20130424

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको मानसिक अबस्था ठिक नभएकाले उपचारार्थ राँची लैजानुपर्ने बताए !

'आजमात्रै मलाई दिल्लीबाट खबर आएको छ, यसै साता म दिल्ली जाँदैछु ।' : पुष्पकमल दाहाल
एमाले बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार  नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको मानसिक अबस्था ठिक नभएकाले उपचारार्थ राँची लैजानुपर्ने बताएका छन् । एमाले समाप्त भइसककेको दाहालको भनाइबाट आक्रोसित नेपालले लोकतन्त्र दिवसको अवसरमा सर्लाहीको घुर्कौलीस्थित  द्वन्द्व पीडित बालगृहमा बुधवार आयोजित कार्यक्रममा शाही शासनका बेला ज्ञानेन्द्रले पनि जनताको शक्ति नदेख्दा विनास ब्यहोर्नुपरेको स्मरण गराए । 'एमाले कहाँ छ भन्ने सम्मका मानसिक रोगका शिकार नेता यहाँ छन,' उनले दाहालको नाम उल्लेख नगरि भने, 'तिनलाई तुरुन्त राँचीमा भर्ना गर्नुपर्छ ।' एमालेलाई अन्धाले नदेख्ने, बहिराले नसुन्ने र बौलाहाले बुझ्न नसक्ने नेपालले वताए अर्को प्रसंगमा नेता नेपालले दाहाल विदेश जाँदैमा देशको प्रतिनिधित्व गरेको मान्न नसकिने बताए ।लोकतन्त्र दिवसको अवसर पारेर चेतना सन्देश नेपालले घुर्कौलीमा संचालन गरेको बालगृहमा अभिभावक गुमाएका रौतहटका १८ महिने एक बालक जिम्मा लगाउन
नेपाल आएका थिए ।  

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा एमाले पार्टी अब नरहेको बताएका छन् । उनले अब मुलुकमा कांग्रेस र एमाओवादीमात्र रहेको बताए । गुलरियामा सोमबार भएको आमसभामा दाहालले जनताले अब एमाओवादी वा कांग्रेस कसलाई रोज्ने निर्णय गर्नुपर्ने बताए । 'एमालेका परिवर्तन पक्षधरहरु चाहे अशोककुमार राईको संघीय समाजवादी पार्टी होस् वा रामचन्द्र झाहरुले छाडिसके,' उनले भने, 'अब एमाले कहाँ छ, एमाले छैन, एमाले सकियो ।' दाहालले एमालेबाट अझै केही नेताहरु एमाओवादीमा आउने दाबी गरे । 'एमालेका केही कम्युनिष्टहरु बाँकी हुनुहुन्छ, उहाँहरु आउनुहुन्छ,' उनले भने, 'यस विषयमा छलफल भइरहेको छ ।'

दाहालले एमाओवादीबाट फुटेका मोहन वैद्यहरुले नेपाली कम्युनिष्ट आन्दोलनलाई सिध्याउने बताए । उनीहरुले क्रान्तिलाई कितावमा सीमित गर्न खोजेको उनको भनाइ छ ।



दाहालले आफू एक साताभित्र छिमेकी मुलुक भारत जाने तय भएको खुलासा गरे । 'आजमात्रै मलाई दिल्लीबाट खबर आएको छ,' उनले भने, 'यसै साता म दिल्ली जाँदैछु ।' दाहालले बेइजिङ र दिल्लीलाई जोड्ने क्रान्तिकै रणनीति भएको बताए । दाहालले आफूलाई बेइजिङमा राष्ट्राध्यक्षको सम्मान पाएको उल्लेख गरे । 'म अहिले प्रधानमन्त्री छैन, म भूतपूर्व भइसकें,' उनले भने, 'बेइजिङमा  मलाई राष्ट्राध्यक्षको सम्मान दिइयो ।'



दाहालले एमाओवादी मोर्चाबन्दी गरेर चुनावमा लड्ने भएपछि कांग्रेस र एमालेको दिमाग खराव भएको बताएका छन् । उनले यसपटकको चुनावमा मुद्दा मिल्नेसँग एकता गर्ने बताए । एमाओवादीले दुई तिहाई ल्याउने भएपछि कांग्रेस र एमालेले मोहन वैद्यलाई देखाएर चुनाव हुन नसक्ने तर्क गरिरहेको उनले बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक