20130527

हिन्दु राष्ट्र घोषणाको पक्षमा अखण्ड नेपाल पार्टी

देशको राष्ट्रिय अखण्डता र सामाजिक सद्भावलाई आधार मान्दै अखण्ड नेपाल पार्टी गठन भई निर्वाचन आयोगमा ३९औं नम्बरमा दर्ता भएको छ। राजधानीमा सम्मेलन आयोजना गरी पार्टी गठन र दर्ताबारे जानकारी गराइएको थियो। सो पार्टीले आज सोमबार खुलामञ्चमा आमसभा गरी पार्टीको आधिकारिक धारणा
र योजनाबारे जानकारी गराउन घोषणासभा गराइएको पार्टीका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो। पार्टी संघीय लोकतान्त्रिक गणतन्त्रसहितको हिन्दु राष्ट्र घोषणाको पक्षमा रहेको अध्यक्ष खड्काले बताउनुभयो। पार्टी घोषणा सभामा देशभरका हजारौं जनता सहभागी भएको दाबी उहाँले गर्नुभयो। हिमाल, पहाड र तराईबाट प्रतिनिधिहरू भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

पार्टी सहअस्तित्व स्वीकार्ने र अरूको विचारको सम्मान गर्नेहरूको साझा थलोका रूपमा विकास गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो। देशमा नयाँ पुस्ताको नेतृत्व आवश्यक परिरहेको अवस्थालाई मध्यनजर गरी पार्टीको नेतृत्व नयाँ पुस्ताबाटै गरिने दाबी उहाँले गर्नुभयो।

खड्काका अनुसार देशमा राष्ट्रियता कमजोर भएको, राष्ट्रिय अखण्डतामाथि चौतर्फी प्रहार भइरहेको, सामाजिक सद्भाव खलबलिइरहेको अवस्थामा पार्टीले राष्ट्रहितका लागि भूमिका उहाँले बताउनुभयो। देशहितमा केन्द्रित रही सामाजिक सद्भाव र राष्ट्रिय अखण्डता कायम राख्दै सबै जाति तथा जनजातिहरूको अधिकारका पक्षमा पार्टी सक्रिय रहने दावी गरिएको छ। उहाँले भन्नुभयो– ‘अखण्ड नेपाल पार्टी सहअस्तित्वसहितको समाजवादका पक्षमा कटिबद्ध हुनेछ।’

पत्रकार सम्मेलनमा सो पार्टीका महासचिव डा. नन्दबहादुर सिंहले अखण्ड नेपाल पार्टीले बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक देश भएकाले जातीय संघीयता अस्वीकार गरेको बताउनुभयो। उहाँले देशमा जातीय राज्य बनाउन खोजे विद्रोह गर्ने चेतावनी दिँदै राज्यको हरेक अंग, तह र तप्कामा संवैधानिक रूपमा जातीय जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो।

नेपाललाई धर्म निरपेक्ष घोषणा गरेर ठूला दलका नेताहरूले देश र जनतामाथि घात गरेको भन्दै हिन्दु राष्ट्र घोषणाको पक्षमा पार्टी सशक्त रूपमा उभिने बताउनुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक