20130513

सर्वोच्च अदालतका न्यायाधिश रणबहादुर बमको हत्यामा तत्कालिन गृहमन्त्री विजय कुमार गच्छदारको सहयोग भएको हुन सक्ने आशंका !

सरकारका वहालवाला दुइजना मन्त्रीलाइ ज्यान मार्ने धम्की
 सर्वोच्च अदालतका न्यायाधिरणबहादुर बमको हत्यामा तत्कालिन गृहमन्त्री विजय कुमार गच्छदारको सहयोग भएको हुन सक्ने आशंका प्रहरीको विषेश टोलीले गरेको छ । बमको हत्यापछी तत्कालिन गृह प्रशासनले गरेको व्यवहार र सुरक्षा निकायले अनुसन्धानमा गरेको ढिलाइले पनि यस आंशकालाई बल पुर्याएको छ । बमको हत्यामा भारतीय अपराधिक समूहको हात रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीले गरेको अनुसन्धानका क्रममा उक्त भारतीय अपराधिक समूहसँग गच्छदारको नियमति सम्पर्क रहेको देखिएपछी उनी पनि यस हत्यामा संलग्न रहेको हुन सक्ने आशंका बढेको हो । प्रहरीको विषेश टोलीले गरेको कल डिटेल्स अनुसन्धानमा गच्छदारले नियमित रूपमा भारतीय जेलमा रहेका बब्लु श्रीवास्तवसँग सम्पर्कमा रहने गरेको खुलेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) उच्च स्रोतका अनुसार गच्छदारसँग बब्लुको सम्पर्क गराउने काम नेपालमा रहेर बब्लुको समूहका लागी काम गर्दै आऐका दीपक शाही 'बब्बु'ले गरेका हुन् । न्यायाधिष बम र सञ्चार व्यापारी जमिम शाहको हत्यामा एउटै आपराधिक समूहको संलग्नता रहेको समेत अनुसन्धानमा संलग्न अधिकारीहरुको दावी रहेको आजको दृष्टि साप्ताहिकले छापेको छ । बमको हत्या हुनुअघि र पछी बब्बुले गच्छदारलाई सात पटकसम्म भेटेको बताइएको छ । बमलाई बकराद अहमद नामका ब्यक्ति गोली प्रहार गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । भारतीय सुरक्षा एजेन्सीको लागि
काम गर्ने भारतीय नागरिक अहमदले नै जमिम शाहलाई पनि गोली हानेको बताइएको छ । प्रहरीले अहमदलाइ नम्बर एक सुटरका रूपमा समेत उल्लेख गरेको छ । न्यायाधिश बमको हत्या बब्लुकै निर्देशनमा भएको निष्कर्षमा प्रहरी पुगेको छ । न्यायाधिष बमको गत वर्ष जेठ १८ गते शंखमुल पुल नजिकै गोली हानी हत्या गरिएको छ । बब्लु भारतको लखनउ जेलमा रहेपनि भारतीय सुरक्षा नियाकमार्फत भारत विरोधी भनेर चिनिने व्यक्तिहरुको हत्या गराउने प्रहरीको दावी छ ।
लोकमानसिह कार्कीलाइ अख्तियार दुरुपयोग आनुसन्धान आयोगमा नियुक्ती प्रकरणमा सरकारका वहालवाला दुइजना मन्त्रीलाइ ज्यान मार्ने धम्की आएको एउटा प्रतिष्ठित पत्रिकाले खुलासा गरेको छ । आइतवार प्रकाशित हिमाल खवर पत्रिकाले संवैधानिक परिषदका सदस्य रहेका संचारमन्त्री माधव पौडेल सहित अर्का एक मन्त्रीलाइ ज्यान मार्ने धम्की आएको उल्लेख गरेको छ ।
संवैधानिक परिषदको बैठक बस्ने दिन बिहान झिसमिसेमा राष्टपति कार्यालय शीतल निवास पुगेका दुइजना मन्त्रीले आफूहरुमाथी ज्यान लिने धम्की आएको बताएका हिमाल खवर पत्रिकाले उल्लेख गरेको छ । हिमाल खवर पत्रिकाले दावी गरेर लेखेको छ–
"३ वैशाख बिहान झिसमिसेमै दुईजना बहालवाला मन्त्री शीतलनिवास पुगेर ज्यान लिने ‘थ्रेट’ पाएको गुनासो राष्ट्रपतिलाई सुनाएका थिए । ती मन्त्रीले ‘मन्त्री हुँदैमा सुरक्षित हुने भए मिर्जा दिलसाद बेग मारिंदैनथे’ भन्ने सुझावसहितको चेतावनी पाएको त्यहाँ बताएका थिए । स्रोतका अनुसार, बहालवाला मन्त्रीहरूलाई त्यस्तो ‘थ्रेट’ सल्लाहका रूपमा सुरक्षा निकायबाटै आएको थियो ।"
मन्त्रीद्धयलाई धम्की दिइएको बिषयमा मिर्जादिल सादवेगको हत्या प्रसंगपनि जोडिएको छ । राप्रपाका तत्कालिन सासद एवं राज्त्रमन्त्री मिर्जादिल सादवेगको भारतीय खुफीया एजेन्सीले हत्या गरेको भन्ने उल्लेख थियो । मिर्जादिल सादवेग र संचार उद्यमी जमिम साहको हत्या एउटै प्रयोजनवाट भएको भन्ने गरिन्छ, त्यो हो भारतीय हित प्रतिकुल काम ।
मन्त्रीमाथी धम्की आएको घटना यो एउटा मात्र भने होइन । कोरिया जाने कामदारलाइ इपीएस सिस्टम मार्फत पठाउनु पर्छ भनेर अडान लिए वापत ०६१ सालमा देउवा सरकारका श्रममन्त्री रघुजी पन्तलाइ पनि अपहरण गर्ने र ज्यान लिने धम्की आएको थियो । तत्कालीन शाही नेपाली सेनाका कर्णेलले मन्त्रीलाइ अपहरणको धम्की दिएका थिए, म्यान पावर कम्पनी मार्फत ।
लोकमानसिंह कार्कीको नियुक्ती बिरुद्ध आन्दोलनको नेतृत्व गरेका कनकमणि दीक्षित प्रकाशक रहेको पत्रिकाले लेखेको भनेर कतिपयले विश्वास नगरेपनि सुरक्षा स्रोत पनि मन्त्रीहरु तनावमा रहेको बताउछ । कार्कीको नियुक्ति प्रकरणनमा संचारमन्त्री पौडेल खुलेर बोल्न चाहेका थिएनन, हतास मुद्रामा देखिन्थे ।
उसो भए नेपालका मन्त्रीलाइ ज्यान मार्ने सम्मको धम्की दिने त्यो शक्ति को होला ? सुशील कोइरालालाइ परिवन्धमा पार्ने वा झलनाथ खनाललाइ झुकाउने त्यही शक्ति हो जसले मन्त्रीको ज्यानलिने धम्की दियो । अनुमान गर्नुस । अनुमान गर्न नसके थाहा पाउनुस । त्यही शक्ति जसले सार्वभौम नेपाललाइ आफ्नो मुलुकको ‘प्रान्त’ जस्तो ठान्ने गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक