20130405

विदेशी मुद्रा तस्करीमा संलग्न भएको अभियोगमा SSP रविराज श्रेष्ठ पदबाट बर्खास्त

ssp-raviraj-shrestha विदेशी मुद्रा तस्करीमा संलग्न भएको अभियोगमा SSP रविराज श्रेष्ठ पदबाट बर्खास्त भएका छन् । गृहमन्त्रीस्तरी बैठकले शुक्रबार श्रेष्ठको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्तको निर्णय गरेको गृह प्रवक्ता शंकरप्रसाद कोइरालाले जानकारी दिनुभयो । श्रेष्ठलाई भविश्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी बर्खास्त गरिएको हो । गत असोज २१ गते फ्लाई दुबईको विमानबाट दुबई पठाउन लागेको अवस्थामा १ करोड ५४ लाख मूल्य बराबरको विदेशी मुद्रा बरामद भएको थियो । लगतै श्रेष्ठ निलम्बनमा परेका थिए । अनुसन्धानका क्रममा प्रहरी प्रधान कार्यालयले गठन गरेको समितिले समेत श्रेष्ठलाई मूख्य मतियार ठहर गरेपछि प्रहरी महानिरीक्षक कुवेर सिंह रानाले निलम्बनका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । श्रेष्ठका सहयोगी प्रहरी हवल्दार सोभित कार्की भने धरौटी तिर्न नसक्दा कारगारमा छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक