20130518

नेकपा—माओवादीले आम्दानी रकम अमेरिका लगेको भन्दै जिल्लाको सदरमुकाम खाँदबारीमा रहेको सूर्य बोर्डिङ कब्जा


नेकपा—माओवादीले आम्दानी रकम अमेरिका लगेको भन्दै जिल्लाको सदरमुकाम खाँदबारीमा रहेको सूर्य बोर्डिङ कब्जा गरेको छ। कक्षा नर्सरीदेखि कक्षा १० सम्म पढाई हुँदै आएको सो विधालय( बोर्डिङ) माआवादीले कब्जा गरेपछि ६ सयभन्दा बढि विद्यार्थीको पठनपाठनमा असर पर्नुका साथै भविष्य नै अन्यौलमा परेको छ। नेकपा—माआवादीले आज विज्ञप्ति प्रकाशित गर्दै झन्डै ३० वर्ष अगाडि स्थापना भएको सूर्य बोर्डिङको करिब रु १० करोडभन्दा बढिको भौतिक संरचना र जग्गा जमिन कब्जा गरेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ विधालय सञ्चालक नारायण श्रेष्ठले स्कुलको सम्पूर्ण आम्दानी अमेरिका भित्रयाएको, शिक्षकहरुमाथि श्रमशोषण गरेको, विद्यार्थीबाट अत्यधिक शुल्क असुलेको जस्ता आरोप विद्यालयलाई लगाइएको छ । विद्यालय माओवादीले कब्जा गरेपछि स्थानीयवासी र विद्यार्थीमा त्रास फैलिएको छ। विद्यालयमा रहेका ६ सय विद्यार्थीमध्ये अमेरिकाको  छात्रवृत्तिबाट विद्यालयमा  १४१ जना विद्यार्थी पढ्दै आएका थिए । त्रसित विद्यार्थी र अभिभावकलाई कब्जा गरिएको बोर्डिङ कब्जामुक्त बनाउन पहल थालिने प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले आश्वासन दिएका छन्। 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक