ने आफ्नै किसिमको शैली छ । कुनै भय र त्रास रहँदैन । स्वतन्त्र वातावरणमा काम गर्न छुट छ । साथै विश्वव्यापी पहुँच भएको एक अग्रणी समाचार संस्था हो । नेपाल र नेपाली भाषाका समाचार प्रसारण गर्दाको अनुभव भन्नु हुन्छ भने मैले काम सुरु गर्दा पञ्चायती व्यवस्था थियो । पञ्चायती व्यवस्थामा पनि ०३६ सालको जनमतसंग्रहका बेला मेरो नियुक्ति भएको हो । त्यसबेलासम्म नेपालमा सरकारी सञ्चारमाध्यम रेडियो र गोरखापत्रले सरकारपक्षीय समाचार मात्र ‘कभर’ गर्ने र प्रजातान्त्रिक व्यवस्थालाई समर्थन गरिएका पत्रपत्रिकाले पार्टी समर्थित समाचार मात्र छाप्ने परम्परा थियो । अझ बुझ्ने भाषामा भन्नुपर्दा ‘प्रोपोगन्डा’काल थियो । त्यस्तो बेलामा बीबीसीले प्रसारण गर्ने समाचार ‘ब्यालेन्स’ गर्नुपर्ने अवस्था थियो । पत्रकारिताको धर्मअनुसार समाचार ‘ब्यालेन्स’ नगर्दा एकपक्षीय हुनजान्छ । त्यो कुरालाई ध्यान दिएर कार्यक्रम प्रमुखको हैसियतमा काम सुरु गरें । नेपालका समाचारबारेमा एकपक्षीय भनेर शासक र पार्टीहरूबाट आलोचित हुनपरेन । पछि ०४६ सालको आन्दोलन सुरु भयो, त्यतिबेला नेपाली जनतामा ०३६ सालको भन्दा चेतनास्तरको अभिवृद्धि भइसकेको थियो । २४ घण्टामा एकपटक साँझ पौने ९ मा प्रसारण हुने बीबीसी नेपाली सेवा सुन्न घरघरमा रेडियो सुन्ने ठूलो समूह थियो । त्यतिबेला पनि हामीले प्रसारण गरेका समाचार विवादित भए भन्ने सुन्नुपरेन । हामीले व्यावसायिक तबरबाटै काम ग¥यौं, तर वि.सं. ०५८ सालको दरबार हत्याकाण्डका बेला भने हामी त्यहाँ (नेपाली सेवा) स्रोत सेवा बनेर काम गर्नुप¥यो । हामीले विभिन्न भाषामा प्रसारण हुने समाचारहरूमा ‘अपडेट’ गराइरहन्थ्यौं । नेपालमा हाम्रो निरन्तर सम्पर्क रहन्थ्यो, तर त्यस दिनको समाचार बीबीसीमा सबैभन्दा ढिलो प्रसारण गर्ने ‘बीबीसी नेपाली सेवा’ बन्यो । किनभने घटना राति करिब ९ बजेतिर भएको रहेछ । त्यस दिनको हाम्रो प्रसारण सकिसकेको थियो । म पनि काम सकेर कार्यालयबाट फर्किसेकको थिएँ । अर्काे दिन राति नियमित समयमा (पौने ९ बजे) मात्र नेपाली भाषामा दरबारकाण्डको समाचार प्रसारण गरेका थियौं । पछि द्वन्द्वकालमा पनि नेपालका समाचार निरन्तर प्रसारण भैरहे । कहिल्यै समाचार प्रसारण गरेको भनेर नेपालका शासक र पार्टीहरूबाट कुनै धम्की र दबाब सहनुपरेन । किनभने बीबीसी नेपालभन्दा टाढा रहेको समाचार संस्था भएकाले पनि हुन सक्छ । अर्काे बीबीसीले प्रसारण गर्ने समाचार विभिन्न च्यानलबाट प्रमाणित भएर आउने भएकाले एकतर्फी हुने सम्भावना रहँदैन । स्वतन्त्र रूपमा समाचार संकलन तथा प्रसारण गरिह्यौं । पछि ०६२÷०६३को दोस्रो जनआन्दोलनका बेलासम्म मैले काम गरिरहें । एउटा प्रसंग राजा ज्ञानेन्द्रले ०६३ साल वैशाख ११ गते सत्ता दलहरूलाई हस्तान्तरण गरिरहेका थिए । त्यही दिनको समाचार पढेर मैले पनि बिदा लिएको हुँ ।
पछिल्ला तीन दशकका अवधिमा नेपालमा पटक–पटक भइरहेका राजनीतिक परिवर्तनसँगै बीबीसीमा रहँदा यहाँले सँगालेका केही अविस्मरणीय क्षणबारे बताइदिनु न ?
पछिल्ला तीन दशकको अवधिमा नेपालमा धेरै ठूला परिवर्तन भए । ०३६ साल अघिसम्म नेपालमा सञ्चारकर्मीसँग समाचारका विषयवस्तुमा खुलेर बोल्न सक्ने वातावरण थिएन । त्यसपछि समाचारका विषयवस्तुमा सञ्चारकर्मीसँग बोल्ने क्रम बिस्तारै बढेको हो । राजनीतिज्ञदेखि समाजका प्रतिनिधि खुलेर सञ्चारमाध्यमसँग बोल्न थालेको मेरो अनुभव छ । पहिले त्यसरी मिडियासँग बोल्ने मानिसको अभाव हुन्थ्यो, ०३६ सालको जनमत–संग्रहपछि चेतनास्तर बढ्दै गए पनि ०४६ सालको राजनीतिक परिवर्तनपछि बोल्ने क्रम ह्वात्तै बढ्यो । आफ्नो तह र ओहदाभन्दा ठूला कुरा गरेर मिडियालाई विवादित बनाइदिने क्रम सुरु भयो । मिडियाकर्मीले विचार गरेर उनीहरूका भनाइ र विचार गरेर समाचारमा समावेश गर्नुपर्ने अवस्था रह्यो । अहिले नेपाली मिडियासामु ठूलो चुनौती छ । तर, पाठक, दर्शक र स्रोताको को कुरा गर्दा समाचारका विषयवस्तु बारेमा धेरै सचेत भएको अवस्था छ । के गलत र सही भन्ने कुरा तत्कालै छुट्ट्याउन सक्ने भएका छन् । बीबीसीको मेरो अनुभव सुुन्नु हुन्छ भने बेलाबखत नेपाली सेवा बन्द हुने हल्ला चल्दा श्रोताको लिखित प्रतिक्रियाका कारण नै बन्द हुनबाट जोगिएको हो । श्रोताकै कारण बीबीसी नेपाली सेवाले निरन्तरता पाएको हो । बन्द हुनै लागेको नेपाली सेवालाई निरन्तरता दिन नेपाली स्रोतको ठूलो भूमिका छ । उहाँहरूको त्यस किसिमको प्रतिक्रिया हुँदैनथ्यो भने आज प्रत्येक जिल्लाका सामुदायिक रेडियोबाट बज्ने बीबीसी नेपाली सेवा उहिल्यै बन्द भइसकेको हुन्थ्यो । अहिले सेवानिवृत्त भए पनि सबै नेपाली श्रोतालाई उनिहरुले पुर्याएको सहयोग र मायालाई पुनः एकपटक धन्यवाद भन्न चाहन्छु ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक