20130403

जँगली मानसिकता जब शहर पस्छ यस्तै हुन्छ, बनाउन त के सक्छौ र बैद्य बा, भत्काउ, बिगार, कब्जा गर अरु त के नै जानेका छौ र ?? नियम कानुनको पालना नभएको देशमा तिमीहरु नै राजा !

बैद्य माओवादी कार्यकर्ताले एनसेलका २० वटा मूख्य टावर भत्काए, अन्तरिम चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीको जग्गा कब्जामा लिए !
मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीका कार्यकर्ताहरुले काठमाडौं उपत्यकाका महत्पुर्ण २० वटा टावर तोडफोड गरेका छन । सञ्चार छापाखाना र प्रकाशन मजदुर संघका नाममा गएका माओवादी कार्यर्ताले काठमाडौंको बालाजु र भक्तपुर गरी एनसेलका २० वटा मूख्य टावरहरु ध्वस्त बनाई दिएका हुन । निष्काशित मजदुरहरुको आक्रमणबाट ८१ वटा साइटमा सम्पर्क विच्छेद भएको बताइएको छ । बालाजुमा ध्वस्त गरिएका टावरबाट सानो भर्‍याङ, ठूलो भर्‍याङ, ककनी, टोखा, नुवाकोटदेखि रसुवासम्मका सबै साइट टावरहरु निष्कृय भएका छन् । भक्तपुर नयाँ ठिमीका मूख्य टावरध्वस्त हुँदा काभ्रे, सिन्धुपाल्चोक हुँदै नेपाल चीन सीमाना तातोपानीसम्मका ६२ वटा साइट निष्कृय भएका छन् । नेकपा–माओवादी निकट मजदुरहरुको आक्रमणबाट यसअघि १४ वटा मूख्य टावहरु ध्वस्त भएका थिए । आक्रमणबाट क्षतिग्रस्त भएका टावरहरु एनसेलले अहिलेसम्म मर्मत गर्न सकेको छैन । नेपाल स्याटलाइट टेलिकम ‘हेलो नेपाल’बाट निष्काशित ८७ जनाकर्मचारीहरुलाई विनासर्त पुनःवाहालीको माग राखेर मजदुरहरु मंसिर–२० गतेदेखि आन्दोलन गर्दै आएका छन् । सन् २०११ मा हेलो नेपाललाई बहुराष्ट्रिय कम्पनी टेलियासोनेराले खरिद गरेपछि अहिले टेलियासोनाको नेपाल मूख्यालय एनसेलमा पनि आन्दोलनसुरु भएको थियो । गत सोमबार कलंकीस्थित एनसेल सेन्टरमा मजदुरहरुले आक्रमण गर्दा ३ करोड बराबरको क्षति भएपनि टेलियासोनेराले सो घटनालाई सार्वजनिक गरेको
छैन । बुधबार ध्वस्त भएका २० वटा टावरबाट सञ्चालित ८१ वटा साइटहरु निष्कृय हुँदा दैनिक आम्दानी हुने करोडौं रकम टेलियासोनेरालाई घाटा भएको छ । माग पुरा गर्न दवाव दिने उद्देश्यले मजदुरहरु टावर र एनसेलका सेन्टरहरु ध्वस्त गर्न बाध्य भएको मजदुरहरुको भनाइ छ ।
नेकपा-माओवादीले अन्तरिम चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीको जग्गा कब्जामा लिएको छ । रेग्मीको बर्दिया खैरीचन्दनपुर गाविसमा रहेको करिव १५ विगाहा जग्गा सहित अन्य तीन जनाको एक सय १४ बिगाहा जग्गा नेकपा-माओवादीले कब्जा गरेको हो ।

नेकपा-माओवादीका कार्यकर्ता र स्थानियवासीहरुले रेग्मीसँगै उनका ससुरा लक्ष्मी प्रसाद शर्माको ३५ विगाहा र स्थानिय जमिनदार युवराज शर्माको ६५ विगाह जग्गा कब्जा गरेको बताइएको छ । रेग्मीले राजीनामा नदिए यसैगरी सबै सम्पत्ति कब्जा गर्ने जिल्ला सेक्रेटरी द्रव्य शाहले बताएका छन् ।

शाहले जनयुद्धको समयमा पनि जग्गा कब्जा गरिएको तर किसानहरुको समस्या समाधान नभएको र माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईले कब्जा गरिएका जग्गा फिर्ता गर्दै हिँडेकाले भूमिहिनहरुको अधिकार रक्षाका लागि फेरि जग्गा कब्जा गरेको बताए ।
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक