(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20130514

श्रीमान खिलराज रेग्मीको सरकारले त गर्नु गरेछ नि हगी ! लौ हेर्नुस सरकार आफैले सार्वजनिक गरेको वैशाख महिनामा गरेका कामहरु !

श्रीमान, उद्घाटन, समापन, काम न काजका भेटघाट, फोटो सेशनहरु र बिहे भोजको लिस्ट पनि समाबेश गरेको भए काम को फेहरिस्त अझ धेरै र राम्रो हुन्थ्यो कि ?!   
१. वैशाख-२ : काठमाडौं उपत्यकामा विस्तारित सडकको कार्यलाई तिव्रता दिन मन्त्रिपरिषद्का अध्यक्षले उच्चस्तरीय अनुगमन समितिका पदाधिकारीहरुलाई निर्देश गर्नु भएको छ । करिव २०० किमि सडक विस्तारित भैरहेकोमा २०७० वैशाख भित्र २५।३० किमि र जेठ भित्र करिव ५०।६० किमि कालोपत्रे भैसक्ने र हाल संचालित काममा २०७० असार मसान्त सम्ममा ९० प्रतिशत काम हुने उच्च स्तरीय अनुगमन समितिको अनुमान छ । २. वैशाख ४ गते : गणतन्त्रको भावना अनुरुप नभएका विभिन्न १०२ वटा नियमावलीमा रहेका श्री ५ महाराजधिराज, शाही, नरेश, श्रीपेच, वाहुली निशाना, गरिवक्सेका, गथगादी, अधिराज्य, अंचलाधिश र पंचायत जस्ता शब्द हटाउने गरी वर्तमान सरकारले नियमहरुको संशोधन गरेको छ । ३.वैशाख ५ गतेको मन्त्रिपरिषद्को वैठकले नेपालभरी दुई चरणमा नागरिकता टोली खटाउने निर्णय गर्यो । मतदाता नामावली संकलन र नागरिकता टोलीले घुम्ती शिविर मार्फत विभिन्न सेवा सुविधा पुर्‍याउने काम भैरहेको छ । ४. सरकारले गठन गरेको परामर्श तथा समन्वय समितिले संघीय लोकतान्त्रिक मोर्चा, नेपाल आवद्ध ८ दलसँग
२०७० वैशाख ८ र वैशाख १९ गते गरी दुई पटक औपचारिक वार्ता गरेको छ । समितिले २०७० वैशाख १८ गते संघीय समाजवादी पार्टी, नेपालसँग औपचारिक वार्ता गरेको छ । ५.मं.प.को वैशाख ५ गतेको वैठकले भारत सरकारले प्रदान गर्ने गान्धी शान्ति पुरस्कारका लागि सिफारिस गर्न तीन सदस्यीय मन्त्रीस्तरीय कमिटी गठन गरेको र वैशाख १२ गतेको मं.प.को वैठकद्धारा लुम्विनी विकास कोषलाई यस पुरस्कारका लागि सिफारिस गर्ने निर्णय गरेको छ । ६. २०७० वैशाख २२ गते वसेको संवैधानिक परिषद्को सिफारिस बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्की, लोक सेवा आयोगको अध्यक्षमा कयोदेवी यमी र महालेखा परीक्षकमा भानु प्रसाद आचार्यको नियुक्ति भएको छ । जसवाट भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने अपेक्षा गरिएको छ । ७. २०७० वैशाख २७ गते सरकारले विभिन्न ४० दलसंग दोस्रोपटक सर्वदलिय अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ८.२९ गते राष्ट्रिय योजना आयोगले २९ औं राष्ट्रिय विकास समस्या समाधान समितिको वैठक बस्यो । मन्त्रिपरिषद्का सम्माननीय अध्यक्षले निर्वाचनका लागि सुशासन आवश्यक पर्ने कुरामा जोड दिंदै विकास निर्माणका आयोजनाहरुको कार्यान्वयनमा जोड दिन, परिणाममुखी काम गर्न, जनता केन्द्रीत हुन, राष्ट्रिय गौरवका आयोजना र पूँजिगत खर्च बढाउन थप मिहिनत गर्न आग्रह गर्नुभयो । ९। २०७० वैशाख ३० गतेको मं.प.को वैठकले नेकपा-माओवादी र सो दल सहितको मोर्चालाई वार्तामा आउन औपचारिक रुपमै आव्हान गरेको छ । स्वतन्त्र, निश्पक्ष, भयरहित, विश्वसनीय र समावेशीढंगले निर्वाचन सम्पन्न गराउन शान्ति सुरक्षालाई विशेष सुद्धढ तुल्याउन र अपराध नियन्त्रणमा विशेष पहल शुरु गरिएको छ । निर्वाचन केन्द्रीत विशेष सुरक्षा योजना तर्जुमा भएको छ । सुरक्षा निकायहरुमा निर्वाचन इकाइ गठन गरिएको छ । १०. सम्पत्ती शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण (दोस्रो संशोधन), अध्यादेश, २०७० र कसूरजन्य सम्पत्ती तथा साधन -रोक्का, नियन्त्रण तथा जफत), अध्यादेश, २०७० जारी गर्न आवश्यक गृहकार्य अन्तिम चरणमा पुगको छ । ११. वर्तमान सरकार गठन भएपछि वैदेशिक सहायतामा वृद्धि भएको छ । जापान, विश्व बैंक, भारत, एशियाली विकास बैंक र युरोपियन युनियन लगायतबाट सरकारले सहयोगको प्रतिवद्धता पाएको छ । १२.२०६९ चैत्रमा नेपाल सरकारले रु. ३१ अर्व ६५ करोड राजश्व असुली गर्ने लक्ष्य राखेकोमा करिव रु. ३४ अर्व असुली भएको छ । यसरी लक्ष्य भन्दा वढी राजश्व असुली भएको छ । साथै, हालै राजश्व असुलीको वृद्धिदर २२.३ प्रतिशत रहेको छ । १३.हाल सरकारको ट्रेजरीमा करिव रु. ५४ अर्व वचत रहेको छ । साथै, विदेशी मुद्राको संचिति पनि रु. ४७४ अर्व १६ करोड वरावर छ । वर्तमान सरकार गठन भएपछि समष्टिगत अर्थतन्त्रमा परिसूचकहरु सकारात्मक दिशातर्फ उन्मुख हुन थालेका छन् । १४. नेपाल सरकारका मुख्य सचिवले निर्वाचनका लागि तयार रहन, कर्मचारीलाई विदा नछोड्न, काज फिर्ता गर्न, सवारी साधन लगायनको मर्मत गर्न, निर्वाचनमा खटिने र नखटिने कर्मचारीको सूची दुरुस्त गर्न, नयाँ कार्यक्रम प्रारम्भ नगर्न तथा विदेश भ्रमण कम गर्न सबै सचिवलाई निर्देशन दिनु भएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक