20130519

मुलुक ठूलो दुर्घटनामा पर्ने कमल थापाको दाबी


राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेकै असफलताले निरन्तरता पाए मुलुक ठूलो दुर्घटनामा पर्ने दाबी गर्नुभएको छ। राप्रपा नेपाल सुर्खेतले मेहलकुनामा गरेको आमसभामा उहाँले असफलताको अन्त्य गरी मुलुकलाई निकास दिन चाँडो चुनाव गर्नुपर्ने बताउनुभयो। परिवर्तनको नाममा जनतालाई झूटो आश्वास दिएकै कारण भुसको आगोझैं जातीय सद्भाव खलबलिन पुगेको उहाँले दाबी गर्नुभयो। परिवर्तनको नाममा भएका घिनलाग्दा क्रियाकलपाले वाक्कदिक्क भएका जनता अहिले नयाँ विकल्पको खोजीमा रहेको बताउनुभयो। ठूला दलहरूको अकर्मण्यता र सत्तालोलुपताले गर्दा नयाँ संविधान बन्न नसकेको, लोकतन्त्र संस्थागत र जनताको परिवर्तनको चाहना अधुरै रहेको उहाँको भनाइ छ। वर्तमान सरकारलाई चार दलको कठपुतलीको संज्ञा दिँदै संविधानसभाको चुनावमा ध्यान केन्द्रित गर्नुको सट्टा रेग्मी सरकार भाषण र नियुक्ति गर्नमै व्यस्त रहेको आरोप लगाउनुभयो।  जनताबाट तिरस्कृत भएको महसुस गरेका चार दलले चुनाव नचाहेको भन्दै उहाँले चुनावमा गए पराजित हुने डरले चुनावलाई पन्छाउन खोजेको उल्लेख गर्नुभयो। दुई महिना बित्दा पनि सरकारले चुनावको मितिसम्म पनि घोषणा नगर्दा अब चुनाव हुन्छ कि हुँदैन भन्ने आशंका समेत उब्जिन थालेको बताउनुभयो। अध्यक्ष थापाले नक्कली लडाकू खडा गरेर माओवादीका नेताहरूले कराडौं रकम भष्ट्राचार गरेको आरोप लगाउनुभयो। उहाँले सधैं चमत्कार र नयाँ नेपालको कुरा गर्ने माओवादीले मान्छे मार्ने र
भष्टाचार गर्नेबाहेक अरू कुनै चमत्कार नगरेको समेत बताउनुभयो।

उपाध्यक्ष धवलशमशेर राणाले आफूलाई ठूलो पार्टीका रूपमा दाबी गर्दै आएका राजनीतिक दलहरू जनताबाट विस्तारै तिरस्कृत हुँदै गएको बताउनुभयो।
यस्तै केन्द्रीय सदस्य मुकुन्द्रश्याम गिरीले अबको संविधानसभाको चुनावमा सोचविचार गरेर मात्र मतदान गर्न जनतालाई आग्रह गर्नुभयो।

कार्यक्रममा केन्द्रीय सदस्यहरू वसन्तकुमार थापा, घनश्याम गिरी, विष्णु भण्डारी, दशरथ जोशी, जिल्ला अध्यक्ष भरतविक्रम ढकाल, सचिव अमृत राना, नगर अध्यक्ष टंक रेग्मी, महिला अध्यक्ष कर्णकुमारी श्रेष्ठलगायतले आफ्नो भनाइ राख्नुभएको छ।

क्षेत्रीय अधिवेशन राप्रपा नेपाल क्षेत्र नं १ सुर्खेतका संयोजक कर्णबहादुर शाहीको सभापतित्वमा भएको हो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक