20130519

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नायिका रेखा थापाको चरीत्रमा कुनै फरक नभएको बताए आचार्यले !

-राजेन्द्र आचार्य
Narahari-Acharyaचितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरी आचार्यले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नायिका रेखा थापाको चरीत्रमा कुनै फरक नभएको बताएका छन् । नेपाली कांग्रेस चितवनले शुरु गरेको एक महिने चुनावी अभियान अन्तर्गत आईतबार पूर्वी चितवनको पिल्लेमा आयोजित कार्यक्रममा नेता आर्चायले झुटको खेती गर्ने दाहालले आफ्नो चरित्रसंग मेल खाने नायिका रेखा थापा भित्राएकोमा अचम्म नमान्न कार्यकर्तालाई आग्रह गरे । ‘प्रचण्ड आफै झुटको खेती गर्न कलाकार हुन्, आचायले भने–रेखाजी जस्तो झुट र नाटक गर्ने कलाकार ल्याउनु पार्टीमा अब झुट अभियान चलाउनु हो ।’ उनले एमाओवादी र एमालेमा एकबाट अर्को पार्टीमा प्रवेश गर्नु नौलो नभएको भन्दै यो जनतालाई भ्रममा पार्ने रणनीतिको भएको संज्ञा दिए । निर्वाचन मिति घोषणमा सरकारले ढिलाई गरे सरकारको आयू सिद्धिने भन्दै तत्कालै चुनावको घोषण गर्न माग गरे । एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा
पिल्ले गाविसका ४०० जना अगुवा कार्यकर्ताहरु सहभागि थिए ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउनुपर्ने बताउनुभएको छ।

जनवादी क्रान्ति पूरा गर्नका लागि नेपालमा दुई तिहाइ जनसंख्या ओगटेका वामपन्थीहरूबीच एउटै कम्युनिस्ट केन्द्र बनाएर जानुपर्नेमा जोड दिँदै अध्यक्ष प्रचण्डले फरक–फरक कम्युनिस्ट पार्टी बनाउनुको औचित्य नभएको बताउनुभयो। ‘अहिलेको वस्तुगत आवश्यकता कम्युनिस्टहरूको एकता नै हो’, उहाँले भन्नुभयो– ‘दुई तिहाइ वामपन्थी शक्तिको एकताबाट मात्रै परिवर्तनलाई संस्थागत गर्न सकिन्छ।’

एकीकृत नेकपा माओवादीले शनिबार पेरिसडाँडामा एमालेबाट एमाओवादीमा प्रवेश गर्नुभएकी उर्मिला अर्याल र कलाकार रेखा थापालाई स्वागत गर्न आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संघीयता र समानताको पक्षधर कम्युनिस्टहरू एकताबद्ध हुँदा मात्रै बाँकी कार्यभार पूरा गर्न सकिने बताउनुभएको हो। ‘टुट, फुट र विभाजनबाट परिवर्तन संस्थागत हुन सक्दैन’ –उहाँले भन्नुभयो।

एमाओवादी शान्तिप्रक्रियामा आएपछि नेकपा एमालेसँग आफ्नो पार्टीले एकताको प्रस्ताव राखे पनि अस्वीकार गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले गत संविधासभामा कार्यगत एकता गर्न समेत एमालेले नमानेको बताउनुभयो।

‘सिंगो एमालेसँग नै हामीले एउटै कम्युनिस्ट केन्द्र बनाएर जानुपर्छ भनेर प्रस्ताव गरेका थियौं’, उहाँले थप्नुभयो– ‘एमालेका साथीहरू त कम्युनिस्ट विचार र सिद्धान्तबाट धेरै टाढा पुगिसक्नुभएको रहेछ त्यसकारण सहकार्यको प्रयास सफल हुन सकेन।’ चुनावमा तालमेल गरेर जाऔं भनेर अन्तिमसम्म छलफल र वार्ता भएको उल्लेख गर्दै उहाँले एमालेको नेतृत्वले पाँच दस सिट आउने आँकलन गरेर खिल्ली उडाउने काम गरे पनि एमालेकै कार्यकर्ताको मतबाट एमाओवादी ठूलो पार्टी बन्न पुगेको बताउनुभयो। एमालेलाई ठण्डा दिमागले सोच्न आग्रह गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘उत्तेजनामा आएर केही फाइदा हुँदैन।’ एमाओवादी अझै एउटै कम्युनिस्ट पार्टी बनाएर जानुपर्ने पक्षमा छ। उहाँले एमालेसँग पनि पार्टी एकता गरेर अगाडि बढ्न सकिने बताउनुभयो।

पुरानै घरमा फर्किए ः अर्याल
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेतृ उर्मिला अर्यालले नेकपा एमालेमा इमानदार कार्यकर्तालाई ओझmेलमा पारिएको र बहुकेन्द्र मौलाएकाले पुरानै घरमा फर्किएको बताउनुभयो। ‘एमालेमा इमानदार कार्यकर्ता जिम्मेवारीविहीन हुँदै जाने र गुटको पछि लाग्ने प्रथा झाङ्गिदै गयो’, अर्यालले भन्नुभयो– ‘म पनि रोएर आएको छु।’

‘एमाओवादी पार्टीमा पनि समस्या छन्, शीर्ष नेतृत्व एक हुनुपर्नेमा जोड दिँदै अर्यालले कार्यकर्ताको योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिए मात्रै पार्टी बलियो हुने बताउनुभयो। अझै पनि पार्टीमा संकीर्णता रहेको उल्लेख गर्दै अब पनि पार्टीले चन्दा मागेर जनतालाई दुःख दिने होइन, महाधिवेशनबाट पार्टीले पारित गरेको उत्पादनसँगको नीतिलाई व्यावहारिक रूपमा लागू गर्न माग गर्नुभयो। पार्टीसँग जिम्मेवारीको विषयमा आफूले कुनै सर्त नराखेको उल्लेख गर्दै २४ वर्षअघि झुपडीबाट शुरू गरेको राजनीति अब पनि झुपडीबाटै शुरू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

राष्ट्रको सेवा गर्छु ः थापा
कार्यक्रममा नायिका रेखा थापाले आफ्नो रगतमा पनि सहिदको रगत रहेको बताउनुभयो। ‘नेपालको परिवर्तका लागि मेरा पुर्खाहरूले पनि रगत बगाउनुभएको छ’, उहाँले भन्नुभयो– ‘पार्टी र देशका लागि म पनि काम गरेर देखाउन चाहन्छु।’ आफूले आजसम्म नेपाली दर्शकलाई मनोरञ्जन मात्रै दिएको बताउँदै थापाले अब देश र जनताका लागि सेवा गर्ने बताउनुभयो। कार्यक्रममा उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, महासचिव पोस्टबहादुर बोगटीलगायतका नेताहरूको सहभागिता रहेको थियो। 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक