20130424

प्रचण्डले भने "हामी त सवै ठगैठग हौं कि जस्तो लाग्दैछ , माओवादी कार्यकर्ता, कम्युनिष्ट पार्टीका सदस्यहरु त ठगैठग, भ्रष्टैभ्रष्टहरुको जमात बन्दैछ । यस्तै हो भने जनताले हामीलाई डोरी लाएर झुण्डाउँछन ।"

Prachandaराजनीतिमा देखिएको ठगी र दलाली प्रबृत्तिबाट एमाओवादी अध्यक्ष प्रचण्डसमेत डराएका रहेछन भन्ने हालै एक गोप्य कार्यक्रमका उनले गरेको सम्बोधनबाट पत्ता लागेको छ ।
खासगरि माओवादी कार्यकर्तामा बढ्दो कमाउ र ठेकेदारी प्रबृत्तिप्रति इंगित गर्दै प्रचण्डले केही दिनअघि अनेरास्वबियुको प्रशिक्षण कार्यक्रममा भने-’ हामी त सवै ठगैठग हौं कि जस्तो लाग्दैछ । दुःख गर्ने, मिहिनेत गर्ने, उत्पादन गर्ने त हिजोआज बुद्धि नभएको भनेर हेपिंदै गएका छन । ट्याक्कटुक्क पार्ने, नेताहरुको फेरो समातेर हाट्टहुट्ट गरी गोजी भर्नेहरु टाठाबाठा र बुद्धिजिवी भनेर चिनिदै छन् ।’ प्रचण्डले आफ्नै कार्यकर्तालाई भने-’माओवादी कार्यकर्ता, कम्युनिष्ट पार्टीका सदस्यहरु त ठगैठग, भ्रष्टैभ्रष्टहरुको जमात बन्दैछ । यस्तै हो भने जनताले हामीलाई डोरी लाएर झुण्डाउँछन ।’ बुधबार प्रकाशित जनआस्था साप्ताहिकका अनुसार स्वबियु चुनावलाई लक्षित गरी आयोजित प्रशिक्षणमा प्रचण्डले बिद्यार्थीलाई हौस्याँदै पैसा, सहयोग र संयोजन पार्टीले गर्ने आश्वासन दिएका थिए । उनले स्वबियु
चुनावलाई मानिसहरुले जनमतसंग्रहको रुपमा हेरेको समेत बताएका थिए । यसैवीच प्रचण्डले आफ्नै उपाध्यक्ष बाबुराम भट्टराईको भनाईलाई खण्डन गर्नेगरी प्रशिक्षणमा अभिब्यक्ति दिएका छन । नारायणकाजी र बाबुरामलाई छेउमा राखेर उनले आफुले राष्ट्रपतिले कहिले कु गर्लान भनेर कुरेको भएपनि उनले आँटै गर्न नसकेको बताए । ‘राष्ट्रपतिले कु गर्लान भनेर कुर्दाकुर्दै आँटै गर्न सकेनन् । उनले बुझेछन क्यारे ‘कू’ गर्‍यो भने त्यसको फाइदा माओवादीलाई पुग्छ भनेर ।’ प्रचण्डले प्रशिक्षणमा भने-’हामी हेर्दाहेर्दै थाक्यौँ, केही नलागेपछि लौ त नी भनेर प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने एजेण्डा अगाडी सार्‍यौं । केही गर्दा पनि सरकार छाड्न नसक्ने र सरकारमा बसेर पनि बदनाम मात्र हुने अबस्था आएपछि त्यसो गर्नुपरेको हो ।’ माओवादीलाई घिटिघिटि हुनेगरी सरकारमा राख्ने र ‘देख्यौ, केही गर्न सकेन’ भनेर हल्ला गर्न थालेपछि सरकार छाड्नु परेको प्रचण्डको प्रष्टीकरण थियो । - online khabar

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक