20130423

हप्तामा एक पटक श्रीमान श्रीमतीबीच झगडा हुनु आवश्यक छ रे ! लौ जा पुराण सुन्दा फाईदा नै रहेछ !

हप्तामा एक पटक श्रीमान श्रीमतीबीच झगडा हुनु आवश्यक रहेको पछिल्लो अध्ययनले देखाएको छ । भारतमा गरिएको सर्भेक्षण अनुसार सयमा ४४ दम्पतीले आफुहरुको सुखी तथा खुसी वैवाहिक जिवनको राज हप्ताको एक दिन हुने झगडा भएको खुलासा गरे । सर्भेक्षणले हप्तामा एक पटक हुने श्रीमान श्रीमतीबीचको झगडाले दम्पतीबीचको संचारलाई प्रभावकारी बनाउन सहयोग पूराउने र त्यसको प्रभाव दिगो वैवाहिक सम्बन्धमा रहने देखाएको छ । ‘यस्ता झगडाले श्रीमान श्रीमतीलाई झन नजिक बनाउँछ र आपसमा रहेका भ्रम मेट्न समेत सहयोग पूराउँछ’, अध्ययनमा भनिएको छ सम्बन्ध दहि्रलो बनाउन लोग्ने स्वास्नीबीच सन्तुलित झगडा आवश्यक हुन्छ । झगडाले दम्पतीलाई एक अर्काप्रति सम्वेदनशील हुन तथा मनको कुरा बुझ्न सहयोग गर्ने अध्ययनकर्ताको दाबी छ । अध्ययनले भारतमा मुम्बइ र दिल्लीका दम्पतीहरु कम झगडालु दम्पती रहेको र ३२।३३ प्रतिशत दम्पती एक महिनामा बढिमा एक पटक मात्र झगडा गर्ने गरेको देखाएको छ । अध्ययनले उमेर बढ्दै जाँदा लोग्नेस्वास्नीबीचको झगडाको दर पनि घट्दै जाने देखाएको छ । २० देखि २५ वर्ष उमेर समूहका लोग्ने स्वास्नीबीच सबैभन्दा बढि झगडा हुने गरेको पनि देखिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक