20130430

अन्तराष्ट्रिय कलाकार मंच, यूरोप महाशाखाको सूचना !

बिगत लामो समयको अध्ययन र बिबिध अन्य अफ्रिकन यूरोपियन संस्था र विशिष्ट व्यक्तिहरु संगको लामो छलफल तथा साथ सहयोगको आधारमा नेपाली कला संस्कृति सभ्यतालाई विश्व रंगमंचमा प्रस्तुत गर्दै,बजार व्यवस्थापन गर्ने हाम्रो मूल उद्देस्य अनरुप अन्तराष्ट्रिय कलाकार मंच, यूरोप महाशाखाले आफ्नो वार्षिक कार्यक्रम तय गरेको सम्बन्धित सबैमा जानाकारी गराउदछौ। कार्यक्रम तदअनुसार हुनेछ। 2014 March 29 र 30 तारिखका दिन नेपालका चलचित्रकर्मीहरुको बिशिष्ठ संघ संस्था सम्मिलित,विशिष्ट चलचित्रकर्मीहरुको जूरीबाट छनौट भै आएका बिशेष नेपाली चलचित्र मोहत्सव जर्मनीमा गरिनेछ त्यहाँ समाविष्ट चलचित्र मध्येबाट थप यूरोपियन फिल्मकर्मीहरुको जूरी र अन्य बिबिध प्रक्रिया पुरा गरि नितान्त निष्पक्ष, चलचित्रकर्मी सबैलाई गर्व हुने गरि २३ चैत्र २०७० अर्थात 6 April 2014 मा यूरोपको राजधानी बेल्जियममा हजारौ देशी बिदेशी दर्शकहरुको माझमा सम्पन्न हुने अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाको वार्षिक कार्यक्रम Multicultural solo singing competition 2014 मा विशिष्ट नेपाली चलचित्र अवार्ड घोषणा तथा हस्तान्तरण गरिने छ। साथै यस कार्यक्रम र अडियो भिडियोको बिक्रि वितरणबाट उठने सम्पूर्ण रकम अन्तराष्ट्रिय मंच कलाकार कल्याण अक्षय कोषमा जम्मा हुने छ, जसबाट प्राप्त ब्याज निरन्तर कला साहित्य र कलाकारको हितमा लगानी गरिने छ, जसको सम्पूर्ण विवरण www.iafeu.com मा चांडैनै राखिने छ। धन्यवाद .....
- उज्ज्वल केसी - अध्यक्ष
यूरोप महाशाखा - अन्तराष्ट्रिय कलाकार मंच
for detail click www.iafamerica.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक